सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल

नारायणगढ (चितवन),  गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ ।

 

 

नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अतिसङ्कटापन्न घडियाल गोहीलाई असर पुग्नेगरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुनबमोजिम दण्डनीय अपराध भएता पनि बेलाबेला यस्ता घटना दोहोरिरहन्छन् । कतिपय अवस्थामा थाहा पाएर उद्धार हुने गरे पनि धेरै अवस्थामा सङ्कटापन्न घडियाल अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घडियाल संरक्षणका लागि बेलाबेला अनुरोध गर्दै सचेतना फैलाउँदै आएको छ ।

 

 

नदीमा अनियन्त्रित रूपमा माछा मार्ने, बालुवा र गिट्टी उत्खनन, फोहर फाल्ने तथा अन्य प्रदूषणयुक्त गतिविधिले घडियालको प्राकृतिक बासस्थानमा थप चुनौती सृजना गरेको छ । शान्त स्वभावको यो सरिसृप प्राणीको मुख्य आहार माछा हो । हाल विशेषगरी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका राप्ती नदी र नारायणी नदी घडियालका प्रमुख प्राकृतिक बासस्थान हुन् । घडियाल गोही महाकाली, बबई, कर्णाली, कालीगण्डकी, सप्तकोशीलगायत नदीमा पाइन्छन् । तर पछिल्लो समय अन्य नदीमा घडियाल लोप हुँदै गएको छ । हाल राप्ती र नारायणी नदी किनारमा मात्र यसको बढी प्राकृतिक बासस्थान भेटिने गरेको छ । यहाँ बर्खामा बाढी आउँदा घडियाल बगेर भारततर्फ पुग्ने गर्दछ । बाँध तथा नदीको बहाव परिवर्तनका कारण पुनः फर्कने सम्भावना कम हुनुका साथै नदीमा हुने प्राकृतिक वातावरणीय परिवर्तनले पनि यसलाई असर पारेको छ ।

 

 

घडियाललाई घाम ताप्न आवश्यक पर्छ भने अण्डा पार्न नदीको समथर भाग आवश्यक हुन्छ । किनार नजिक खोलाको छेउतिर बालुवाको ढिस्को वा झाडी भएको स्थानमा यसले अण्डा पार्ने गर्दछ । यसको अण्डा कुखुराको अण्डाभन्दा ठूलो हुन्छ । प्रजननका क्रममा न्यून मात्रामा भाले जन्मने गर्छन् । फागुन–चैततिर पारेका अण्डा बालुवामुनि लुकाएको स्थानबाट मानिसहरूले झिकेर लाने तथा मासु र छालाका लागि गोही मार्नेजस्ता घटनाले घडियाल थप जोखिममा परेको बताइन्छ । घडियालका प्रमुख दुश्मन प्रदूषण र चोरीसिकार रहेको अधिकारीहरूको भनाइ छ । तापक्रमका आधारमा भाले–पोथी निर्धारण हुने भएकाले कम मात्रामा भाले जन्मने गर्दछ ।

 

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्ष मङ्सिरमा राप्ती र नारायणी नदीमा गरिएको अवलोकनका क्रममा नौवटा भाले घडियाल भेटिएको बताउनुभयो । अवलोकनका क्रममा अघिल्ला वर्षको तुलनामा बढी भाले भेटिनुले संरक्षणमा केही सफलता मिलेको उहाँको भनाइ छ ।

 

 

घडियाल तुलनात्मक रूपमा शान्त रहने र नदी तथा किनार छाडेर धेरै टाढा नजाने स्वभावको हुन्छ । घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा घडियालको संरक्षण तथा प्रजनन गर्दै आइएको छ । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

 

 

पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि घडियाललाई नदीमा छाड्ने गरिन्छ । प्राकृतिक बासस्थानबाट अण्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब १.५ मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक बासस्थानमा छोड्न योग्य हुने थापा बताउनुहुन्छ ।

 

 

विशेषगरी चैत–वैशाखमा नदी किनारमा घडियालले पारेका अण्डा सङ्कलन गरी प्रजनन गराउने गरिएको चितवन निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रकी प्रमुख सुजिता श्रेष्ठ बताउनुहुन्छ । नदी किनारका प्रायः पहरिला र घाम लाग्ने स्थानको बालुवा खोस्रेर एकपटकमा १५ देखि ६० वटासम्म अण्डा पार्ने र ती अण्डा सङ्कलन गरी केन्द्रको कृत्रिम ह्याचरीमा बच्चा उत्पादन गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बेलाबेला यहाँ हुर्काएका घडियाल नदीमा छाड्ने गरेका छौँ । सोमबार कसरास्थित राप्ती नदीमा २० वटा घडियाल छाडियो । यो आर्थिक वर्षमा मात्र ५२ वटा घडियाल प्राकृतिक बासस्थानमा छोडिसकिएको छ ।”

 

 

कुन तापक्रममा ह्याच गरियो भन्ने आधारमा घडियालको लिङ्ग निर्धारण हुने उहाँको भनाइ छ । उहाँका अनुसार ३०–३२ डिग्री सेल्सियस तापक्रममा ह्याच गरिएका अण्डाबाट भाले घडियाल र कम तापक्रममा ह्याच गरिएका अण्डाबाट पोथी घडियाल जन्मिने गर्छन् । प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राख्ने गरिएको छ । केन्द्रमा बच्चा हुर्काउन सजिलो नहुने र बाँच्नेको सङ्ख्या कम हुने उहाँले बताउनुभयो ।

 

 

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल सन् १९८१ देखि देशका विभिन्न नदीमा छाड्न थालिएको हो । निकुञ्जले प्राकृतिक वातावरण अनुकूल भएकाले बढी राप्ती र नारायणी नदीमा घडियाल छाड्दै आएको छ । साथै केन्द्रमा हुर्किएका घडियाल सप्तकोसी, बबई, कर्णाली र कालीगण्डकी नदीमा समेत छाडिएको छ । तर अवलोकनका क्रममा राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन् ।

 

 

प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरैमात्र जीवित रहने गरेको पाइएको छ । नदीमा छाडिएका कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् । नदी प्रणालीमा रहेका घडियाल माछा मार्न प्रयोग हुने तियारी जालमा अल्झिएर मर्ने समस्या विकराल बन्दै गएको छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

 

 

यस वर्ष मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ वटा घडियाल भेटिएका छन् । तीमध्ये नौवटा भाले रहेका छन् । अघिल्ला वर्षको तुलनामा भाले घडियालको सङ्ख्या बढ्नु सकारात्मक सङ्केत भएको संरक्षण अधिकृत थापा बताउनुहुन्छ । थापाका अनुसार प्रजनन केन्द्रमा हुर्केका घडियाल हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १४२ घडियाल छाडिएका छन् । गत आर्थिक वर्षमा विभिन्न नदीमा १३३ घडियाल छाडिएको थियो । नदीमा छाडिएका कतिपय घडियाल बाढीले बगाएर लैजाने भएकाले अपेक्षाकृत रूपमा सङ्ख्या बढ्न नसकेको उहाँको भनाइ छ ।

 

 

हाल प्रजनन केन्द्रमा ७१७ वटा घडियाल रहेका छन् । जसमध्ये ६५९ बच्चा, २८ अर्धबयस्क र ३० बयस्क छन् । केन्द्रमा हाल एउटा मात्र परिपक्व भाले घडियाल छ । गत वर्ष केन्द्रमा २३२ अण्डा सङ्कलन गरिएकामा २०२ अण्डा ह्याच भएका थिए । “अब भालेको सङ्ख्या बढाउने विषयमा छलफल भइरहेको छ । दिगो प्रजनन र सङ्ख्या वृद्धि आवश्यक छ”, थापाले भन्नुभयो । केन्द्रको वातावरण जङ्गली अवस्थासँग पूर्ण रूपमा मेल नखाँदा प्राकृतिकजस्तो गुणस्तरीय अण्डा उत्पादनमा समस्या देखिने गरेको छ ।

 

विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान र म्यान्मारलगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्र सीमित भएका छन् । सन् १९४० को दशकमा विश्वमा करिब १० हजार रहेको घडियालको सङ्ख्या सन् १९७० सम्म आइपुग्दा दुई प्रतिशतमा झरेपछि संरक्षणमा चासो बढ्दै गएको हो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण र माछा मार्ने गतिविधिका कारण घडियालको प्राकृतिक बासस्थान सङ्कटमा परेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा, हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।   सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा...

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकको घरदैलोमै भत्तासँगै न्यानो कपडा

भोजपुर, रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो ।   घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर...

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर, जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।   इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

त्रिवेणी (नवलपरासी), निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा  निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम, लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४...

निःशुल्क शिविरः २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

बरहथवा (सर्लाही),  सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको...

विचारः अरनिको नेपालका गहना

काठमाडौँ,  अरनिको नेपालको छवि विश्वभर उजिल्याउने र नेपाली मनमन्दिरमा विराजमान कहिल्यै ननिभ्ने बत्ती हुन् । यिनैको आरती र अर्चना गरी उनको व्यक्तित्व र योगदान विषयमा स्तुति गरी श्रद्धा गर्ने दिवस हो, अरनिको जयन्ती । यथार्थमा नै सबै नेपालीले श्राद्ध (श्रद्धापूर्वक गरिने कार्य) गर्ने पितृ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९