मणिमुकुन्देश्वर नक्षत्र वाटिका उपेक्षामा

दमौली (तनहुँ),  देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा रहेको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वनभित्र निर्माण गरिएको नक्षेत्र वाटिका हाल संरक्षण अभावका कारण अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने यो वाटिका उचित व्यवस्थापन नहुँदा दिनानुदिन उजाड बन्दै गएको हो ।

 

शम्भु तपो धार्मिक वनअन्तर्गत करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको नक्षेत्र वाटिकामा प्रारम्भिक चरणमा धार्मिक महत्व बोकेका तथा औषधीय गुण भएका विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका थिए । तुलसी, श्रीखण्ड, बेल, बरपिपल, पारिजात, अमला, हर्रोबर्रो, आँप, डुम्री, टुनी, सिसौ, टाकीलगायत बोटबिरुवाले वाटिकालाई धार्मिक तीर्थस्थलको गरिमा झल्काउने उद्देश्य राखिएको थियो ।

 

तर समयसँगै उचित संरक्षण, नियमित स्याहारसम्भार र व्यवस्थापन नहुँदा वाटिकाको अवस्था दयनीय बन्दै गएको छ । हाल धेरै बिरुवा सुकिसकेका छन्भने बाँकी जीवित रहेका बोटबिरुवा झाडी र काँडाले घेरेका छन् । बोटबिरुवाको संरक्षणका लागि निर्माण गरिएको बारघेर जीर्ण अवस्थामा पुगेको छ, जसका कारण चौपायाको प्रवेश तथा अन्य क्षतिको जोखिम बढेको स्थानीय बताउँछन् ।

 

स्थानीयवासीका अनुसार वाटिका निर्माणको सुरुआती चरणमा आकर्षक, चिटिक्क र व्यवस्थित देखिन्थ्यो । तर निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेपछि संरक्षण र रेखदेखमा निरन्तरता नदिँदा समस्या उत्पन्न भएको हो । मल, पानी, जाल, नियमित गोडमेल तथा आवश्यक स्याहार नपाउँदा वाटिका पूरै उजाड बन्ने अवस्थामा पुगेको छ ।

 

डिभिजन वन कार्यालयका वन अधिकृत राजकुमार श्रेष्ठले वाटिका निर्माणपछि संरक्षणमा कमजोरी हुनु साझा समस्या रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएपछि दीर्घकालीन संरक्षण र व्यवस्थापनको स्पष्ट जिम्मेवारी तोक्न नसक्दा यस्तो अवस्था आएको हो । समुदाय, आश्रम र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

 

वन अधिकृत श्रेष्ठका अनुसार हाल सम्बन्धित समितिले वाटिकाको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कार्ययोजना स्वीकृतिका लागि पेस गरिएको छ । चालु आर्थिक वर्षमा कार्यक्रम तथा बजेट स्वीकृत भए डिभिजन वन कार्यालयबाट प्राविधिक तथा आवश्यक सहयोग उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो ।

 

मुख्यतः मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम धार्मिक वन र सम्बन्धित समितिमाथि वाटिकाको संरक्षण, रेखदेख र दीर्घकालीन व्यवस्थापनको जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले स्थानीय समुदायको सक्रिय सहभागिताबिना संरक्षण सम्भव नहुने धारणा राख्नुभयो । धार्मिक आस्थासँगै जैविक विविधता संरक्षण र हरियाली प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको मणिमुकुन्देश्वर नक्षेत्र वाटिकालाई जोगाउन तत्काल पहल आवश्यक देखिएको छ । स्थानीयवासी तथा सरोकारवालाले बजेट सुनिश्चितता, जिम्मेवारी स्पष्टता र नियमित अनुगमनको व्यवस्था गरी वाटिकालाई पुनः जीवन्त बनाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कांग्रेस विशेष महाधिवेशन आजदेखि, पार्टी सङ्गठन झन् बलियो हुन्छ : महामन्त्रीद्वय

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान...

‘शिल्प, भाषा र उद्यमबाटै नेवाः पहिचान जोगिनुपर्छ’

काठमाडौँ, सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शिल्प, भाषा र उद्यमको संरक्षण तथा प्रवद्र्धनबाटै नेवाः समुदायको पहिचान जोगाउन सकिने बताउनुभएको छ ।आज पद्मरत्न लुमन्ती गुठीको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘संविधानको एक दशकः देशको परिस्थिति र नेवाः समुदायको अवस्था’ विषयक अन्तरक्रियामा श्रेष्ठले नेवाः संस्कृतिलाई...

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो । करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो ।   भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भन्नुभयो, “पहिले...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

घोराही (दाङ),  दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको...

माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो

तुलसीपुर (दाङ),  माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो । माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले माघीमा माइतीमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

म्याग्दीका गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गर्नुभएको हो ।   उहाँको अनुसन्धान...

गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा

वालिङ (स्याङ्जा), यहाँको गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा  सुरु गरिएको छ । नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै आयुर्वेद चिकित्सा सेवा पनि सुरु गरिएको हो ।     ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९