कैलाली । कैलालीको बौनियामा बौनिया जेसीजका पूर्व अध्यक्षहरुको भेलाले संस्था व्यवस्थापन, दीर्घकालीन योजना, आर्थिक पारदर्शिता र नीति–नियमको अनुगमनको लागि बोर्ड अफ ट्रस्ट गठन गरेको छ।
बोर्डले बौनिया जेसीजको विधान सुधार, आर्थिक कोष वृद्धि, दर्शन समग्र, नेतृत्व सुधार, रणनीति, भौतिक र सम्पत्ति संरक्षण, संस्थागत मापदण्ड र कार्यसमितिको समीक्षा तथा निगरानीको जिम्मेवारी पाउने छ। यसले आगामी ५–१० वर्षका लागि रोडम्याप तयार गर्ने र आर्थिक विवादको नियमनमा समेत ध्यान दिने जनाएको छ।
भेलाले संस्थापक अध्यक्ष जेसी लिला जंग शाहीको अध्यक्षतामा आगामी तीन वर्षका लागि १२ सदस्यीय कार्यसमिति गठन गरेको छ।
उपाध्यक्ष: २०१४ का अध्यक्ष जेसी भुमि प्रकाश बम
सचिव: २०१५ का अध्यक्ष जेसी गणेश प्रसाद भट्ट
कोषाध्यक्ष: २०१६ का अध्यक्ष जेसी शिव राज कुँवर
अन्य सदस्यहरूमा २०१७–२०२४ सम्मका अध्यक्षहरू रहेका छन्:
२०१७ – कृष्ण बिष्ट
२०१८ – जनक बिष्ट
२०१९ – धिरज शाही
२०२० – केशव शाही
२०२१ – गणेश प्रसाद जोशी
२०२२ – कृष्ण प्रसाद ओझा
२०२३ – चक्रबहादुर शाही
२०२४ – वीर बहादुर बिष्ट
बौनिया जेसीज २०११ मा टिकापुर जेसीजको मातृत्वमा स्थापना भएको हो।




















































































































































