महाराष्ट्र, भारत – प्रवासी नेपाली सम्पर्क मञ्च, भारत महाराष्ट्र राज्य समितिले आफ्ना सदस्य बिमल शर्माका ममतामयी आमाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ।
समितिका प्रवक्ता कमल भण्डारीले जारी गरेको वक्तव्यमा हिजो भएको निधनले सम्पूर्ण महाराष्ट्र राज्य समिति स्तब्ध र शोकमा डुबेको उल्लेख गरिएको छ। वक्तव्यमा बिमल शर्माको संगठनप्रति समर्पण, अनुशासन र प्रेरणादायी योगदानले संस्थालाई सधैं उर्जाशील बनाएको स्मरण गर्दै, यस दुःखद घडीमा उहाँ र शोकसन्तप्त परिवारजनलाई धैर्य, साहस र आत्मबल प्राप्त होस् भन्ने कामना गरिएको छ।
वक्तव्यमा स्वर्गीय आमाको आत्माले चिरशान्ति पाओस् र उहाँले छोडेर जानुभएको माया, ममता र संस्कारले भरिएको जीवन–यात्रा सधैं अमर रहोस् भन्ने कामनासहित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
























































































































































