विचारः कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ,  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवनशक्ति नै हो भन्दा फरक पर्दैन । हाम्रो खानपान, संस्कृति, गाउँको अस्तित्व, रोजगारी, खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सबैको जरो नै कृषि हो । कृषि कमजोर भयो भने गाउँ कमजोर हुन्छ, गाउँ कमजोर भयो भने समाज अस्थिर हुन्छ र समाज अस्थिर भयो भने राष्ट्र आत्मनिर्भर रहन सक्दैन । नेपालवादको दृष्टिमा कृषि भनेको राष्ट्रलाई भोकबाट मात्र होइन, परनिर्भरताबाट जोगाउने आधार पनि हो । त्यसैले कृषि बलियो नभएसम्म राष्ट्र पनि आत्मनिर्भर हुँदैन ।

 

आजको यथार्थ कठोर छ । किसान परिश्रम गर्छ, तर पनि उसको आम्दानी भने अनिश्चित रहन्छ । उत्पादन हुन्छ, तर मूल्य किसानले निर्धारण गर्न सक्दैन । मल, बीउ, सिँचाइ चाहिन्छ, तर समयमा र गुणस्तरसहित उपलब्ध हुँदैन । नीति बनाइन्छ, तर कार्यान्वयन ढिलो र खण्डित हुन्छ । यो स्रोतको अभाव मात्र नभई नीति, संरचना र प्रणालीको कमजोरी हो । अनुदान बाँडेर नभई, संरचना सुधारेर मात्र कृषि उठ्छ । त्यसैले यसो भन्नुपर्छ कि कृषि सङ्कट किसानको कमजोरी होइन, प्रणालीको असफलता हो ।”

 

आत्मनिर्भरता सुरु हुन्छ, उत्पादकत्वबाट । उन्नत बीउ, माटोअनुकूल जात, जलवायु–सहनशील बाली, वैज्ञानिक खेती र प्रविधिको प्रयोग बिना उत्पादन बढ्दैन । तर हाम्रो अनुसन्धान किसानसम्म पुग्दैन, बीउ परीक्षण कमजोर छ, विस्तार सेवा सुस्त छ । प्रविधिले उत्पादन दोब्बर बनाउन सक्छ, तर प्रविधि किसानको हातमा पुग्ने बाटो भने धेरै नै जटिल छ । प्रयोगशालाबाट खेतसम्म पुग्ने प्रणाली नै परिवर्तनको मेरुदण्ड हो । प्रविधि किसानको हातमा पुगेपछि मात्र उत्पादन उकालो लाग्न सक्छ ।

 

सिँचाइ कृषि उत्पादनको धड्कन हो । पानी प्रशस्त भएर पनि सिँचाइ असमान छ, कतै स्रोत छ तर प्रणाली कमजोर, कतै स्रोत छ तर पहुँच छैन । सिँचाइ नहुँदा खेती मौसममा निर्भर हुन्छ, जोखिम बढ्छ, किसान वर्षेनी घाटामा जान्छ । सिँचाइलाई परियोजना होइन, राष्ट्रिय उत्पादन प्रणालीको आधार मान्नुपर्छ । साना, मध्यम र ठूला सिँचाइ संरचना एकीकृत रूपमा बनेपछि मात्रै खेती योजना बन्छ । सिँचाइ बिनाको कृषि आकासे फलजस्तै हो, त्यसैले सिँचाइसँगै कृषि योजना बन्छ ।

 

दिगो कृषि माटो स्वास्थ्यमा मात्र टिक्छ । अत्यधिक रासायनिक मल, माटो परीक्षण अभाव, जैविक पदार्थको कमी र क्षरणले उर्वराशक्ति घट्दैछ । माटो कमजोर हुँदा उत्पादन घट्छ तर उता लागत भने बढ्छ ।यसबाट किसान निराश हुन्छ । माटोको संरक्षण दीर्घकालीन राष्ट्रिय सम्पत्ति संरक्षण हो । माटो परीक्षण, सन्तुलित मल प्रयोग, जैविक पदार्थ थप्ने अभ्यास, बाली चक्र परिवर्तन बिना टिकाउ कृषि सम्भव छैन । माटो जोगाइएन भने स्वभावतः खेती पनि जोगिँदैन ।

 

आधुनिक कृषि प्रणालीको प्रवेशद्वार हो यान्त्रीकरण र सीप । हातमा मात्र आधारित खेतीले सीमित उत्पादन दिन्छ । मेसिन, सानो सिँचाइ प्रविधि, हरितगृह, आधुनिक कटानी, बाली सङ्कलन, स्मार्ट खेती बिना प्रतिस्पर्धा सम्भव छैन । तर यान्त्रीकरण महँगो छ, वित्त पहुँच कठिन छ, तालिम सीमित छ । नेपालवाद किसानलाई श्रमिक मात्र होइन, कृषि उद्यमीका रूपमा उभ्याउने पक्षमा छ । किसान सीपयुक्त भयो भने खेती व्यवसाय बन्छ ।

 

हाम्रो कृषिको सबैभन्दा कमजोर कडी हो भण्डारण र चिस्यान । उत्पादन प्रशस्त हुँदा पनि सुरक्षित भण्डारण नहुँदा फलफूल, तरकारी र अन्न नष्ट हुन्छन्, मूल्य अस्थिर बन्छ, किसान घाटामा जान्छ । उत्पादन जोगाउन नसक्नु, उत्पादन गर्न नसक्नु जत्तिकै ठूलो कमजोरी हो । भण्डारण गृह, चिस्यान केन्द्र, अन्न भण्डार, फसल बीमा यी सबै कृषि मूल्य शृंखलाका अनिवार्य आधार हुन् । त्यसैले पनि उत्पादन जोगाउन सक्ने राष्ट्र मात्र आत्मनिर्भर हुन्छन् भनिएको हो ।
किसानको वास्तविक शक्ति हो बजारमा पहुँच ।

 

 

तर दलाल–केन्द्रित मूल्य निर्धारण, कमजोर स्थानीय बजार, महँगो ढुवानी र अपारदर्शी व्यापार प्रणालीले किसानलाई कमजोर बनाएको छ । किसान–बजारसँग प्रत्यक्ष जोडिन चाहन्छन् तर परिस्थिति त्यस्तो छैन । सहकारी, सङ्कलन केन्द्र, पारदर्शी मूल्य सूचना, करार खेती, डिजिटल व्यापारजस्ता संरचनाबाट किसानलाई मूल्य निर्धारणको केन्द्रमा ल्याउनुपर्छ । किसानले मूल्य नपाएसम्म कृषि न्याय हुँदैन ।

 

खाद्य आपूर्ति शृङ्खला राष्ट्रको पेट हो । खेतदेखि भान्सासम्म दूध, मासु, अन्न, तरकारी सुरक्षित, छिटो र स्वच्छ रूपमा पुग्नुपर्छ । आपूर्ति शृङ्खला कमजोर हुँदा कहिले अभाव, कहिले मूल्यवृद्धि, कहिले गुणस्तर समस्या देखिन्छ । खाद्य आपूर्तिलाई राष्ट्रिय सुरक्षा सरह प्राथमिकता दिनुपर्छ, किनकि भोको नागरिकले राष्ट्र निर्माण गर्न सक्दैन । खाद्य आपूर्ति कमजोर भयो भने राष्ट्र कमजोर हुन्छ ।

 

अब भविष्यको बाटो दिगो र जैविक कृषि हो । रासायनिक निर्भरता घटाउने, पानी बचत प्रविधि, जैविक प्रमाणीकरण, हरित बजार, जलवायु–स्मार्ट खेतीले मात्र दीर्घकालीन उत्पादन सुनिश्चित गर्छ । यो विकल्प होइन भविष्य हो । किसानको स्वास्थ्य, उपभोक्ताको स्वास्थ्य र वातावरण तीनैलाई सन्तुलनमा राख्ने रणनीति यही हो । कृषि दिगो भयो भने राष्ट्र दिगो हुन्छ ।

 

खाद्य सुरक्षा उत्पादन मात्रै होइन पोषण, पहुँच, संरक्षण र सङ्कट व्यवस्थापन हो । बाढी, सुक्खा, महामारी वा बजार सङ्कटमा नागरिक भोकै बस्नु राष्ट्रको सबैभन्दा ठूलो असफलता हो । नेपालवाद खाद्य सुरक्षा र पोषणलाई राष्ट्रिय सुरक्षाको स्तरमा राख्छ, ताकि सङ्कटमा पनि नागरिक सुरक्षित रहून् । भोकमुक्त राष्ट्र मात्र स्वतन्त्र राष्ट्र हो ।

 

कृषि उठ्यो भने गाउँ उठ्छ, गाउँ उठ्यो भने समाज स्थिर हुन्छ, समाज स्थिर भयो भने राष्ट्र आत्मनिर्भर बन्छ । नेपाल अब परनिर्भर कृषि होइन, आधुनिक, दिगो, उत्पादनशील र प्रतिस्पर्धी कृषि राष्ट्र बन्न सक्छ । यही नेपालवादको कृषिप्रतिज्ञा हो । नेपाल उत्पादन गर्छ, नेपाल खान्छ, र नेपाल आत्मनिर्भर बन्छ । यसका लागि निम्न विषयहरुमा थप जोड दिँदा राम्रो हुनेछ ।

कृषि नीति तथा उत्पादन वृद्धि रणनीति
कृषिमा सुधार टुक्रे कार्यक्रम होइन  १५–२० वर्षको दीर्घकालीन दृष्टि हो । माटो, हावापानी र भूगोलअनुसार बालीको क्षेत्र निर्धारण, व्यावसायिक खेती करिडोर, उत्पादन लक्ष्य र जोखिम व्यवस्थापन स्पष्ट हुनुपर्छ । नीति स्पष्ट भए किसानको के रोप्ने भन्ने अन्योल हट्छ । लगानी सही ठाउँमा जान्छ र बजारसमेत अनुशासित हुन्छ । उत्पादन वृद्धि सिँचाइ, बीउ, माटो, बजार र भण्डारण एकै शृङ्खलामा बाँध्दा मात्रै सम्भव हुन्छ । दृष्टि स्पष्ट भयो भने खेतले दिशा पाउँछ ।

उन्नत बीउ, प्रविधि तथा आधुनिक खेती प्रणाली
बीउ केवल दाना होइन उत्पादनको भविष्य हो । गुणस्तरीय बीउ, रोग–प्रतिरोधी जात, माटो–अनुकूल बाली, खेतीमा रोग पहिचान, मौसम सूचना र कृषि परामर्श किसानसम्म सजिलो ढङ्गले पुग्नुपर्छ । अनुसन्धान प्रयोगशालामा सीमित भयो भने किसानको खेत उही पुरानै रहन्छ । नमूना खेत, किसान, मैदान विद्यालय, स्थानीय बीउ बैङ्क र प्रमाणीकरण प्रणालीले उन्नत बीउको भरोसा बढाउँछ । बीउ गुणस्तरीय भयो भने खेतले भविष्य उमार्छ ।

सिँचाइ सुविधा विस्तार तथा पानी व्यवस्थापन
सिँचाइ बिना कृषि जोखिम हो । नहर मर्मत, लिफ्ट सिँचाइ, साना जलाशय, पानी सञ्चित गर्ने संरचना र सूक्ष्म सिँचाइ प्रविधिले पानीलाई योजनाअनुसार चलाउन सकिन्छ । पानी वितरण न्यायपूर्ण र अनुशासित भए किसानले बाली चक्र मिलाउँछ, उत्पादन स्थिर हुन्छ र घाटा घट्छ । पानीको नक्सा, प्राथमिकता क्षेत्र र स्थानीय सहभागितासहित सिँचाइलाई राष्ट्रिय उत्पादन प्रणाली बनाउनु आवश्यक छ । पानी चलेपछि खेत पनि बोल्न थाल्छ अनि किसान पनि बाँच्दछ ।

माटो स्वास्थ्य संरक्षण तथा मल–बीउको नियमित उपलब्धता
माटो थाक्यो भने खेती थाक्छ । माटो परीक्षण, सन्तुलित मल प्रयोग, जैविक पदार्थ थप्ने अभ्यास, बाली चक्र परिवर्तन र क्षरण रोक्ने काम अनिवार्य छन् । मल र बीउको नियमित, पारदर्शी र गुणस्तरीय आपूर्तिले किसानलाई अनिश्चितताबाट निकाल्छ । डिजिटल ट्र्याकिङ, किसान परिचयपत्रमार्फत लक्षित वितरण र स्थानीय बीउ÷मल केन्द्रले समयमै उपलब्धता सुनिश्चित गर्छ । माटो बच्यो भने कृषि बच्छ, कृषि बच्यो भने राष्ट्र बच्छ ।

कृषि यान्त्रिकीकरण, सीप विकास तथा किसान प्रशिक्षण
कृषि अब श्रमको घोटाइ होइन कि दक्षतामा आधारित व्यवसाय बन्नुपर्छ । भूगोलअनुसार उपयुक्त मेसिन, सहकारीमार्फत साझा मेसिन केन्द्र, मर्मत–कार्यशाला र तालिमले यान्त्रिकीकरण सुलभ बनाउँछ । किसानलाई मेसिन चलाउन, लागतगणना गर्न, उत्पादन योजना बनाउन र बजार बुझ्न सिकाएपछि खेती व्यवसाय बन्छ । युवालाई कृषि प्रविधिमा जोड्दा गाउँमै रोजगारी र उत्पादन दुवै बढ्छ । सीप र उपकरण मिलेपछि किसान उद्यमी बन्छ ।

भण्डारण संरचना, चिस्यान केन्द्र तथा फसल–सुरक्षा प्रणाली
भण्डारण बिना उत्पादन अधुरो छ । अन्न भण्डार, चिस्यान केन्द्र, पूर्व–चिस्याउने सुविधा, ढुवानीका चिस्यान साधन र फसल बीमाले नोक्सानी घटाउँछ । उत्पादन धेरै हुँदा मूल्य ढल्छ, त्यसलाई सम्हाल्न भण्डारण र बफर भण्डार आवश्यक हुन्छ । किसानले उत्पादन जोगाउन सकेपछि मात्र बजारसँग सौदाबाजी गर्न सक्छ । फसल जोगियो भने किसानको वर्ष जोगिन्छ ।

 

बजार पहुँच, मूल्य स्थिरता तथा किसान आय–सुरक्षा
किसानको सबैभन्दा ठूलो प्रश्नमूल्य कति भन्ने नै हो । न्यूनतम समर्थन मूल्य, करार खेती, सहकारीमार्फत सङ्कलन÷बिक्री, पारदर्शी मूल्य सूचना र ढुवानी सहजीकरणले किसानलाई मूल्यअनिश्चितताबाट निकाल्छ । बजारमा दलाली घटाउन किसानबजार प्रत्यक्ष जडान र मूल्य जानकारी खुला हुनुपर्छ । आय स्थिर भयो भने किसानले जोखिम लिन सक्छ, प्रविधि अपनाउन सक्छ, र उत्पादन बढाउँछ । मूल्य स्थिर भयो भने किसान निडर बन्छ ।

 

दूध, मासु, तरकारी तथा अन्न आपूर्ति शृंङ्खला सुधार
आपूर्ति शृंङ्खला बिग्रियो भने किसान घाटामा र उपभोक्ता महँगोमा पर्छ । दुग्ध चिस्यान केन्द्र, मासु÷दूधको गुणस्तर परीक्षण, अन्न भण्डार, चिस्यान ढुवानी र बजारमा स्वच्छ वितरण प्रणालीले खाद्य सुरक्षालाई बलियो बनाउँछ । किसान–प्रशोधन–बजार एउटै शृङ्खलामा जोड्दा नोक्सानी घट्छ र मूल्य स्थिर हुन्छ । आपूर्ति शृङ्खला बलियो भयो भने कृषि इन्जिन बन्छ ।

 

जैविक खेती, हरित उत्पादन तथा दिगो कृषि अभ्यास
रासायनिक निर्भरता घटाउँदै माटो, पानी र स्वास्थ्य जोगाउनु अब बाध्यता हो । जैविक मल, कीरा–व्यवस्थापनका सुरक्षित उपाय, पानी बचत प्रविधि, प्रमाणिकरण र हरित बजारको संरचना बनेपछि जैविक खेती जोखिम होइनअवसर बन्छ । यसले किसानको स्वास्थ्य, उपभोक्ताको विश्वास र निर्यात सम्भावना बढाउँछ । स्वस्थ माटो र स्वस्थ खाना नै राष्ट्रको दीगो शक्ति हो ।

 

खाद्य सुरक्षा, पोषण सन्तुलन तथा जोखिम व्यवस्थापन
खाद्य सुरक्षा भनेको अन्न मात्रै होइन—पोषण र सङ्कट व्यवस्थापन पनि हो । बाढी–सुक्खा–महामारीमा पनि आपूर्ति निरन्तर राख्ने बफर भण्डार, आपतकालीन खाद्य बैंक, जोखिमपूर्वानुमान र वितरण प्रणाली चाहिन्छ । बालबालिका, गर्भवती महिला र वृद्धका लागि पोषण कार्यक्रम खेतसँगै जोडिनुपर्छ । खाद्य सुरक्षा भनेको राष्ट्रको आधार सुरक्षित हुनु हो ।

 

यो पृष्ठभूमिमा हरेक किसानले आफ्नो क्षेत्रकानेतातथा जनप्रतिनिधिहरुलाई कृषि तथा खाद्यसम्बन्धी निम्न प्रश्नहरु सोध्न र त्यसको जवाफ पनि प्राप्त गर्ने अधिकार राख्दछन् ।

१) पहिलो एक वर्षमा कृषिमा जनताले देख्ने तीन ठोस नतिजा के हुन् र प्रत्येकको समयसीमा के हो ?
२) मल–बीउ समयमै र गुणस्तरीय रुपमा प्रदान गर्ने ठोस व्यवस्था के हो र अनियमितता भए कारबाही कसरी हुन्छ ?
३) सिँचाइ विस्तारमा पहिलो चरणका पालिका÷क्षेत्र कुन हुन् र बजेट, जनशक्ति र मर्मत कसरी सुनिश्चित गर्नुहुन्छ ?
४) माटो परीक्षण र सन्तुलित मल कार्यक्रम छ महिनाभित्र कहाँ–कहाँ सुरु हुन्छ र किसानले रिपोर्ट कसरी हेर्न पाउँछन् ?
५) किसानलाई मेसिन÷तालिम सुलभ बनाउन सहकारी मेसिन केन्द्र कहिले उपलब्ध हुन्छ र कति जिल्लाबाट सुरु हुन्छ ?
६) भण्डारण÷चिस्यान केन्द्र कहाँ कहाँ बन्छ र किसानले शुल्क कति तिर्नुपर्छ ?
७) किसानको आय सुरक्षाका लागि न्यूनतम समर्थन मूल्य÷करार खेती÷सहकारी बजार—पहिलो वर्ष के के लागू हुन्छन ?
८) दलाली र अपारदर्शी मूल्य रोक्न खुला मूल्य सूचना र किसान–बजार प्रत्यक्ष जडान कहिले सुरु हुन्छ ?
९) दूध, मासु, तरकारी, अन्नको आपूर्ति शृंखला सुधारमा मुख्य ३ काम के हुन् ?
१०) बाढी÷सुक्खा÷किरा महामारीमा फसल–जोखिम व्यवस्थापन र बीमा कसरी गरिन्छ र पीडितले कति दिनभित्र राहत पाउँछ ?
११) उक्त समय सीमाभित्र उत्पादन÷मूल्य÷भण्डारण÷सिँचाइमा सुधार देखिएन भने तपाईंको जवाफदेहिता के हो ?
(शर्मा सरसफाइ तथा प्रकृति संरक्षण सम्बन्धी अभियन्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नारी शक्तिबाट शान्ति र एकता सन्देशका लागि प्रादेशिक समागम आयोजना हुँदै

घोडाघोडी (कैलाली), अध्यात्म र समाजसेवामा क्रियाशील सन्त निरङ्कारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सङ्घ समागम आयोजना गर्ने भएको छ । नारी शक्तिमार्फत समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यका साथ सुदूरपश्चिम र मधेस प्रदेशमा यही चैत १३ गते तथा कर्णाली र कोशी प्रदेशमा...

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ: महानिरीक्षक कार्की

काठमाडौँ,  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा रङ्गभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै विभेदजन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ ।     राष्ट्रिय दलित आयोग तथा विभिन्न दलित अधिकारकर्मी सङ्घ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महानिरीक्षक कार्कीले समाजमा विद्यमान...

ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व सङ्कलन

कर्णाली, कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले फागुनमा प्रदेशका विभिन्न जिल्ला तथा क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार ४३१ सवारी कारबाही परेका हुन् ।     ती...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

नारी शक्तिबाट शान्ति र एकता सन्देशका लागि प्रादेशिक समागम आयोजना हुँदै

घोडाघोडी (कैलाली), अध्यात्म र समाजसेवामा क्रियाशील सन्त निरङ्कारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सङ्घ समागम आयोजना गर्ने भएको छ । नारी शक्तिमार्फत समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यका साथ सुदूरपश्चिम र मधेस प्रदेशमा यही चैत १३ गते तथा कर्णाली र कोशी प्रदेशमा...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

नगरपालिकाको बृहत् स्वास्थ्य शिविर : जनतालाई निःशुल्क उपचार

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा लिएका छन्।ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र गरिमा विकास बैंकसँगको सहकार्यमा बिहीबार र शुक्रबार शिविर सञ्चालन गरिएको हो।शिविरमा जनरल सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त...

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९