कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ (कास्की), पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ । पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पु¥याउथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।
“बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्”, स्थानीय ६३ वर्षीय गोपाल सुनारले भन्नुभयो ।उहाँका अनुसार कोठेगाउँका बेरोजगार युवा पनि यो पेसामा आउन मान्दैनन् । “बरु विदेशको खाडीमा पुगेर काम गर्न तयार छन् तर यो पेसा गर्दैनन् । अहिलेका केटाकेटीलाई बाँसको काम गर्न लाज लाग्छ अरे”, उहाँले भन्नुभयो ।

 

चोयाबाट कोठो, कोक्रो, भकारी, डोका, नाङ्लो बुनेर मासिक रु ३० हजार आम्दानी हुने गोपालले जानकारी दिनुभयो । “पहिलेको जस्तो चोयाका सामग्री बिक्रीका लागि बजार खोज्दै जानु पनि पर्दैन, अहिले घरमै आएर व्यापारीले लैजान्छन् । सीप जानेपछि त्यसले जीवनभर आम्दानीको स्रोत सुनिश्चित गरिरहन्छ”, उहाँले भन्नुभयो ।

 

 

विसं २०२७ मा गुल्मीबाट आएर पोखरा–३२ को मालेपाटनमा बसेका २८ सुनार परिवारको मुख्य पेसा चोयाका सामग्री बुन्ने र गाउँगाउँमा लगेर बिक्री गर्ने थियो । विशेषगरी कोदो राख्नका लागि प्रयोग हुने कोठो बढी बुन्ने गरिने भएकाले गाउँको नामाकरण नै कोठेगाउँ रहेको गोपालको भनाइ छ ।

 

 

आगामी १० वर्षपछि कोठेगाउँमा यो पेसा लोप हुने अवस्थामा पुगेको भन्दै गोपालले दुखेसो गर्नुभयो । “यवा बुन्दैनन्, बुढाहरू मरेर जान्छन्, अनि गाउँको पहिचान नै मेटिन्छ । एक–दुई जना युवाले यो पेसालाई निरन्तरता हो भने पनि गाउँको पहिचान रहने थियो कि ?”, उहाँले प्रश्न गर्नुभयो ।

 

 

मानिसको जन्मदेखि मरणसम्म बाँस र बाँसबाट बनेका सामग्रीको प्रयोग हुने भएकाले यो पेसाको संरक्षण र पुस्तान्तरणमा सरोकार भएका निकाय लाग्नुपर्नेमा गोपालले जोड दिनुभयो । ससाना घरायसी सामग्रीदेखि ठूलाठूला होटल रेस्टुरेन्टसम्म बाँसबाट बनेका सामग्री प्रयोग हुन्छन् । तर, हामीले त्यसको महत्व नबुझ्दा पछि परेका छौँ”, उहाँले भन्नुभयो, “युवाहरूलाई यो पेसामा आकर्षण गर्नका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको व्यापार मेलामा मैले कोठो बुनिरहेको छु ।”

 

 

घरेलु उपयोगदेखि फर्निचर, खाद्य सामग्री, व्यापारिक प्रयोजन, पशुआहाराका रूपमा पनि बाँसका सामग्री प्रयोग गरिँदै आइएको छ । साथै भू–क्षय तथा बाढी,पहिरो नियन्त्रणमा पनि यसले सहयोग पु¥याउने कृषिविज्ञ बेनीबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार बाँस ग्रामीण कृषक तथा विपन्न समुदायको आयआर्जनको महत्वपूर्ण स्रोत बनिरहेको छ ।

 

 

नेपालमा १२ जातिअन्तर्गत ५३ भन्दा बढी प्रजातिका बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यीमध्ये सात प्रजातिका बाँस संसारमा कतै नपाइने रैथाने (इन्डेमिक) प्रजातिका छन् । “नेपालमा दुई जातिअन्तर्गत १० प्रजातिका बेतहरू पाइन्छ । बेत पनि बाँस प्रजातिम पर्ने विज्ञहरू बताउछन्”, उहाँले भन्नुभयो ।नेपालका तराईदेखि पहाडी क्षेत्रमा बाँस पाइन्छ । तराईको सबैभन्दा होचो भाग झापा जिल्लाको कचनकवल क्षेत्रदेखि चार हजार मिटर उचाइसम्म बाँस पाइने कृषिविज्ञ बस्नेतले जानकारी दिनुभयो ।

 

नेपालमा बाँसको टुसा खानेदेखि बाँसका ह्यान्डीग्राफका रूपमा समेत प्रयोग हुन्छ । बाँसका टुसा अचार, तरकारीका रूपमा खाने गरिन्छ । “बाँसबाट एक हजार ५०० प्रकारका वस्तु बनाउन सकिन्छ”, बस्नेतले भन्नुभयो, “डोको, नाम्लो, सुपो (नाङ्लो), टेबल, कुर्सीलगायत विभिन्न सामग्री बनाउन सकिन्छ ।” बाँसबाट निर्मित हस्तकला, फर्निचर र घरायसी सामग्रीको माग स्वदेश तथा विदेशमा बढिरहे पनि पर्याप्त ज्ञान र सीपको कमीले व्यावसायिक खेती प्रणालीको विकास हुन नसकेको उहाँको भनाइ छ ।

 

बाँसको आन्तरिक बजार अनुमानित एक अर्ब बराबर रहेको जनाउँदै कृषिविज्ञ बस्नेतले छिमेकी मुलुक चीन र भारतसँग समन्वय गरी सरकारले व्यावसायिक बाँसखेतीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । “यहाँ खपत हुने बाँसका कच्चा सामग्रीका लागि नेपाल आत्मनिर्भर छ । तर, बेत सामग्री भारत र बङ्गलादेशबाट आयात हुन्छ । बाँसका सामग्री आयात र निर्यातमा नेपालले व्यापार घाटा व्यहोर्नु परिरहेको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ,  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी  स्वेच्छिक...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ,  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।     शिविरमा भिडियो एक्सरे, इसिजी,...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९