चितवन मेडिकल सिटीका रुपमा विकास

चितवन,  कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हिजोआज त्यो सङ्ख्या तीन÷चार वटामा झरेको छ ।भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाउनुभयो । उहाँका अनुसार त्यसपछिका दिनमा क्रमशः बिरामी जाने क्रम घट्दै आएको छ ।

 

 

उहाँले भन्नुभयो, “अहिले भरतपुरमा सबै खालका रोगको उपचार हुने भएपछि निकै कम मात्र बिरामी बाहिर जान्छन् ।” संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने पहिले पहिले धेरै एम्बुलेन्स चितवनबाट बिरामी बोकेर काठमाडौँ जाने गरेको बताउनुहुन्छ । पछिल्ला दिनमा दैनिक तीन÷चारवटा एम्बुलेन्स मात्रै काठमाडौँ जाने गरेको उहाँले बताउनुभयो । टाउको, मिर्गाैला, हार्डजोर्नीका गम्भीर समस्या भएका बिरामी फाट्टफट्ट जाने गरेको उहाँ बताउनुहुन्छ ।

 

 

भरतपुरमा उपचार हुने भए पनि ठूलो अस्पताल खोज्दै र काठमाडौँमा आफन्त तथा घर भएकाहरु जाने गरेको उहाँले बताउनुभयो । यसका अतिरिक्त एक अस्पतालबाट चितवनकै अर्काे अस्पतालमा रिफर गर्ने परिपाटी नहुँदा पनि काठमाडौँ बिरामी जाने गरेको उहाँ बताउनुहुन्छ ।

 

 

काठमाडौँ पुगेर सेवा लिँदा हुने झन्झटका कारण पनि स्थानीयस्तरमै सकेसम्म उपचार गर्न धेरैले चाहना गर्ने गरेको लामिछाने बताउनुहुन्छ । जिल्लामा सङ्घीयस्तरको सरकारी भरतपुर अस्पताल, राष्ट्रियस्तरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई वटा ठूला मेडिकल कलेज, बागमती प्रदेशको बकुलहर रत्ननगर अस्पताल, पच्चीसभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल, निजीस्तरको सिएमसी क्यान्सर इन्स्टिच्यूटलगायतका स्वास्थ्य संस्था यहीं भएका कारण बिरामीलाई रोजीछानी उपचार गर्ने अवसर मिलेको छ ।

 

 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल चितवनमा सेवा सुविधा र विश्वसनीयता बढेका कारण बिरामी बाहिर जाने घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “क्यान्सरका धेरैजसो बिरामी काठमाडौँबाट यहाँ आउँछन् ।”

 

 

दक्षजनशक्ति, आधुनिक प्रविधि सहितका अत्याधुनिक उपकरण, सरल सेवासुविधा, बिरामीमैत्री सेवा चितवनका अस्पतालमा उपलब्ध हुन थालेपछि बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । जिल्लामै रोबटिक सर्जरीसम्मको उपचार हुने हुँदा काठमाडौँका बिरामी चितवन आउन थालेपछि यहाँका बिरामी जान छाडेको उहाँले बताउनुभयो ।

 

 

जिल्लामा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको छ । सरकारी अस्पतालमा मात्रै होइन, निजी क्षेत्रले पनि ठूलो लगानी अस्पतालमा गर्ने गरेको छ । चितवन मेडिकल कलेजका कार्यकारी अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपानेले डिएम र एमसिएच गरेका २७ विशेषज्ञ चिकित्सक अहिले सिएमसीमा मात्रै रहेको बताउनुभयो ।

 

 

उहाँको भनाइमा राजधानी काठमाडौँबाट आफ्नो मेडिकल कलेजमा उपचारका लागि बिरामी आउने गरेका छन् । उहाँले भन्नुभयो, “रोबर्टिक सर्जरी, मुटु, क्यान्सर, न्यूरो लगायतका उपचारका लागि काठमाडौँबाट यहाँ बिरामी आउने गरेका छन् ।” उहाँले काठमाडौँमा नहुने क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्यूटमा हुन्छ । उहाँका अनुसार न्यूरोको ट्युमर, अर्लिस्टेजका ट्युमरको उपचार काठमाडौँमा नभइ चितवनमा हुन्छ ।

 

 

क्यान्सरको केमोथेरापी, ब्राकीथेरापी, रेडियो थेरापीलगायत सबै खालको प्रविधि र उपचार आफूहरुले सरकारी सुविधा तथा दररेटमा गर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार क्रिटिकल केयरको सुविधा नेपालमा हुनेमा सबैभन्दा राम्रो चितवनमा रहेको छ । रोबर्टिक सर्जरीमा नेपालमै सबैभन्दा बढी यही हुने गरेको उहाँले बताउनुभयो ।

 

 

मुटुको सबै खालका शल्यक्रिया यहाँ हुने गरेको भन्दै उहाँले यहाँबाट बिरामी काठमाडाँैं नभएर काठमाडौँबाट धेरै बिरामी यहाँ आउने गरेको दाबी गर्नुभयो । चितवनमा उच्चस्तरका प्रयोगशाला, इमेजिङ्ग सेन्टर पनि रहेका छन् । त्यसका कारण रोग पहिचानमा पनि सहज हुने गरेको छ । आँखा उपचारका लागि नेपाल नेत्रज्योति सङ्घले भरतपुरमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा चितवन र छिमेकी जिल्लाका बिरामी आउने गर्दछन् । यहाँका अस्पतालहरुमा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गरेका छन् ।

 

 

क्यान्सरका बिरामी देशैभर र भारतबाटसमेत आउने गर्दछन् । सरकारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लामो पालो कुर्नुपर्दा बाहिर जाने बिरामी अहिले यही चितवन मेडिकल कलेजले सञ्चालन गरेको क्यान्सर इन्स्टिच्यूटमा त्यहीको दररेटमा उपचार पाउने भएपछि बाहिर जान छाडेका छन् ।

 

 

केही वर्ष अघिसम्म बाल सघन उपचार कक्ष नहुँदा धेरै बालबालिकाको अकालमा ज्यान जाने गर्दथ्यो । त्यस्तै मुटु र टाउकोको उपचार नपाउँदा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले यी सबैको सेवा यहीं उपलब्ध भएसँगै धेरैको ज्यान बचेको छ ।

 

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्की एक दुई बाहेक सबै खालका उपचार चितवनमा हुने भएकाले बिरामी बाहिर जान रोकिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सघन उपचार कक्ष, आधुनिक प्रविधि र दक्षजनशक्ति थपिँदै जाँदा यहाँको सेवा विश्वसनीय बनेको छ ।” पछिल्ला दिनमा नेपाल सरकार र निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा यहाँ गरेको लगानीका कारण उपचार क्षेत्रमा फड्को मारेकै कारण बिरामी बाहिर जानेभन्दा आउने बढेको उहाँले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

झापा, भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् ।   भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी...

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज (पर्सा),  जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ ।पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय लगायतका टोलीले मतदानस्थल तथा केन्द्रहरुको...

म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् ।बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक करोड ८० लाख भित्रिएको थियो ।     यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।   तामाङ...

सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह

काठमाडौँ, नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखापरेको समस्या समाधानका लागि आग्रह गरेको छ । सङ्घको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा रामप्रसाद घिमिरेलाई उहाँकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो । सङ्घका महासचिव जयन्तकुमार अग्रवालका अनुसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गर्नुभएको छ । आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उहाँले तत्काल रु १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बिमा...

बुढासुब्बा गोल्डकप आजदेखि सुरु, धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा

धरान (सुनसरी), सुनसरीको धरानमा आजदेखि २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । धरान उपमहानगरपालिका-१६ स्थित धरान रङ्गशालामा आज दिउँसो २ः०० बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र जर्जियन फुटबल क्लब (भारत) बीच प्रतिस्पर्धा हुनेछ ।   आयोजक धरान फुटबल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९