काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उहाँले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताउनुभयो । उहाँले विगतको संसदीय अनुभवलाई आफ्नो कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)

























































































































































