काठमाडौँ, नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गर्नुभएको छ ।हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ आज हङकङतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । उहाँ गत फागुन १३ गते सिङगापुर प्रस्थान गर्नुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)




























































































































































