खजुरा, बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउनुहुन्छ ।
चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताउनुभयो । हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उहाँले राससलाई दिनुभयो । राष्ट्रिय समचार समिति (रासस)




























































































































































