बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती,  बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

 

अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी पहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशानलयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो । सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ मा कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक टनका दरले चार लाख ५१ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको छ ।

 

अघिल्लो आव २०८१/८२ मा कूल एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आव २०८०/८१ मा एक लाख नौ हजार हेक्टर १५१ क्षेत्रफलमा धानबाली लगाइएकामा चार लाख १३ हजार ९८८ मेट्रिक टन धान उत्पादन भएको थियो । सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ३५ हजार ५३२ मेट्रिक टन धान उत्पादन भएको छ ।

 

यस्तै नुवाकोटमा ११ हजार ६१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १३ प्रतिशतका दरले ४७ हजार ९७८ मेट्रिक टन र धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २३ प्रतिशतका दरले ४७ हजार २०३ मेट्रिक टन धान यस वर्ष उत्पादन भएको उहाँले बताउनुभयो ।

 

उपत्यकाको काठमाडौँमा यस वर्ष तीन हजार ६०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९८ प्रतिशतका दरले १७ हजार ९२८ मेट्रिक टन, ललितपुरमा चार हजार १२८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ७८ प्रतिशतका दरले १९ हजार सात सय ३२ मेट्रिक टन र भक्तपुरमा दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर पाँच दशमलव ५३ प्रतिशतका दरले १४ हजार ९१४ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी कुँवरले बताउनुभयो ।

 

यसवर्ष मकवानपुरमा आठ हजार ४९३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ८८ प्रतिशतका दरले ३२ हजार नौ सय ५१ मेट्रिक टन, सिन्धुलीमा १२ हजार ३८५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ७६ प्रतिशतका दरले ४६ हजार ५६८ मेट्रिक टन, काभ्रेमा आठ हजार १९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २१ प्रतिशतका दरले ३४ हजार ५१४ मेट्रिक टन, रामेछापमा सात हजार ४६६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६९ प्रतिशतका दरले २० हजार ८४ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार ९०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ०३ प्रतिशतका दरले २३ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

 

यस्तै बागमती प्रदेशको दोलखामा दुई हजार ७५८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६५ प्रतिशतका दरले सात हजार ३०८ मेट्रिक टन र रसुवा जिल्लामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव २२ प्रतिशतका दरले दुई हजार ४३१ मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

 

समयमा वर्षा र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन दर बढेको सूचना अधिकारी कुँवरको भनाइ छ । अघिल्लो वर्ष २०८१ असोज ११ र १२ को वर्षा र बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेकाले अघिल्लो वर्ष धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास आएको थियो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

जलेश्वर(महोत्तरी),  बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड भन्दा बढीको क्षति भएको छ ।इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सञ्जय चौधरीका अनुसार गत शुक्रबार, शनिबार र आइतबार परेको बेमौसमी वर्षाबाट जिल्लाभित्र रहेका तीन दर्जन इँटा उद्योगमा पकाउनका लागि तयारी अवस्थामा रहेको सो...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ,  राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिका...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९