चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी, लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ज्याला गरेर निर्वाह गर्ने वर्ग सकसमा छन् । जाडोमा काममा निस्कन नसकेपछि उनीहरुको दैनिकी नै चलाउन कठिन भएको हो । “अहिले त कसैले काममा बोलाउन पनि आउँदैनन्, आफैँ कतै निस्कन पनि आँट आउँदैन”, भङ्गाहा–३ मुसहरीटोलका पराउ सदा भन्नुहुन्छ, “अब घरमा खाने अन्न छैन, के गरी बाँच्ने हो ?”

 

जिल्लाका सबैजसो स्थानीयतहमा धेरथोर बसोबास रहेका मुसहर जाति समुदायको जीवन गुजाराको मुख्य माध्यम कृषि मजदुरी हो । दैनिक गिरहतकहाँ काम गरेर पाउने पारिश्रमिकले खाने बेजो गर्दै आएका बनिहारा करिब दुई सातादेखि काममा जान नपाएपछि गुजाराको सङ्कटमा परेका हुन् । “धान कटनीका बेला एकाध मन धान भएको थियो, कुट्दै खाँदा अब सकियो”, औरही–७ भोइलटिम्कियाका पल्टा सदा भन्नुहुन्छ, “अब झुप्रामा न अन्न छ, न काममा निस्कन पाइएको छ, बौवाबुची भोकभोकै पर्नेभए ।”

 

करिब समान संस्कृति परम्पराका मुसहर र बाँतरको मुख्य गुजाराको माध्यम कृषि मजदुरी हो । जिल्लामा मुसहरको  १५ वटै स्थानीयतहमा बसोबास भेटिए पनि बाँतर भने भङ्गाहा नगरक्षेत्रमा मात्रै छन् । भङ्गाहा नगर क्षेत्रमा छुट्टाछुट्टै गणना गरिदा मुसहर र बाँतर दुबैगरी बहुसङ्ख्यक समुदाय हो । जाडो र भोको पेटले राति निद्रा नलाग्दा सडक छेछाउबाट बटुलिएका प्लाष्टिकका झुत्रा र खरपात बालिएको ‘घूर’ यिनको जाडोको सहारा देखिन्छ । “के गर्नु हजुर ! हामी गरिबको जुनी यस्तै हो”, आफ्नो अवस्थामा चित्त बुझाउँदै भङ्गाहा–४ की हेमनी सदा भन्नुहुन्छ, “खाने बस्ने केही छैन, भगवानले यस्तो जुनी किन दियो होला ?”

 

मुसहर धन सञ्चय नगर्ने समुदाय मानिन्छन् । बिहान बनी गरेर ल्याएको अन्न आधा खान र आधा बेचेर नुन तेलको जोहो गरेपछि दिउँसो मुसा र माछा मार्न निस्कने मुसहर रातको खानामा यिनै परिकार सबै परिवार एकसाथ वरिपरि बसेर खान्छन् ।  पछिल्ला आठ/नौ दिनदेखि भने यिनीहरुको तालिका मौसमले बिग्रेको छ । “न बनी गर्न जान पाइएको छ, न माछा मार्न”, भङ्गाहा–४ कै पलार बस्तीकी सियानकीदेवी बाँतर भन्नुहुन्छ, “यतिखेर भोट लिएर जितेकाको आस लाग्छ, तर अहिलेसम्म कोही हेर्न आएनन् ।”

 

जिल्लामा २०७८ को राष्ट्रिय जनगणनाअनुसार मुसहरको जनसङ्ख्या २७ हजार ३५२ रहेको छ । बाँतर भङ्गाहा नगरक्षेत्रमा मात्र हुँदा दुई हजार जति छन् । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने मुसहर अझै जिल्लामा ५० पुगेका छैनन् भने उच्च शिक्षामा त २० पनि नपुगेका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउनुहुन्छ । यिनको उत्थानका लागि पहिलो कुरा शिक्षा भएको हुँदा यिनीहरुलाई आर्थिक कृयाकलापमा जोड्दै शिक्षामा पहुँच बढाउन तीनै तहका सरकारको समन्वयात्मक प्रयत्न आवश्यक रहेको कर्णको ठम्याइ छ । अहिले चिसोले बढेको बनिहारा बस्तीको राहतका लागि सम्बन्धित स्थानीयतह र जिल्लास्थित विपद व्यवस्थापन समितिले तत्काल पहलकदमी लिनपर्ने सामाजिक अभियानी बताउँछन् ।  राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिनिधिसभा निर्वाचन ः एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपुर(रौतहट),  आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।   विसं २०७९...

रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई...

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा,चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ ।   कार्यालयका अनुसार उक्त अवधिमा रु...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

डुबेर तीन वर्षीय बालकको निधन

भद्रपुर (झापा),  झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल...

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

काठमाडौँ, १४ पुसः कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ । समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर (महोत्तरी), अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोष्णा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।   स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई...

मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन

मुस्ताङ,  यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको यहाँको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।   अपाङ्गतामैत्री दुईतले...

‘विन्टर–क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी

काभ्रेपलाञ्चोक,  बनेपा फुटबल एकेडेमीले पुस तेस्रो साता बालबालिकालक्षित ‘विन्टर–क्याम्प’ सञ्चालन गर्ने भएको छ । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित एकेडेमीले क्याम्प सञ्चालन गर्न लागेको जनाएको हो ।   फुटबल खेलको माध्यमबाट बालबालिकालाई कुलत तथा कुसङ्गतबाट बचाउन, स्वच्छ जीवन जिउने कला सिकाउनुका साथै सामाजिक क्रियाकलापमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९