जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौँ,  “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुबा भीमबहादुर भन्नुहुन्छ, “अब हामीले पाउने सान्त्वना के होला ?” गोरखा पालुङ्टार नगरपालिका-३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।

 

भीमबहादुर छोरो सम्झिँदै भन्नुहन्छ, “म केही गर्छु, व्यावसायिक हिसाबकिताब मिलाएर परिवारलाई सुख दिन्छु भन्ने उनको सोच थियो ।” व्यवहारमा अलि कडा देखिए पनि कुराकानी सुरु गरेपछि सबैलाई छोइहाल्ने अनिश देशको अवस्थाबारे छरछिमेक र साथीभाइमा सधैँजसो गम्भीर भएर कुरा गर्नुहुन्थ्यो । “यसरी बिग्रँदै गयो भने देश भिखारी हुन्छ, जनता पनि अप्ठ्यारोमा पर्छन्” उहाँको यो चिन्ता परिवारले पटक–पटक सुनेको थियो ।

 

जेनजीले शान्तिपूर्ण प्रदर्शन भन्दै गत भदौ २३ गते आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र निर्दोष युवाहरूको मृत्युले अनिशलाई गहिरो पीडा दिएको थियो । उहाँ जेनजी आन्दोलनका औपचारिक सदस्य हुनुहुन्थेन तर अघिल्लो दिनको घटनाले उहाँलाई चुप बस्न नसक्ने बनायो । देशमा भ्रष्टाचार बढ्यो भनेर आन्दोलनमा गएका स्कुले पोसाक लगाएका बच्चा मारिएको देखेर उनलाई झन् आक्रोशित बनायो ।
भदौ २४ गते बिहान बाबुछोरासँगै हुनुहुन्थ्यो । करिब ११ बजेतिर अनिश ‘एकछिन विरोध प्रदर्शन भएको ठाउँमा पुगेर आउँछु’ भन्दै घरबाट निस्किनुभयो । ५–७ वटा मोटरसाइकलमा साथीहरूसँगै उहाँ गोङ्बुतर्फ लाग्नुभयो । “अनिशले भिडको दृश्य मोबाइलबाट लाइभ देखाइरहेका थिए भन्ने सुनेको थिएँ,” भीमबहादुर भन्नुहुन्छ, “तर मैले त्यो लाइभ हेरिनँ ।”  करिब दिउँसो २ बजेतिर ‘बाबुलाई पाखुरामा गोली लाग्यो’ भन्ने खबर आयो । “छोरो घाइते भयो भनेपछि बुहारीलाई नजानु, म जान्छु भनेर मेट्रो अस्पताल महाराजगञ्ज पुगेँ,” उहाँ सम्झनुहुन्छ, “त्यहाँ पुग्दा थाहा पाएँ—उनी त घटनास्थलमै बितिसकेका रहेछन् ।”

 

त्यो दृश्य सम्झिँदा उहाँ अझै सम्हालिन सक्नुहुन्न । “हामीले छोरा गुमायौँ, दुई जना नातिहरूले बुबा गुमाए, बुहारीको सिन्दुर पुछियो, आमाको काख रित्तियो,” गला अवरुद्ध पार्दै भीमबहादुरले भन्नुभयो, “हाम्रो परिवारको मियो नै उखेलियो ।” अनिशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर सहिद घोषणाले मात्रै पीडा कम नभएको भीमबहादुरको भनाइ छ । “देशका लागि छोराले बलिदानी दिए” उहाँ भन्नुहुन्छ, “तर हामी सामान्य परिवार हौँ । एक पेट खान जसोतसो पुगेको थियो, अबको भविष्य झन् अनिश्चित देखिएको छ ।”

 

अनिशकी श्रीमती मञ्जु पौडेलको लागि जीवन एकाएक अवरुद्ध बनेको छ । “मेरो दुई साना छोरा छन्, अब उनीहरुको भविष्यले सधैँ चिन्तित बनाएको छ” उहाँ भन्नुहुन्छ । अनिश–मञ्जुका जेठो छोरा निकोलस १४ वर्ष र कान्छो मेल्सन दुई वर्षका छन् । निकोलस अहिले कक्षा आठमा पढ्दै छन् । करिब १५ वर्षको वैवाहिक जीवनमा अनिश लामो समय वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विसं २०४० मङ्सिर १९ गते गोरखाको पालुङ्टारमा जन्मनुभएका अनिस कोरोना महामारीपछि दुबई र कतारको लामो बसाइँ अन्त्य गर्दै स्वदेशकै केही इलम गर्ने लक्ष्य लिएर फर्कनुभएको थियो ।

 

काठमाडौँको बसुन्धारामा साझेदारीमा कार्पेट व्यवसाय सुरु गर्नुभयो । व्यवसायले गति लिन नपाउँदै कोरोना महामारी फैलियो । कोरोनाका कारण साझेदार र उनकी श्रीमती दुबैको निधन भएसँगै व्यवसाय पनि चौपट भयो । कार्पेट व्यवसाय बन्द भएपछि पराजुलीले काठमाडौँकै रमाइलोडाँडामा जस्ताको टहरा बनाएर सानो किराना पसल सञ्चालन गर्नुभयो । विदेशबाट कमाएको पैसाले एकतले घर निर्माण गर्नुभएको थियो ।

 

पछि कोरोनाको समय र व्यवसायको असफलताले त्यो पनि बेच्ने अवस्था आयो ।  “उहाँ अरूलाई परेको अन्याय सहन नसक्ने मान्छे हुनुहुन्थ्यो,” मञ्जु भन्नुहुन्छ, “अघिल्लो दिन विद्यार्थीमाथि गोली चलेको घटना अन्याय हो, यसको विरोध गर्नुपर्छ भनेर उहाँ जानु भएको, फर्कनुभएन ।” त्यसदिन दिउँसो २ः३० बजेतिर गोली लागेको खबर छिमेकीबाट मञ्जुले थाहा पाउनुभयो । उहाँलाई अस्पताल पु¥याउँदा ढिला भइसकेछ । पतिको निधनपछि मञ्जुलाई अब के गर्ने, कसरी बच्चा हुर्काउने ? भन्ने प्रश्नले सताएको छ ।

 

अनिश पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्थ्यो । किराना पसल भए पनि ग्राहकका घरघरमा दैनिक उपभोग्य सामान पु¥याउन लैजाने गर्नुहुन्थ्यो । पसल रामै्र चल्दै थियो । अब यो कसरी के गर्ने र घर परिवार धान्ने ? भन्ने छटपटी मञ्जुलाई भएको छ । अनिशका नजिकका साथी सन्दीप खत्री जेनजी सुशासन योद्धा अनिशलाई समाजसेवी स्वभावका व्यक्तिका रुपमा सम्झिनुहुन्छ । “आफ्नो काम जतिसुकै भए पनि अरूलाई समस्या प¥यो भने पहिला सहयोग गर्ने मान्छे थिए अनिश,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय देशमै केही गर्नुपर्छ भन्ने सोच उनमा थियो ।”

 

भदौ २३ गते नयाँ बानेश्वरमा स्कुले विद्यार्थीमाथि भएको गोली प्रहारको घटनाबारे उहाँहरूबीच लामो कुराकानी भएको थियो । “निर्दोष बच्चाहरू मारिनु देशका लागि दुर्भाग्य हो भनेर उनी निकै चिन्तित थिए,” सन्दीप सम्झनुहुन्छ । घटना भएको दिन त्रिवि शिक्षण अस्पतालमा रहेका सन्दीपले मेट्रो अस्पतालमा आफ्नो हितैषी अनिशको निधन भएको थाहा पाउनुभयो । “सरकारबाट सहिद परिवारले पाउने रु १५ लाख सहयोग पाएका छन् तर पीडा त्यतिले मेटिँदैन सन्दीप भन्नुहुन्छ “दोषीलाई कारबाही र सुशासनको अनुभूति नभएसम्म न्याय भएको महसुस हुँदैन ।” सन्दीप र अनिशको वडा फरक भए पनि मित्रता एकदम निकट थियो । उहाँहरुबीच पारिवारिक नाता सम्बन्ध पनि थियो । अहिले आत्मिय साथी गुमाउनु पर्दा सन्दीपलगायत धेरैलाई एक्लो महसुस भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

काठमाडौँ,  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९...

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक-संस्कृति

लुम्बिनी (मर्चवार), कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजाको अस्तित्व अहिले सङ्कटमा छ ।   “समयको परिवर्तनसँगै भित्रिएको डिजे र...

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा,चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।   कार्यालयका अनुसार उक्त अवधिमा रु...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौँ,  “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुबा भीमबहादुर भन्नुहुन्छ, “अब हामीले पाउने सान्त्वना के होला ?” गोरखा पालुङ्टार नगरपालिका-३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।   भीमबहादुर छोरो सम्झिँदै भन्नुहन्छ, “म केही गर्छु, व्यावसायिक...

रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेलामा  सुबिसुको फ्रि वाइफाइकाे व्यवस्था  हुने

बौनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका ६ मा अवस्थित सुगरखाल भक्तिनिया डाँडामा सञ्चालन भइरहेको रामजानकि भक्तिनिया अस्थान तिर्थ माघी मेला २०८२ मा सुबिसु  नेटवर्क  प्रा.लि. बौनिया शाखाले निशुल्क वाइफाइ सेवा प्रदान गर्ने भएको  छ ।   यहि माघ २ देखि  ५ गतेसम्म सञ्चालन हुने मेलामा निशुल्क वाइफाइ नेट सेवा उपलब्ध गराउने सहआयोजाक...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर (महोत्तरी), अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोष्णा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।   स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई...

मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन

मुस्ताङ,  यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको यहाँको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।   अपाङ्गतामैत्री दुईतले...

‘विन्टर–क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी

काभ्रेपलाञ्चोक,  बनेपा फुटबल एकेडेमीले पुस तेस्रो साता बालबालिकालक्षित ‘विन्टर–क्याम्प’ सञ्चालन गर्ने भएको छ । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित एकेडेमीले क्याम्प सञ्चालन गर्न लागेको जनाएको हो ।   फुटबल खेलको माध्यमबाट बालबालिकालाई कुलत तथा कुसङ्गतबाट बचाउन, स्वच्छ जीवन जिउने कला सिकाउनुका साथै सामाजिक क्रियाकलापमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९