पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की,  पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैङ्क(एडिबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ ।योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले विसं २०८३ असार १५ गतेसम्म समय थप गरिदिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “दोस्रो पटकसमेत तोकिएको समयमा काम नसकिएको र ७५ प्रतिशत मात्र भौतिक प्रगति भएपछि हालै पुनःनिर्माण अवधि बढाइएको छ । अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा छ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।”

 

योजनाका अनुसार पछिल्लो पटक थप गरिएको म्याद गत डिसेम्बर अन्त्यमा सकिएपछि ६ महिना बढाइएको हो । सडक मापदण्डभित्रको विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण तथा रुख कटानमा ढिलाइलगायतका कारणले योजना सम्पन्न हुन ढिलाइ भएको बताइन्छ । यस योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदीपुलसम्मको ३८ दशमलव ८८ किमी पर्छ । योजना प्रमुख कुँबरले हालसम्म यस खण्डको तीन चौथाई काम सम्पन्न भएको जानकारी दिनुभयो ।

 

प्रथम तहको कालोपत्रे ३७ किमी सकिएको छ । त्यसैगरी दोस्रो तहको कालोपत्रे गर्ने काम करिव ३४ किमी पूरा भएको छ । एकतर्फी कालोपत्र गर्न अब एक किमी बाटो मात्र बाँकी रहेको कुँबरले जानकारी दिनुभयो । त्यसैगरी जामुनेबाट ‘सडक मार्किङ’, ‘थर्मोप्लास्टिक पेन्ट’ र ‘रोड सेफ्टी ब्यारिएर’ राख्ने लगातका काम समेत सुरु भएको छ ।यस योजनाको चालू आवमा थप ११ किमी चार लेनमा प्रथम तहको र ३० किमी चार लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्रे गरिएको छ । यस खण्डमा एक वटा पुल र दुई वटा कल्र्भट निर्माणसमेत यसै अवधिमा सम्पन्न भएको छ ।

 

मुग्लिन–पोखरा पश्चिम खण्डको विसं २०७८ जेठ २ गते निर्माण सम्झौता भएर विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको थियो ।विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो । यसपछि दोस्रोपटक विसं २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राउन्ने सामुदायिक वन उपभोक्ता समूहको पहिलो र दोस्रो वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ तल्लापानी स्थित राउन्ने सामुदायिक वन उपभोक्ता समूहको पहिलो र दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाका अध्यक्ष बुद्धराज भुलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रमका विशिष्ट...

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी (म्याग्दी),  सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ ।   आज यहाँ आयोजित...

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा,  गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये  हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत्...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

काँक्रेविहार (सुर्खेत),  स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । त्यसका लागि नीतिगत तथा कानुनी कामहरु भइरहेको प्रदेश सरकारले जनाएको छ ।कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो । सरकारले...

अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

राउन्ने सामुदायिक वन उपभोक्ता समूहको पहिलो र दोस्रो वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ तल्लापानी स्थित राउन्ने सामुदायिक वन उपभोक्ता समूहको पहिलो र दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाका अध्यक्ष बुद्धराज भुलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रमका विशिष्ट...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहेन्दार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ ।   नगरपालिकाको १८५औँ कार्यपालिका बैठकले शुक्लाफाँटा नगरपालिका–७ निवासी भट्टलाई एमबीबीएस छात्रवृत्ति दिने निर्णय अनुरुप छात्रबृत्ति उपलव्ध गराइएको नगर प्रवक्ता...

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९