पर्साबाट १२ किलो चरेशसहित व्यक्ति नियन्त्रणमा

पर्सा । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाईकलसहित एक जनालाई  नियन्त्रणमा लिएको छ ।

 

भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ बर्षिय कुञ्जन कुमार महतोलाई साउन  १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो ।बीआर २२ एबी १२९२ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ के.जी. चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाईल सेट सहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१