सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल

काठमाडौँ,  गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताउनुभएको छ । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै उहाँले सरकार राहत वितरण, शान्तिसुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारीलगायतमा केन्द्रित रहेको बताउनुभएको छ ।

 

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा व्यक्त भावना र तत्कालीन परिस्थितिमा सहिद परिवार र घाइतेको मलमपट्टि गर्दै सरकारले फागुन २१ गतेको निर्वाचनको तयारी अघि बढाइरहेको स्पष्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जेनजीले मागेका सुशासन, पारदर्शी राज्य प्रणाली र भ्रष्टाचार अनुसन्धानमा सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ ।”

उपलब्धिको पूर्ण विवरण 
जेनजी जनआन्दोलन र राहतसम्बन्धी कार्यहरु

१. जेनजी आन्दोलनमा सशाहद प्राप्त गरेका ४२ सुशासन योद्धा र ३ अमर प्रहरीलाई सहिद घोषणा गरिएको र मृतकका परिवारलाई प्रतिपरिवार रु १५ लाख राहत वितरण गरिएको ।

२. जेनजी आन्दोलनमा अपाङ्गता भएका तथा घाइते भएका व्यक्तिहरुलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा लगिएको

३.  जेनजी आन्दोलनका घाइतेलाई तत्काल भैपरी खर्चबापत २० हजार र तत्काल राहतबापत १५ हजार गरी प्रतिव्यक्ति ३५ हजार वितरण गरीएको ।

४.  जेनजी आन्दोलनका ७३७ जनालाई घाइते परिचयपत्र वितरण गरिएको

५. स्वास्थ्य मन्त्रालयको समन्वयमा जेनजी आन्दोलनका घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार वर्गमा वर्गीकरणलाई तीव्र बनाइएको । वर्गीकरणबाट मध्यम, गम्भीर र अतिगम्भीरमा वर्गीकरण हुने घाइतेलाई मासिक जीविकोपार्जन भत्ता वितरण गरिने

६. जेनजी आन्दोलनका घाइतेहरूलाई मासिक जीविकोपार्जन भत्ता वितरण गर्ने गरी निर्णय भएको

७.  जेनजी सहिदहरुको बलिदानलाई सम्मान गर्न जेनजी सहिदहरुको सालिक संसद् भवनको अग्रभागमा स्थापना गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालयमा पठाइएको ।

८. प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाउने निर्णय भएको

९. जेनजी सहिद योद्धाका नामावली ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राखिएको जसले जेनजी सहिदको सम्झनालाई स्थायी बनाइएको

१०.  जेनजी आन्दोलनका घाइतेहरुसँग नियमित भेटघाट र सहजीकरणका लागि कार्यदल गठन गरी मन्त्रालयमा पहुँच बढाइएको ।

११.  जेनजी सुशासन योद्धाका परिवारलाई रोजगारीको पहल गर्न श्रम तथा रोजगार मन्त्रालयलाई लेखी पठाइएकामा मन्त्रालयबाट आवश्यक समन्वय भइरहेको

शान्तिसुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारीसम्बन्धी कार्यहरुः

१. स्थितिलाई सामान्यीकरण गरी द्वन्द्व दोहरिन नदिने अवस्था निर्माण भएको र कानुनी राज्यको लक्ष्यमा लगिएको, सर्वपक्षीय वार्ता संवादलाई प्राथमिकता दिँदै जाने नीति अगाडि बढाइएको ।

२.  आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ पारित गरी लागू गरिएको

३.  लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी गरी चार वटा प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीसहित स्थलगत भ्रमण सम्पन्न गरी चुस्तदुरुस्त शान्तिसुरक्षा कायम तथा निर्वाचन तयारी सम्बन्धमा वातावरण तयार गरीएको

४. अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीहरुको मापदण्डविपरीत खटिएका ५०९ सुरक्षाकर्मी फिर्ता गरिएको जसबाट सरकारको अतिरिक्त खर्च कम भएको ।

५. आन्दोलनका क्रममा लुटिएका ७३३ हतियार तथा थप ३२ हतियार बरामद गरिएको यसबाट शान्तिसुरक्षा व्यवस्थापनमा सहयोग पुगेको, समाजमा भयरहित वातावरण निर्माण गरिएको र सुरक्षा निकायको मनोवल सुदृढीकरण भएको ।

६.  जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीमध्ये नौ हजार ९६० लाई पक्राउ गरिएको, बाँकी चार हजार ५८० लाई विशेष अपरेशनमार्फत खोजी तीव्र पारिएको र योक्रम जारी रहेको

७. दण्डहीनतालाई दुरुत्साहन गर्दै भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधको सिलसिलामा विभिन्न कसुरमा ९१२ जनालाई पक्राउ गरिएको तथा ४३५ जनाउपर मुद्दा दायर गरिएको र अपराधलाई न्यूनीकरण गर्नेगरी कार्य गरिएको ।

८. आन्दोलनमा क्षतिग्रस्त गृह मन्त्रालयअन्तर्गतका ४६५ प्रहरी कार्यालय  पूर्ण रुपमा मर्मतसम्भार गरी सम्पूर्ण कार्यालयबाट सेवालाई सञ्चालन गरिएको ।

९. निर्वाचनका लागि राष्ट्रिय सुरक्षा परिषद्बाट नेपाली सेना परिचालनसम्बन्धी निर्णय भएको यसबाट निर्वाचन सुरक्षामा थप सबल र सुदृढ हुने ।

१०. नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल र राष्ट्रिय अनुसन्धानका लागि सवारी तथा सञ्चारसाधन खरिद सम्बन्धमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अघि बढाइएको जसबाट सुरक्षा निकायहरुले निर्वाचनलाई लक्षित गरी सुरक्षा गतिविधि बढाउन थप सहज हुने कार्य गरिएको र प्रहरी मनोबल बढाउन स्रोतसाधनको उचित व्यवस्थापन गरिएको ।

११.  नेपाल प्रहरीलाई निष्पक्ष रुपमा अनुसन्धान गर्न वातावरण निर्माण गरिएको जसले गर्दा नेपाल प्रहरी तथा त्यसअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले ठूला भ्रष्टाचार तथा अनियमिता सम्बन्धमा अनुसन्धान तथा अभियोजनमा सक्रियता बढाएको गृह मन्त्रालयको कुनै दबाब नभई कार्य गर्ने वातावरण सिर्जना गरिएको ।

१२.  गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र प्रणाली र निर्वाचन आयोगको मतदाता नामावली प्रणालीलाई अन्तरआबद्धता गरीएको । अन्तर आबद्धतामार्फत मात्र छोटो समयमा चार लाख ९२ हजार मतदाता थपिएका जसले गर्दा आसन्न निर्वाचनमा उल्लेख मतदाता थप हुने विश्वास लिएको ।

१३. निर्वाचन आचारसंहिता २०८२ को मस्यौदामा संशोधनको लागि गृह मन्त्रालयको बाट कार्य सम्पन्न भएको ।

१४. निर्वाचनसम्बन्धी केही नेपाल ऐन(निर्वाचन आयोग ऐन, २०७३, मतदाता नामावली ऐन, २०७३, निर्वाचन ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४)लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको ।

१५. सीमा क्षेत्रमा नियमित अनुगमन र संयुक्त गस्ती परिचालन गरिएको ।

कानुन, मापदण्ड, कार्यविधि तर्जुमा संशोधन र सेवा प्रवाहमा सुधारसम्बन्धी कार्यहरु

१. नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ स्वीकृत भएको साथै नेपाल नागरिकता(चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई यसबाट आमा र बाबुमध्ये एकको नागरिकता भएको र विदेशमा जन्मिएकाको नागरिकता प्राप्तिमा सहज हुने

२. नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन अध्यादेश जारी भएको साथै नेपाल विशेष सेवा (२०औँ संशोधन) नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएको यसबाट राष्ट्रिष अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत सारिएको जसबाट राष्ट्रिय अनुसन्धानलाई थप प्रभावकारी हुने ।

३.  मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको यसबाट मतदाता नामावली सङ्कलन गर्ने म्याद थप भई नयाँ मतदाता लाभान्वित भएका ।

४.  प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो) संशोधन अध्यादेश, २०८२ जारी भएको । यसबाट समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको नयाँ तथ्याङ्कका आधारमा समावेशी समूहहरूको प्रतिशत निर्धारण भएको जसले गर्दा जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने ।

५. सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत यसबाट विपद् व्यवस्थापनको कार्यमा सहजता र जनशक्ति परिचालनमा सहज हुने

६. राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ मन्त्रिपरिषदबाट स्विकृत भएको यसबाट व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रको विवरण एक पटकको लागि संशोधन गर्न सक्ने व्यवस्था गरिएको जसबाट विवरण बिग्रेको र दुःख पाएका नागरिकलाई सहज भई एकरूपता कायम हुने ।

७.   सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत भएको यसले सामाजिक सुरक्षाको विषयलाई प्रभावकारी बनाउने ।

८.  अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा हेरफेर गरीएको । यसबाट निशेधित क्षेत्रका रुपमा रहेको उपल्लो मुस्ताङमा जाँदा विदेशीले बुझाउनुपर्ने शुल्कमा परिमार्जन गरिएको जसले उक्त क्षेत्रमा पर्यटन गतिविधि बढ्ने तथा उक्त नाका थप चलायमान गराउने विश्वास ।

९. कारागार ऐन २०७९ बमोजिम नियमावली जारी गर्न आवश्यक भएकाले कारागार नियमावली, २०८२ तर्जुमा गरी मन्त्रिपरिषद् स्वीकृतिका क्रममा रहेको जसबाट कारागार व्यवस्थापनमा थप सुधार हुने ।

१०. सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ स्वीकृत गरीएको । यसले सामाजिक सुरक्षा भत्ताको वितरण सूचना प्रविधी मैत्री हुन जाने ।

११. विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान (पहिलो संशोधन) मापदण्ड, २०८२ स्विकृत भएको यसबाट अस्थायी आवास निर्माणका लागि सम्झौता भएको १८० दिनभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको जसले अस्थायी आवास निर्माणलाई गति प्रदान गर्ने

१२.  कसुरजन्य सम्पत्ति तथा साधन व्यवस्थापनसम्बन्धी मार्गदर्शन २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको यसबाट कसूरबाट प्राप्त सम्पति तथा साधनको व्यवस्थापन तथा अन्य सरकारी निकायबाट गर्न सकिने प्रयोगलाई सहजीकरण गरेको

सेवा प्रवाहसम्बन्धी कार्यहरु

१.   मिटरव्याज पीडितलाई थप पीडा नहोस् भन्ने अभिप्रायले अनुचित लेनदेन (मीटरब्याज)सम्बन्धी विवादलाई संवेदनशील भई समाधान गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको

२. राष्ट्रिय परिचयपत्र प्रणाली र निजामती किताबखानाको प्रणालीबीच अन्तरआबद्धता गरिएको जसले गर्दा निजामती कर्मचारीको एकीकृत अभिलेख प्रणालीमा सहज हुने

३. सेवा प्रवाहमा थप सुधार गर्न इलाका प्रशासन कार्यालयहरुको थप गर्न गृह मन्त्रालयअन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृति लागि मन्त्रिपरिषद्मा पठाइएको जसबाट नागरिकलाई सार्वजनिक सेवा प्राप्तिमा सहज हुने ।

४. भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरूका लागि नयाँ सरलीकृत कार्यविधि जारी गरी पहिरन वा हैसियतका आधारमा गरिने भेदभाव र ‘अफलोड’ लाई शून्य प्रायः बनाइ अध्यागमन प्रशासनमा हुने अनियमिततालाई नियन्त्रण गरिएको,

५.  विदेशी नागरिकहरूलाई भिसा प्राप्तिमा सहजताका लागि International Card Payment  को सुरूआत गरिएको,

६. अध्ययन भिसा, व्यावसायिक भिसामा कडाइ गरी भिसाको दुरुपयोग रोक्न सम्बद्ध निकायहरूलाई लेखि पठाइएको, विदेशी नागरिकहरूको अनुगमनलाई तव्रीता दिइएको,

७. विदेशी नागरिकहरूको नियमनलाई प्रभावकारी बनाउनको लागि ँयचभष्नल ल्बतष्यलब िक्ष्लायचmबतष्यल ःबलबनझभलत क्थकतझ प्रणाली निर्माण गरी सन् २०२६ जनवरी १ देखि प्रथम चरणमा काठमाडौँ उपत्यकाका तारे होटलहरूबाट लागू हुनेगरी अन्तिम तयारी गरिएको,

८. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट सबै अनुसन्धानकारी, अभियोजनकारी तथा न्यायिक निकायको अनुसन्धान, अभियोजन तथा मुद्दाहरुसँग सम्बन्धित सम्पत्ति तथा साधनको एकीकृत विवरण सङ्कलन तथा व्यवस्थापन कार्यका लागि एचयअभभमक या ऋचष्mभ ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ (एऋ–ःक्ष्क् निर्माणका लागि खरिद प्रक्रिया सुरु गरिएको र अदालतमा विभिन्न मितिमा जफत हुने ठहर भएका फैसलामध्ये ३–३–४–३ रोपनी जग्गा नेपाल सरकार कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको नामाम दा.खा. गरिएको ।

९. काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मिति २०८२/०९/११ बाट एगदष्अि ब्ललयगलअझभलत क्थकतझ एवं टोकन प्रणालीको शुभारम्भ भई कार्यान्वयनमा आएको ।

१०. राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र NEOC लाई २४सै घण्टा सञ्चालनमा ल्याइएको ।

११. राष्ट्रिय परिचयपत्रको एचभ-NIDMIS) लिने व्यवस्था हटाउने साथै राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली (Pre-enrollment  सँग सार्वजनिक निकायका अन्य प्रणालीहरु अन्तरआबद्धता गर्ने ।

१२.  प्रतिलिपि नागरिकताको अनलाइन माध्यमबाट सिफारिस गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जसबाट अनलाइन सेवाबाट सेवा प्राप्त हुने ।

१३.  युवामैत्री नागरिक सहायता कक्ष स्थापना गरी उजुरी तथा गुनासो समाधानको अवस्थाको जानकारी पीडितले पाउनेगरी जिल्ला प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिएको ।

१४. सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीका युनिटबाट दलित समुदायका मुद्दाहरुलाई सुनुवाइ गर्नेगरी गुनासो व्यवस्थापन गर्न छुट्टै डेस्क खडा गर्नेगरी व्यवस्था गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौँ,  परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष...

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी,  चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभाव हुँदा क्रसिङ लक्ष्य हासिल गर्न सकेन । यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ ।   उद्योगले राखेको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ,  राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिका...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९