गाईघाट (उदयपुर), यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ । नगरपालिकाको सहयोगमा काठमाडाँैस्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा सुरु गरेको हो ।
सोमबारदेखि सुरु भएको शिविरमा पाँच सय बढी आँखाका बिरामीको जलविन्दु र मोतियाविन्दुसम्बन्धी शल्यक्रिया गरिने चौदण्डीगढी नपाकी उपप्रमुख मणिकादेवी दुलालले बताउनुभयो । पहिलो दिनमै १२५ जनाको जलविन्दु र मोतियाविन्दुसम्बन्धी उपचार गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । आँखाको उपचार र शल्यक्रिया सेवाका लागि चौदण्डीगढीसहित त्रियुगा र बेलका नगरपालिका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा आँखाका बिरामी शिविरमा पुगेको जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































