झापा, झापामा यही पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुने प्रतियोगिता काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।दुई देशबीचको आपसीसम्बन्ध स्थापित तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाल र भारतका आठ वटा मिडिया टिमको सहभागिता रहनेछ । प्रतियोगिताका बिजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
नकआउटको आधारमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेल फिफाको नियम अनुसार खेलाइने र खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई लाख खर्च अनुमान गरिएको छ । त्यसका लागि स्थानीय सरकार, सङ्घसंस्था तथा उद्योगी व्यवसायी समक्ष सहयोगका निम्ति आह्वान गरिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































