कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ तल्लापानी स्थित राउन्ने सामुदायिक वन उपभोक्ता समूहको पहिलो र दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष बुद्धराज भुलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन प्राविधिक मानबहादुर चौधरी र मोहन्याल माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर पुन मगर रहनुभएको थियो।
कार्यक्रममा दानवीर सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष कल्पना थापा, कोपिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश बुढा मगर, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम रोका मगर, नवप्रगतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नन्दलाल रोका मगर, गतिशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश घर्ती मगर, नेपाली कांग्रेस वडा कार्यसमिति सचिव तिलक पुन मगर, नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि दलबहादुर रोका मगर, नेकपा एमालेका पार्टी प्रतिनिधि दुर्गासिंह बुढा, स्टार चन्द्र सूर्य युवा क्लबका अध्यक्ष सन्तोष जोल्मी मगर, आधारभूत स्वास्थ्य इकाइका प्रमुख लालबहादुर बुढा, भुकुटी बालविकास केन्द्रका अध्यक्ष डम्बरबहादुर बोहरा, मालिका कृषि तथा पशुपंक्षी समूहकी अध्यक्ष विनु कुमारी बन्तोला, जेष्ठ नागरिक हर्कबहादुर बस्नेत, समाजसेवी तथा बुद्धिजीवी नरबहादुर गौतम र वडा स्तरीय मेलमिलाप केन्द्रका संयोजक एकेन्द्र आचार्यलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाको सल्लाहकार समितिका संयोजक दिलबहादुर गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन देवबहादुर बोहराले प्रस्तुत गर्दै कुल ११ लाख २५ हजार ९ सय रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो। साथै आर्थिक वर्ष २०८१/०८२ को कुल ८ लाख ८४ हजार ६ सय ७० रुपैयाँ बराबरको आय–व्यय विवरणसमेत प्रस्तुत गरिएको थियो।
साधारण सभाको सञ्चालन पत्रकार गोविन्द बुढा क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हाल राउन्ने सामुदायिक वन उपभोक्ता समूहमा ४१ जना उपभोक्ता आबद्ध रहेका छन्।


























































































































































