काठमाडौँ, सञ्चार तथ सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले रासस केन्द्रीय कार्यालयको निरीक्षण गर्नुभएको छ ।भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको आज निरीक्षणका क्रममा आज उहाँले रासस समाचार सङ्कलन, सम्पादन, सङ्ग्रहालय र समाचार बुलेटिनकक्षको अवलोकन गर्नुभएको हो ।
सचिव बस्नेतले राससका समाचार सङ्कलन, सम्पादन, तस्बिर, अङ्ग्रेजी समाचार सेवालगायत राससका समग्र उत्पादन र सेवाबारे जानकारी लिनुभयो । उहाँलाई कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्ग्रहालयमा राखिएका राससका स्थापनाकालदेखिका विभिन्न सामग्री (प्रेस, पत्रपत्रिका, रासस बुलेटिन, टेलिफोन र टाइपराइटर)लगायत सामग्रीका बारेमा जानकारी दिनुभएको थियो ।
साथै उहाँले समाचार सङ्कलन र सम्प्रेषण प्रक्रिया, राससको आर्थिक अवस्था, आयआर्जन, साधनस्रोत र जनशक्तिबारे पनि सचिव बस्नेतलाई अवगत गराउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































