सहश्राव्दी पदमार्गमा पाइने चरा एउटै पुस्तकमा

गण्डकी, तनहुँको दुलेगाँैडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले उक्त पुस्तक प्रकाशन गरेको हो । चराको पहिचान तथा तथ्याङ्क सङ्कलनका लागि उक्त क्षेत्रमा स्थलगत रुपमा दुुई वर्षको अन्तरालमा विभिन्न चार चरणमा पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे र सचिव हेमन्त ढकालले गर्नुुभएको स्थलगत रुपमा अध्ययन अनुसन्धानपछि  पुस्तक प्रकाशन गरिएको हो ।

 

पुस्तकमा यहाँ पाइने चराहरूलाई सचित्र प्रस्तुत गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुुभयो । नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने यस पदमार्ग क्षेत्रमा तीन सय प्रजातिका चरा अभिलेख गरिएको उहाँले बताउनुुभयो । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ ।

 

पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई सँगसँगै अघि बढाउने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुुभयो । यो पदमार्ग चरा पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको बताउँदै उहाँले पुस्तकले यहाँका चराहरूका बारेमा पयर्टकलाई धेरै कुरा जानकारी मिल्ने बताउनुुभयो । नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइनुु यहाँको अर्को विशिष्टता हो । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडेभ्याकुर भेटिएका छन् । पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् । यस क्षेत्रमा काँडेभ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पाइएको उनले बताए ।

 

संरक्षणको सूचीमा रहेको लुइँचे, मांसाहारी प्रजातिका विभिन्न चरा यस पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकूल, शिक्रा, वनबाज, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् ।

 

त्यस्तै ढोडे गोकुल, हरित मालकौवा, बीउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइँया, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले यस पदमार्गको गरिमा अझै बढाएको छ ।

 

स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने देखिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुुभयो । उहाँका अनुसार संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैसेगौँडामा केही वर्ष अघि लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न गरिएको थियो ।

 

आफूहरू यस पदमार्गलाई केवल पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहेको बताउँदै उहाँले पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरवास सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिकरूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गरिदै आइएको छ ।

 

शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ ।

 

मिलेनियम ट्रेकमा चरा पर्यटनको सम्भाव्यतालाई दृष्टिगत गरेर नै यहाँका चराहरूबारे खोज तथा अनुसन्धान गरी पुस्तक प्रकाशनका लागि पर्यटन बोर्डका तर्फबाट सहयोग गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुुभयो ।

 

“चरा हेर्न आउने पर्यटकहरू खर्चालुसमेत हुने र उनीहरूले चरा हेर्नकै लागि लामो समय समेत बिताउने गर्दछन्”, उहाँले भन्नुुभयो, “यस किसिमका पर्यटक भित्राउनका लागि चरा पर्यटनको विकास जरुरी छ ।” नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ ।

 

पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन महत्वपूर्ण विधा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुुहन्छ । चरा पर्यटनका माध्यमबाट पर्यटकको आगमन र बसाइ अवधि लम्ब्याउन सकिने उहाँको भनाइ छ । वासुदेव पौडेल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।   राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा...

लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता

जनकपुरधाम, राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले आज जनकपुरधामस्थित मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।   अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी...

नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ ।आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

घोडाघोडी (कैलाली), नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको छ । जैविक विविधताले महत्त्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो ।   गणनाका क्रममा यस पटक घोडाघोडीको सूचक प्रजाति...

लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने

बरहथवा (सर्लाही),  फुटबल खेल र खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर फुटबल रङ्गशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम, लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४...

निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने

बरहथवा (सर्लाही), बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ । बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा पहिलो दिने ७९ जनाको शल्यक्रिया...

विचारः अरनिको नेपालका गहना

काठमाडौँ,  अरनिको नेपालको छवि विश्वभर उजिल्याउने र नेपाली मनमन्दिरमा विराजमान कहिल्यै ननिभ्ने बत्ती हुन् । यिनैको आरती र अर्चना गरी उनको व्यक्तित्व र योगदान विषयमा स्तुति गरी श्रद्धा गर्ने दिवस हो, अरनिको जयन्ती । यथार्थमा नै सबै नेपालीले श्राद्ध (श्रद्धापूर्वक गरिने कार्य) गर्ने पितृ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९