विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली

काठमाडौँ,  गत शुक्रबार, आकाश अचानक बदली देखियो । घरका छाना नै उठाउने गरी हावा हुरी बेस्सरी चल्यो । चैत महिनाको मौसम पनि चिसो थियो । मुलुकको अधिकांश स्थानमा चट्याङसहितको असिना पानी पर्‍यो । त्यसको दुई दिनअघि मात्रै जल तथा मौसम विज्ञान विभागले ठूलो हावाहुरीसहित वर्षा हुने पूर्वानुमान सार्वजनिक गरिसकेको थियो ।

 

 

 

यो पूर्वसूचना औपचारिक जानकारी मात्र बनेन, व्यावहारिक रूपमा प्रभावकारी सावधानीको माध्यम बन्यो । विभागको सूचनापछि विद्यालयले तुरुन्तै चासो देखाए । कक्षाकोठामा रहेका बालबालिकाहरूलाई समय अगावै घर पठाइयो । अभिभावकहरू सजग बने । कसैले छाता बोके, कसैले आफ्ना छोराछोरी लिन आफैँ विद्यालय पुगे । कार्यालय हिँडेका मानिसहरू साथमा रेनकोट बोकेर निस्किए । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणले देखाएको तत्परताले ठूलो दुर्घटना टार्न मद्दत गर्‍यो ।

 

 

 

पूर्वसूचनाकै आधारमा अनावश्यक रूपमा बाहिर ननिस्किने, यात्रा स्थगित गर्ने र सुरक्षित स्थानमा बस्ने निर्णयहरू भए । यसले ठूलो जोखिम न्यूनीकरण गर्‍यो । हावाहुरी सुरु भएसँगै विभिन्न स्थानमा बिजुलीका पोल ढल्ने, रुखहरू भाँचिनेजस्ता घटनाहरू भने भए । कतिपय ठाउँमा विद्युत् सेवा अवरुद्ध पनि भयो । तर, यस्ता घटनाका बाबजुद मानवीय तथा ठूलो भौतिक क्षति हुन पाएन । यस घटनाले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ । समयमै प्राप्त हुने विश्वसनीय पूर्वसूचना र त्यसप्रति नागरिक तथा संस्थागत तहको जिम्मेवार प्रतिक्रिया भएमा ठूलो विपद्को असरलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।

 

 

 

जल तथा मौसम विज्ञान विभागले गत असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी गर्‍यो । त्यसपछि अन्य अन्तरसरकारी निकायहरूले विभागको सूचनालाई अनुसरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन केही दिनसम्म रोक्ने निर्णय गर्‍यो । उक्त निर्णयले यसपटक बाढीपहिरोका कारण सडक यात्रीहरूको ज्यान जान पाएन ।

 

 

 

विसं २०८१ असोजमा झ्याप्ले खोलामा आएको पहिरोका कारण यात्रुबाहक बस नै पुरिँदा ३५ भन्दा बढीको ज्यान गएको थियो । रातिको समयमा पहिरो खस्दा बुटवलबाट काठमाडौँका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस, गोरखाबाट काठमाडौँका लागि हिँडेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौँका लागि हिँडेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस पहिरोले पुरिएको अवस्थामा भेटिएको थियो ।

 

 

 

त्यस वर्ष मौसम विभागले अति भारी वर्षा हुने र सकेसम्म यात्रा नगर्न आग्रह गर्दै पूर्वसूचना जारी गरेर सचेत गराएको थियो । तर विभागको सूचनालाई अन्य सरकारी संयन्त्रले नै विश्वास गरेन । सूचनाको बेवास्ता गर्‍यो । न यात्रुहरूले पत्याए, न सवारीधनीहरूले सूचनाको विश्वास गरेर केही दिन सवारी साधन बन्द गर्न सके ।

 

 

 

गत असार २४ गते रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता र सात जनाको मृत्यु भयो । विभागका बाढीविद् विनोद पराजुलीका अनुसार सुप्राग्लेशियर ताल फुट्दा आएको उक्त बाढीको पूर्वसूचना प्रणाली भएको भए अकालमै सर्वसाधारणको ज्यान जाने थिएन । “रसुवा भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी पूर्वसूचना पाएको भए अकालमै कसैले मृत्यु व्यहोर्नुपर्ने थिएन”, उहाँ भन्नुहुन्छ ।

 

 

“राडार र बब्लर सेन्सर नदीको आसपासमा जडान गरिएको हुन्छ, पानीको सतह घटबढ भएको सूचना हाम्रो डाटा लगरमा सङ्कलित हुन्छ र कम्युनिकेशन मोडेलबाट हाम्रो वेबसाइटमा सूचना आउँछ”, बाढीविद् पराजुली भन्नुहुन्छ, “बाढी आउने सम्भावनालाई विश्लेषण गरेर जिल्ला प्रशासन कार्यालय, प्रहरी, सेना, रेडक्रस, प्रभावित हुन सक्ने समुदायका स्थानीय विपद् व्यवस्थापन समिति तथा प्रतिनिधिहरूलाई सूचना सम्प्रेषण गर्छौँ ।”

 

 

 

कहिलेकसो स्थानीय बासिन्दाले बाढीको पूर्वसूचना पाएर बाढी आउने भू–भागतिर नै भाग्ने गरेको बताउनुहुन्छ पराजुली । “जता–जता बाढी आउँछ, उतै–उतै स्थानीय नजाउन् भन्नका लागि हामी पहिल्यै नै तालिम, गोष्ठी तथा समुदाय तहमा गएर जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “विगतलाई फर्केर हेर्दा नेपालमा बाढी नआएको कुनै वर्ष नै छैन । गत वर्ष पनि तराईका केही भूभागहरू बाढीको चपेटामा परे, तर राडार र बब्लर सेन्सर जडान भएको ठाउँमा कुनै मानवीय क्षति हुन सकेन ।”

 

 

 

आजभन्दा १० वर्षअघि वर्षात्को समयमा आकाशबाट परेको अविरल वर्षासँगै कर्णाली नदीमा ठूलो बाढी आयो । बाढीसँगै बर्दियाको राजापुरको अस्तित्व नै बगाइदियो । ६० घर बाढीसँगै बगेर गए । तर ठूलो बाढी आएर पनि त्यहाँका मानिसलाई बगाउन पाएन । धनको क्षति भयो, तर मानवीय क्षति हुन सकेन । सरकारी तबरबाट स्थापना भएका बाढी पूर्वसूचना केन्द्र र प्रणालीले नै त्यहाँका मानिसलाई जोगाएको बताउनुहुन्छ बाढीविद् पराजुली । ती पूर्वसूचना केन्द्र र प्रणाली स्थापना नभएको भए बाढीको चपेटामा परेर अकालमै ज्यान गुमाउनेको सङ्ख्या सयौं नाघ्न सक्थ्यो ।

 

 

 

करिब १० वर्षअघि नै भेरी नदीमा ठूलो बाढी आयो । त्यो बाढीले सुर्खेतको जामु भन्ने बजार नै बगायो । हेर्दाहेर्दै मरुभूमिमा परिणत भयो त्यो बजार । करिब २६ जनाले अकालमै ज्यान गुमाए । कयौँ टुहुरा त कयौँ अपाङ्ग भए । घरवारविहीन त भए नै, तर आफन्त गुमाउनुको पीडा अझै ताजा नै छ त्यहाँका बासिन्दाका लागि ।

 

 

अब प्रश्न उठ्न सक्छ, बर्दियामा घर बगायो तर मानिस क्षति भएन र सुर्खेतमा मानवीय क्षति भयो । बर्दियामा बाढी आउँदैछ भनेर सर्वसाधारणलाई सुसूचित गर्ने पूर्वसूचना केन्द्र र प्रणाली जडान गरिएको थियो । बाढीको पूर्वसूचनाकै कारण स्थानीयहरू सुरक्षित क्षेत्रमा सर्न सके । आफ्नो महत्त्वपूर्ण धनमालको संरक्षण गर्न सफल भए, बाढी आउनु अगावै । तर सुर्खेतमा पूर्वसूचना दिने प्रविधि जडान गरिएको थिएन । बर्दियामा झैँ बाढी आउँदैछ भन्ने पूर्वसूचना पाउन सकेको भए सुर्खेतमा २६ जनाले ज्यान गुमाउनु पर्दैनथ्यो ।

 

 

 

विसं २०७१ मा नै बबई नदीमा चार पटक बाढी आएको थियो । त्यहाँ बाढीसम्बन्धी पूर्वसूचना दिने प्रविधि जडान गरिएको थियो । त्यसकारण नदी आसपासका क्षेत्रमा बसोबास गर्ने मानिस बाढी आउनुअगावै सुरक्षित क्षेत्रमा सरेका थिए । सुरक्षित ठाउँमा गएका कारण त्यहाँ मानवीय क्षति हुन पाएन ।

 

 

आजभन्दा २० वर्षअघि बाढीको पूर्वसूचना दिने नयाँ–नयाँ प्रविधिको विकास हुन सकेको थिएन । त्यतिबेला सर्वसाधारणले जमिनभित्रका जीवजन्तुबाट पनि अड्कलबाजी लगाउँथे । अब ठूलो पानी पर्न सक्छ र नदीमा बाढी आउन सक्छ भनेर जमिनका सर्प, भ्यागुता, गड्यौला बाहिर निस्कन्थे । अनि सर्वसाधारणले अनुमान लगाउने गर्थे—बाढी आउन सक्छ भनेर । तर यो अनुमान कहिले मिल्थ्यो, कहिले मिल्दैनथ्यो ।

 

 

समय परिवर्तनसँगै बाढी कतिबेला आउँला भनेर हेर्नकै लागि अग्ला टावरहरू बनाइयो । टावरमा चढेर उपल्लो भेगका मानिसहरू नदीमा हेरेर बस्थे । अनि ठूलो पानी परेर खोलाको सतह बढ्यो भने तल्लो भेगका मानिसलाई चिच्याएर खबर पठाउने प्रयास गरिन्थ्यो । त्यो पनि भरपर्दो हुन सकेन । बाढी आएपछि तल्लो भेगका मानिसलाई सूचना पुर्‍याउन समय लाग्थ्यो । अनि सर्वसाधारण भाग्न भ्याउँदैनथे । सन् २००८ अघिसम्म मानव–स्वचालित स्टाफगेज (जल सतह मापनयन्त्र) को प्रयोग गर्न थालियो । त्यतिबेला स्टाफगेज हेरेर नदीमा पानीको सतह कतिसम्म पुगेको छ र बाढी आउने सम्भावना छ कि छैन भनेर पत्ता लगाउने गर्थे । बाढी आउने भए स्थानीय प्रतिनिधिहरूलाई आवासेटमार्फत खबर पुर्‍याइन्थ्यो । बाढी आउने सम्भावित क्षेत्रका मानिसका लागि यो प्रविधि पनि छिटो र छरितो बन्न सकेन ।

 

 

 

पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिको रूपमा सन् २००० मै विश्वका विकसित देशहरूले राडार र प्रेसर बब्लर सेन्सरको प्रयोग गर्न थालेका थिए । सन् २००५ मा जापानमा भएको संयुक्त राष्ट्रसङ्घको सम्मेलनले बाढी प्रभावित देशहरूलाई बाढीको पूर्वसूचना प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न राडार र बब्लर सेन्सरको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा यो प्रविधिको प्रयोग हुन थालेको हो ।

 

 

मौसम विभागले मौसमजन्य विपद्बाट हुने मानवीय क्षति कम गर्न समयमै पूर्वसूचना प्रवाहमा सक्रियता बढाएको जनाएको छ । विभागका निमित्त महानिर्देशक डा अर्चना श्रेष्ठले विश्वसनीय र समयमै सूचना प्रवाहले जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

 

 

 

उहाँका अनुसार जल तथा मौसमको नियमित अवलोकनले पृथ्वीको पानी सञ्चालन प्रक्रिया र वायुमण्डलबीचको अन्तरसम्बन्ध बुझ्न महत्त्वपूर्ण भूमिका खेल्छ । “यसअन्तर्गत वर्षा, तापक्रम, आद्र्रता, हावाको गति तथा दिशा, नदीको बहावलगायत सूचकहरूको मापन गरिन्छ”, श्रेष्ठले भन्नुभयो, “यस्ता अवलोकनका आधारमा मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वचेतावनी प्रणाली सञ्चालन गरिँदै आएको छ । यसले विशेषगरी मनसुनजन्य विपद् व्यवस्थापनमा प्रभावकारी सहयोग पुर्‍याइरहेको छ ।”

 

 

जल तथा मौसम विज्ञान नीति २०८१ ले जल, मौसम, जलवायु तथा हिमसम्बन्धी मापन केन्द्र स्थापना, सञ्चालन, तथ्याङ्क तथा सूचना सङ्कलन, सम्प्रेषण, प्रशोधन, विश्लेशनलगायत नवीनतम प्रविधिको व्यवस्थित प्रयोग गरिने नीति लिएको छ । श्रेष्ठका अनुसार देशभर सञ्चालित ५०० बढी मौसम मापन केन्द्रहरू, २०० बढी जलमापन केन्द्रहरू, थिग्रेनी मापन केन्द्रहरू, हिम केन्द्रहरू, हवाई मौसम मापन केन्द्रहरू, तीन वटा मौसम राडार केन्द्रहरू तथा एक रेडियोसोंड केन्द्रहरूको सञ्चालनमार्फत जल तथा मौसम अवलोकनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

 

 

 

पूर्वसूचना प्रणालीलाई अझै वैज्ञानिक बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले पूर्वसूचना प्रणालीलाई अझै वैज्ञानिक, प्रभावकारी र पहुँचयोग्य बनाउने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री सिन्हाले विपद् जोखिम न्यूनीकरणका लागि समयमै सूचना प्रवाह मात्र पर्याप्त नभई त्यसको प्रभावकारी सञ्चार उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

 

उहाँले स्थानीय भाषामा सूचना प्रवाह गर्न सके मात्र समुदाय तहसम्म सचेतना विस्तार हुने बताउँदै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको औँल्याउनुभयो । “पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन स्थानीयस्तरमा बुझ्निे भाषामा जानकारी दिनु जरुरी छ”, उहाँले भन्नुभयो ।

 

 

 

मन्त्री सिन्हाले अनुसन्धान तथा नयाँ प्रविधिको विकास र प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै यस क्षेत्रमा लगानी वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । विपद् व्यवस्थापन र पूर्वसूचना प्रणाली सुदृढीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ छ ।

 

 

पहिरोसम्बन्धी पूर्वसूचनाको पनि आवश्यकता

बाढीसम्बन्धी पूर्वसूचनाका कारण जनधनको क्षति कम हुँदै आए पनि नेपालमा पहिरोसम्बन्धी पूर्वसूचनाको विकास पर्याप्त हुन सकेको छैन । विज्ञहरूले पहिरोसम्बन्धी पूर्वसूचनाको विकास जरुरी रहेको औँल्याएका छन् । भूगर्भविद् डा सुवोध ढकालले पहिरोसम्बन्धी पूर्वसूचना विकास हुन सकेमा मनसुनजन्य विपद्बाट हुने क्षति कम गर्न सकिने बताउनुभयो ।

 

 

“बाढीको हकमा कहिले पानी पर्छ, कुन खोलाको पानीको सतह बढ्दै छ भन्ने कुरा जानकारी दिइन्छ, यसले क्षति कम गराएको छ”, उहाँले भन्नुभयो, “तर पहिरोमा गाह्रो के हुन्छ भने जमिन कहाँतिर बग्दै छ भन्ने बुझ्न पानीको सतह हेर्नुपर्ने हुन्छ । जमिनभित्र पानीको मात्रा पर्याप्त भएर बाहिर आयो भने पहिरो जान सक्छ भनेर अनुमान गर्न सकिन्छ । यसका लागि पहिरोसम्बन्धी पूर्वसूचनामा लगानी आवश्यक छ ।”प्रगति ढकाल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सेती र कर्णाली नदीमा जलयात्रा उत्सव

गोदावरी (कैलाली), सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा महोत्सव आजदेखि सुरु भएको छ ।प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीका अनुसार डोटीको दिपायलस्थित सेती नदीबाट सुरु भएको उक्त जलयात्रा सेती नदी हुँदै कर्णाली नदीको...

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाग्मती,  बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।  घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्याय माग्दै पीडितहरु महिला आयोगमा

काठमाडौँ, हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् ।‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ नाराका साथ पीडित पक्षले महिला...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर,  कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ ।  कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि  ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९