काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ र्याली,भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ ।आजै आयोजित र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ । र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । आज बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































