जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’

काठमाडौँ,  बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ? आन्दोलनमा जान्छु भन्दा ‘नजाऊ’ भन्नुहोला भनेर हुनुपर्छ जेनजी आन्दोलनका सहिद शुभराम बलामीले आमा भगवती बलामीलाई आन्दोलनमा जानेबारे केही भन्नुभएन । घुँडाको बिरामी आमा भगवती अहिले पनि एक्लो छोरा शुभरामलाई सम्झिएर पीर गर्नुहुन्छ ।

 

 

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्नुहुन्थ्यो । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा हुनुहुन्थ्यो । त्यसका लागि ‘मेनपावर’ कम्पनीलाई राहदानीसमेत बुझाइसक्नुभएको थियो । त्यसको प्रक्रियाका लागि गाउँबाटै काठमाडौँ आवतजावत गर्नुहुन्थ्यो ।

 

 

‘मेडिकल’ गर्ने, कागजपत्र मिलाउनेलगायत काममा लागि लागिरहेका एक युवा शुभरामको भौतिक चोला गत भदौ २३ गतेको जेनजी आन्दोलनमा क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर दुःखद् अन्त्य भएको थियो । निधनको खबर ‘टिकटिक’ मा देखेपछि साथीभाइ र छिमेकीले आमा भगवतीलाई देखाए । आमा भगवती बलामी ‘मेरै छोरो हो’ भन्दै रून थाल्नुभयो । सहिद शुभरामकी बहिनी सुनिता बलामीलाई पनि तुरुन्तै माइतीघर बोलाइयो । शुभरामको खप्परमा गोली लागेर वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सोही दिन राति पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको थियो ।

 

 

बिहान आफैँले खाना पकाएर खुवाएको छोरा शुभराम बेलुका फर्कनेमा आमा भगवती बलामी ढुक्क नहुने कुरै भएन । बेलुका पनि खाना पकाएर कुरेर बसेको तर त्यहीबेला मृत्युको भिडियो हेर्नुपरेको आमा भगवतीले बताउनुभयो । छोराका सम्झना गराउँदा झन् पीडा हुने त हुन्छ नै तर पनि ४५ वर्षीय आमा भगवती बलामीसँग राससका लागि संवाद गर्दै भन्नुभयो, “साथीहरुसँग लागेर आन्दोलनमा गएको रहेछ । मलाई केही भनेको थिएन । ‘म्यानपावर’ जान्छु भनेको थियो । अरु साथीहरु लुकेर बाँचेछन् । ऊ कता कसरी गोली खान पुग्यो थाहै भएन ।”

 

 

उहाँले आफूलाई छोरा शुभरामको बेस्सरी सम्झना आइरहने बताउँदै भन्नुहुन्छ, “सम्झना त कति आउँछ । आउँछ । बेलुकाबेलुका भएपछि छोरा घर आउँला कि जस्तो लाग्छ…। बुबाले लगाएको ऋण जसरी पनि तिर्न विदेश गएर कमाउने उसको धोको थियो । त्यो अधुरै रह्यो ।” विदेश गएर केही कमाएर फर्किएपछि छोराको विवाह गरेर बुहारी भित्र्याउने आमाको चाहनामा पनि गहिरो चोट पर्न गएको छ । नेपाल सरकारले जेनजी आन्दोलनका सहिदलाई दिने निर्णय गरेको क्षतिपूर्तिबापत रु १० लाख अन्य खर्च रु पाँच लाख गरी रु १५ लाख शुभरामको परिवारले पनि पाएको छ । त्यो राहतले ऋण तिर्न र घर खर्च चलाउन मद्दत नै भएको शुभरामको परिवारको भनाइ छ ।

 

 

शुभरामका पिता रामकृष्ण बलामी वित्तीय संस्थामा धरौटी राखिएको घर जग्गाको ऋण तिर्न नसकेर पारिवारिक बेमेलका कारण विदेशमा गएर बस्नुभएको पनि ११ वर्ष भइसकेको थियो । पिता रामकृष्णले घरपरिवारसँग नियमित सम्पर्क नगर्दा उहाँहरुको परिवारलाई एकप्रकारको समस्या भइरहेको थियो । अविवाहित शुभराम ऋण तिर्ने र राम्रो आम्दानी गर्ने सोचका लागि मलेसिया जाने तयारीमा हुनुहुन्थ्यो । शुभरामका पिताका तीन भाइको गाउँमा सगोलमा नौ÷दश रोपनी जग्गा छ । त्यहीमध्येको केही जमिनमा भगवतीले खेती गर्ने गर्नुहुन्छ । मल हाल्न र पानी लगाउनसके धान, गुहुँको उत्पादन ठिकै हुन्छ ।

 

 

कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी भगवती बलामी अहिले कान्छी छोरीलाई साथमा लिएर घरखेत गरेर बस्नुभएको छ । श्रीमान् रामकृष्ण बलामी ‘विनासकारी भूकम्पपछि ऋण लगाएर कहाँ जाने, के गर्ने केही सल्लाह नगरी फुत्त घरबाट निस्किएको र छोरा बित्नुअघिसम्म सम्पर्कमा नआएको’ भगवती बलामीको गुनासो रहेको छ । छिमेकी जिल्ला काठमाडौँको धारापानी माइत भएकी भगवतीको १६÷१७ वर्षकै उमेरमा रामकृष्ण बलामीसँग विवाह भएको थियो । शुभरामकी बहिनी सुनिता बलामी दुःख मान्दै भन्नुहुन्छ, “मेरो एउटा मात्र दाइ हुनुहुन्थ्यो । बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । मलाई माया गर्नुहुन्थ्यो । त्यही पनि यस्तो दुःखद् घटनामा परेर बित्नुभयो… ।”

 

 

शुभरामको निधनपछि घरमा आमा भगवती र एक बहिनी मात्रै भएकाले अब खेतीपाती गर्न पनि कठिन भएको र बेला बेलामा हेरचाहका लागि आफू माइती जाने गरेको शुभरामकी बहिनी सुनिता बलामीले राससलाई बताउनुभयो । बहिनी सुनितासँग अन्तिम पटक दाई शुभरामको घटना हुनुभन्दा तीन दिनअघि भेट भएको थियो । विदेश जाने तयारीका कुराकानी भएका थिए । अब केबल सम्झनामा मात्रै दाई शुभराम रहेको सुनिताको भनाइ छ । शुभरामको मृत्युपछि भने पिता रामकृष्ण अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । कक्षा ९ सम्म पढेका शुभराम लामो समय ज्याला मजदुरीमा रहनुभएको थियो । त्यसले मात्रै आफ्नो र परिवारका लागि खर्च धान्न धौधौ हुन्थ्यो । भएको खेतीपातीमा सामान्य उत्पादन भए पनि त्यसबाट खासै आर्थिक उपार्जन हुँदैनथ्यो ।

 

 

नातामा शुभरामका मामा राजेश बलामी शुभरामलाई राजनीतिमा खासै चासो नहुने र कुनै दलमा पनि सक्रियतापूर्वक आबद्ध नभएको व्यक्ति कसरी आन्दोलनमा पुगे भन्ने आफूहरुलाई पनि थाहा हुन नसकेको बताउनुहुन्छ । “ऊ त्यस्तो राजनीतिमा चासो राख्ने मान्छे होइन । साधारण मजदुरी गरेर खाने मान्छे हो”, कागती गाउँका स्थानीय राजनीतिक कार्यकर्ता राजेश बलामीले भन्नुभयो, “छोरो काम गर्नसक्ने भएपछि आफूलाई सुःख हुन्छ भन्ने दिदी भगवतीको चाहनामा गम्भीर ठेस लागेको छ । साह्रै दुःखद् घटना भयो ।” परिवारका अरु सदस्यका लागि राज्यका तर्फबाट कुनै रोजगारी वा अरु सहयोग भए आफूहरुलाई सहज हुने भनाइ पनि राजेश बलामीको रहेको छ ।

 

 

विगतमा बालविवाहको गाउँका रुपमा चिनिने कागती गाउँमा अहिले पनि बालविवाहका क्रममा सुधार आएको छ । साविकको ओखरपौवा गाविसमा पर्ने कागती गाउँ राजधानी काठमाडौँबाट १५ किलोमिटर पश्चिममा पर्छ । यहाँ बलामी जातिको मुख्य बसोबास रहेको छ । यहाँका बलामी समुदायमा वर्षमा एक दिन मात्र श्रीपञ्चमीका दिन बालविवाह गर्ने पुरानो परम्पराका कारण बालविवाहले यो गाउँ चर्चित भए पनि हाल त्यो प्रथा हटिसकेको छ ।

 

 

काठमाडौँको फोहर विसर्जन स्थल ओखरपौवा डम्पिङसाइटको बाटो निर्माणपश्चात् कागती गाउँको मुहार पनि फेरिएको छ । अहिले सडक वरपर घर बनाउने, व्यापार गर्ने मानिसको सङ्ख्या बढ्दो छ, जसका कारण स्थानीयवासीको जीवनस्तरमा क्रमशः परिवर्तन आएको छ । यसले भविष्यमा गाउँको बसाइँ सहर जस्तै सुविधा सम्पन्न हुने स्थिति हुँदै थियो, शुभराम बलामीहरु कामकै लागि विदेश जानुपर्ने अवस्था हुँदैनथ्यो । तर जेनजी आन्दोलनमा शुभराम सहिद हुन पुगेपछि स्थानीहरु गाउँ, सहर वा विदेश कहाँ के गर्दा राम्रो भन्नेबारेमा ढुक्कले भन्नसक्ने अवस्थामा छैनन् । आन्दोलन र घटनाबाट पाठ सिकेर मुलुक हाँक्ने नेतृत्व र सरोकार भएका पक्षले जनताको जीवनस्तर सुधार र मुलुकका सुशासन तथा शान्ति कायमका लागि मिलेर काम गरिदिएमा सायद सहिदको सपना पनि पूरा हुने स्थानीयवासीको बुझाइ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ,  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी  स्वेच्छिक...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ,  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।     शिविरमा भिडियो एक्सरे, इसिजी,...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९