गाउँ नजिक वन रहेकाले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै

नवलपुर (नवलपरासी),  यही माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका तीन वर्षका एक जना बालकलाई गैँडाले आक्रमण गर्‍यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकामा चोट लागेको थियो ।

 

माघ २० गते मङ्गलबार दिउँसो १२ः०० बजेको समयमा ब्रम्हस्थानको छिमेकी गाउँ कावासोती नगरपालिका–१७ अमलटारीमा घाँस काट्दै गरेका युवालाई गैँडाले आक्रमण गर्‍ यो । घर नजिकै बारीमा घाँस काट्न गएका ४० वर्षीय हेमबहादुर कुमाललाई गैँडाले आक्रमण गर्दा उहाँको शरीरमा भित्री चोट लागेको चिकित्सकले बताएका छन् ।

 

गैँडाको आक्रमणबाट घाइते भएका दुवै जनाको कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाउँ नजिकै रहेका चितवन राष्ट्रिय निकुञ्ज तथा अमलटारी मध्यवर्ती सामुदायिक वनबाट गाउँमा पस्ने जङ्गली जनावरका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जानुका साथै नागरिकमा त्रास पैदा भएको छ । पछिल्लो समय यहाँ दैनिकजसो गैँडाले स्थानीयमाथि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रासमा बस्न बाध्य भएका छन् ।

 

“दिउँसो पनि घर बाहिर बस्ने अवस्था छैन”, स्थानीय रामबहादुर बोटेले गुनासो गर्दै भन्नुभयो, “कतिबेला कताबाट गैँडा वा अन्य जनावर आएर आक्रमण गर्छन् भन्ने त्रासमा बस्न बाध्य भएका छौँ ।” गाउँमा केही दिनदेखि तीन वटा गैँडा पसेका जनाउँदै आफूहरूलाई दैनिक काममा निस्कनसमेत डर भएको उहाँले बताउनुभयो ।

 

“रातिको समयमा हामी घरबाट बाहिर निस्कने अवस्था पहिला पनि हुँदैनथ्यो”, बोटेले भन्नुभयो, “झन् अहिले दिनमा पनि कतै पछाडिबाट गैँडा आएर हान्छ कि भन्दै डराएर घर बाहिर काममा निस्कन सकिरहेका छैनौँ ।” गाउँ पसेका गैँडामध्ये एउटाको साथमा बच्चासमेत रहेको भन्दै उहाँले बच्चासँगको गैँडा बढी आक्रामक हुने जानकारी दिनुभयो ।नदीमा माछा मारेर बिक्रीबाट आउने रकमले जीविकोपार्जन गर्दै आएको उल्लेख गर्दै उहाँले यस क्षेत्रका बासिन्दा सधैँ जङ्गली जनावरको त्रासमा बाँच्नु परेको गुनासो गर्नुभयो ।

 

स्थानीय राधिका रेग्मीले दिनहुँ घर अगाडिबाट गैँडा हिँड्दा बाहिर निस्कने सक्ने अवस्था नरहेको बताउनुभयो । “घरमा सानासाना केटाकेटी छन्, घर बाहिर खेलेका बेला कतैबाट गैँडा निस्केर हान्ने पो हो कि भन्ने पीर मनमा सधैँ रहन्छ”, उहाँले भन्नुभयो, “मेरी सासुआमालाई गैँडाले दुई वर्ष अगाडि र त्यसभन्दा अघिल्लो वर्ष पनि गरी दुईपटकसम्म हानेर घाइते बनाएको थियो । उपचारपछि उहाँ ठीक हुनुभयो तर गैँडाको डर पहिलेको जस्तै छ ।”आमा नारायणी नदीमा स्नान गर्न जाने बेला बाटोमा एकपटक र अर्को पटक घर पछाडि बारीमा घाँस काट्न गएको बेला गैँडाले आक्रमण गरेको रेग्मीले स्मरण गर्नुभयो ।

 

ब्रम्हस्थानमा मात्रै विभिन्न समयमा गैँडाको आक्रमणमा परी घाइते भएकाको सङ्ख्या १० भन्दा बढी रहेको स्थानीय फणिन्द्रादेवी पौडेलले जानकारी दिनुभयो । “घर नजिकैबाट नारायणी गङ्गा बगेकी छिन् । बिहान गङ्गामा स्नान गर्न जाँदा पनि गैँडाले हान्ने डरले हिजोआज जानै छोडेका छौँ”, उहाँले भन्नुभयो, “छोराहरू विदेश छन्, घर बाहिर निस्किएको बेला गैँडाले हान्यो भने पनि गुहार (उद्धार) नपाई मरिन्छ की भन्ने डरमा बस्नु परेको छ ।”

 

यस क्षेत्रका बासिन्दा सधैँभरी निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुको त्रासमा बस्नुपरेको पौडेलले गुनासो गर्नुभयो । “जङ्गलबाट निस्कने जनावरले कहिले अन्नबाली खाइदिन्छ, कहिले गाउँमा खेल्दै गरेका केटाकेटी, काम गर्दै गरेका तथा गङ्गामा स्नान गर्न गएका नागरिकलाई हानेर घाइते बनाउने गरेका छन्”, उहाँले भन्नुभयो, “जङ्गली जनावरले घाइते बनाएको मानिसलाई निकुञ्जले उपचार खर्चको व्यवस्था गरे पनि अन्नबालीमा क्षति पु¥याउँदा पीडित किसानले राहत पाउन सकेका छैनन् ।”

 

जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेका मध्यविन्दु, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकाका अधिकांश क्षेत्रमा वन्यजन्तुको त्रास सधैँ रहने गरेको छ । यस क्षेत्रमा गैँडासहित बँदेल, हरिणलगायत जङ्गली जनावरका कारण मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ ।

 

मध्यविन्दु–३ ब्रम्हस्थानका हुमनाथ उपाध्यायले निर्वाचनको समयमा भोट माग्न आउने उम्मेदवारले मानव–वन्यजन्तु व्यवस्थापनमा योजना बनाई  प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । “नेता भोट माग्न आउँछन्, चुनावको बेलामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि काम गर्छौं भन्छन्”, उहाँले भन्नुभयो, “अब जनतालाई आश्वासन बाँडेर मात्र हुँदैन, प्रभावकारी योजना र काम गर्ने प्रतिबद्धता आवश्यक छ ।”

 

यसअघि पनि ‘जङ्गली जनावरको आक्रमणबाट जनतालाई जोगाउँछौँ’ भन्ने विषय चुनावी एजेण्ड मात्रै हुने गरेको उपाध्यायले गुनासो गर्नुभयो । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन रूपमा नतिजामुखी काम गर्ने उम्मेदवार छनोट गरी मतदान गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ,  गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने...

प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…

काठमाडौँ,  पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भीडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था सङ्घीय संसदमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु एकै साथ प्रवेश गर्दा स्वभाविकरुपमा सबैमा चासो र आकर्षण देखियो ।       गत...

प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै

रसुवा, सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।  यहाँस्थित  नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ ।पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौँ,   प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । धादिङको गङ्गाजमुना गाउँपालिका-७ फुलखर्क घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१७ घर भई हाल काठमाडौँ...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

चितवन,  जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन ।शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँने छन् ।...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९