चितवन, राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले नेपाली पत्रकारितालाई मजबुत बनाउने र सूचना पहुँचको दायरालाई व्यापक बनाउन रासस क्रियाशील रहेको बताउनुभएको छ ।भरतपुर महानगरपालिका–१० मा निर्मित राससको तालिम केन्द्रभवनको निरीक्षणपछि उहाँले व्यावसाियक पत्रकारिताको प्रवद्र्धनमा रासस लागिपरेको बताउनुभयोे ।
तालिम केन्द्रलाई देशभरिका सरकारी, गैरसरकारी र निजी क्षेत्रको तालिम केन्द्रका रुपमा विकास गर्न सकिने बताउँदै उहाँले भवनको अधिकतम सदुपयोगका लागि स्थानीयसँगै सरोकार भएका सबैसँग छलफल जारी रहेको जानकारी दिनुभयो ।भरतपुरस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले रु पाँच करोड ७६ लाख ७१ हजारको लागतमा भवन निर्माण गरेको हो ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































