काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































