गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ,  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी  स्वेच्छिक अवकाश लिनुभएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित हुनुभएको छ ।

 

विसं २०७९ मा ४० किलो गड्यौला कपिलवस्तुबाट ल्याएर व्यावसायिक पालन सुरु गर्नुभएका उहाँले जिल्लास्थित कृषि ज्ञान केन्द्र घोराहीले आर्थिक वर्ष २०७९/८० सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भट्टे सहकारी संस्थालाई तरकारीखेती गर्नका लागि बजेट प्राप्त भएपछि अर्गानिक उत्पादनको मार्ग खोज्न थालेको बताउनुभयो ।

 

“माटोमा सुधार ल्याउन र नागरिकलाई अर्गानिक खेतीमा आकर्षित गराउन प्राङ्गारिक मलको खोजी गर्न थाल्यौँ । जिल्लामा त्यास्तो प्रयोग कतै नभेटिएपछि कपिलवस्तुबाट तीन हजार क्विन्टल गड्यौलाको मल ल्याएर तरकारीखेती सुरु गर्यौँ”, वलीले भन्नुभयो, “यसरी खेती गर्दा उत्पादन राम्रो भयो अनि आफू पनि गड्यौलापालनतर्फ आकर्षित भएको हुँ ।”

 

अहिले वार्षिक रूपमा सात सय क्विन्टल मल र १२–१३ क्विन्टलसम्म गड्यौला बिक्री भइरहेको वलीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार मल प्रतिक्विन्टल रु तीन हजार र गड्यौला प्रतिकिलो रु एक हजार २५० का दरले बिक्री भएरहेको छ ।

 

गड्यौला दाङ, रुकुम, रोल्पा, प्यूठान, कैलालीलगायत जिल्लामा जाने गरेको जनाउँदै वलीले मल विशेष गरी सल्यानको कोटमौलामा सुन्तलाखेतीका लागि जाने गरेको बताउनुभयो । “जिल्लामा पनि यसको माग बढेको छ, तर पु¥याउन सकिरहेको छैन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले दुई जना स्थानीयले नियमित रोजगारी पाएका छन् भने खेतीको याममा २५ जनासममले रोजगारीको अवसर पाउने गरेका छन् ।

 

सबै खर्च कटाएर गड्यौला र मल बिक्रीबाट वार्षिक रूपमा रु १८– रु १९ लाखसम्म बचत हुने गरेको किसान वलीले जानकारी दिनुभयो । माग अनुसारको मल उत्पादन गर्न नसकिएको भन्दै उहाँले गड्यौलाको मल उत्पादनका लागि चार वटा टहरासमेत निर्माण गरेको बताउनुभयो ।

 

 

अर्गानिक कृषिजन्य वस्तु उत्पादन हुने गाउँ भएकाले भट्टेका किसानले खेतबारीमा गड्यौलाले मल प्रयोग गर्दै आएका छन् । उहाँका अनुसार सुन्तला, ड्रागन फलको खेती गर्ने किसानबाट गड्यौलाको मलको बढी माग हुँदै आएको भए पनि सबैलाई पु¥याउन सकिएको छैन । उहाँले हाल सल्यानको कोटमौला क्षेत्रमा मल बिक्री गर्दै आउनुभएको छ ।

 

 

सरकारी सेवाबाट अवकाश भएपछि नागरिकलाई विषादीमुक्त तरकारी तथा फलफूल खुवाउने उद्देश्यले आफू गड्यौलापालन गरी मल उत्पादनमा सक्रिय भएको वलीले बताउनुभयो । उहाँले भन्नुभयो, “गड्यौलाको मल प्रयोग गरी अर्गानिक खेती गरिरहेको छु । अहिले मौसमी र बेमौसमी अर्गानिक तरकारीखेतीबाट पनि आम्दानी गरिरहेको छु ।”

 

 

भट्टे गाउँमा अहिले अन्य ३० जना बढी किसानले गड्यौलाको मल उत्पादन सुरु गरेका कृषि ज्ञान केन्द्र घोराहीले जनाएको छ । ठूलो मात्रामा भने वलीले मात्रै उत्पादन गर्दै आउनुभएको छ । वली अहिले विभिन्न ठाउँमा पुगेर किसानलाई गड्यौला तथा गड्यौलाले मलका फाइदाका बारेमा तालिम तथा प्रशिक्षण दिँदै आउनुभएको तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताउनुभयो ।

 

 

यसपटक उहाँलाई  कृषि ज्ञान केन्द्रले उत्कृष्ट किसान पुरस्कार–२०८२ बाट पुरस्कृत तथा सम्मानसमेत गरेको छ । भट्टेगाउँ तरकारीखेतीका लागि पकेट क्षेत्रका रूपमा मानिन्छ । यहाँका अधिकांश किसानले तरकारीखेती, तोरीखेती, बाख्रापालन तथा भैँसीपालन गरेर आर्थिक रूपमा आत्मनिभृर बन्दै आएका छन् । यहाँ सिँचाइको सुविधा पनि पुगेको छ ।
तुलसीपुर–३ का वडाध्यक्ष विश्वकर्माले भट्टेलाई अर्गानिक उत्पादन हुने गाउँका रूपमा विकास गर्न आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले यहाँ सडक, सिँचाइका पूर्वाधार विस्तार हुनुका साथै कृषिजन्य वस्तुको उत्पादनका लागि विभिन्न सामग्री वडाबाट वितरण गरिँदै आइएको जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई...

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधामन्त्री सुशीला...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ,  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी  स्वेच्छिक...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ,  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।     शिविरमा भिडियो एक्सरे, इसिजी,...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९