दमौली (तनहुँ), बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण गरिएको छ । समुदायमा आधारित पुनःस्थापना कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण गरिएको हो ।
गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख कविता पौडेलले पालिकाका छवटै वडाबाट एक÷एक जना गरी छ जना लाभग्राहीलाई प्रतिव्यक्ति नगद रु १० हजारका दरले बीउ पुँजी प्रदान गरिएको जानकारी दिनुभयो ।
बीउ पुँजी प्राप्त गर्ने लाभग्राहीहरूमा बन्दीपुर गाउँपालिका–१ का अभिषेक खड्का, २ का डेबु कार्की, ३ का पहलसिंह नेपाली, ४ का हिराबहादुर थापा, ५ का प्रेमबहादुर गुरुङ र ६ का सविना थापा रहनुभएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बीउ पुँजी सानो भए पनि आयआर्जनमूलक कार्य सुरु गर्न प्रोत्साहनका लागि सहयोग गरिएको बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)




























































































































































