आलेखः स्वदेशमै पौरख गर्ने हुटहुटीले लाहाखेती

झापा ।    भारतको लाहा कारखानामा सात वर्ष रोजगारी गरेपछि गौरादह नगरपालिका–२ का डम्बर विश्वकर्मालाई आफ्नै देशमा यस्तै उद्यम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो । त्यही चाहनाले २०७५ सालमा विश्वकर्माले स्वदेशमा नै पौरख गर्ने सोचका साथ गौरादह–९ मा अढाई बिगाहा जग्गा भाडामा लिएर लाहाखेती सुरु गर्नुभयो । हाल उहाँले खेती विस्तार गरेर पाँच बिगाहा पु¥याएसँगै निर्मल चप्रा उद्योग सञ्चालन गरिरहनुभएको छ । सरकारी कागजपत्र सिलबन्दी गर्नुपर्दा होस् या घरेलु हातहतियारको बिँड लगाउन नै किन नहोस्, लाहा नभई हुँदैन ।

 

परम्परागत काममा मात्र नभएर फर्निचरको रङरोगन, सुनका गहना निर्माण, जुत्ताको पोलिसलगायतका काममा लाहाको प्रयोग हुँदै आएको छ । नेपालमा परम्परागत रुपमा पहाडी भागमा कतैकतै सानो मात्रामा लाहाखेती हुँदै आए तापनि व्यावसायिक रुपमा लाहाखेती सुरु गरेको श्रेय ६० वर्षीय विश्वकर्माले नै पाउँदै आउनुभएको छ । “खेती सुरु गर्दा छिमेकीले पनि पत्याएनन्,” उहाँ लाहाखेती भित्र्याउँदाको अनुभव सुनाउँदै भन्नुहुन्छ, “रूखमा फल्छ कि जरामा भनेर मेरो खिल्ली उडाउनेहरु पनि थिए । अरू खेतीपाती गर्न छाडेर बेकारमा लाहाखेती गरेको भनेर मलाई सम्झाउनेहरु अहिलेको प्रगति देखेर अचम्म मान्छन् ।” लाहा एक प्रकारको परजीवी किरा हो । यसले बयर, खयर, पिपल, सेमियलता, रहर, किम्बुलगायतका विभिन्न प्रजातिका बोटबिरुवाको हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्दछ ।

 

 

जीवन चक्र पूरा गर्ने क्रममा कच्चा लाहा उत्पादन हुन्छ । विश्वकर्माले सेमियलता नामको बिरुवामा लाहा उत्पादन गर्दै आउनुभएको छ । विश्वकर्माको बैगुनधुरास्थित लाहाखेती टाढाबाट हेर्दा उखुखेती जस्तै देखिन्छ । बाक्लै बिरुवाहरु झाँगिएका छन् । तर खेतीमै पुगेर नियालेर हेर्यो भने हरेक बोटमा लाहाको किरा सलबलाएको प्रस्टै देख्न सकिन्छ । “रोजगारीका क्रममा भारतको लाहा कारखानामा लामो समय काम गरेँ,” उहाँ भन्नुहुन्छ, “लाहाखेती कसरी हुन्छ, कारखानामा प्रशोधन कसरी हुन्छ भन्ने सिकेपछि मलाई आफ्नै देशमा लाहाखेती गर्ने रहर जाग्यो ।

 

 

” नेपालमा पहिलो व्यावसायिक लाहाखेती सुरु गर्नुभएको विश्वकर्माले वार्षिक आठदेखि १० हजार किलोग्राम कुसुम लाहा उत्पादन गर्दै आउनुभएको छ । यो उत्पादन स्थानीय बजारमा नै खपत हुने गरेको उहाँले बताउनुभयो । उहाँले रु २० लाखको प्रारम्भिक लगानीमा निर्मल चप्रा उद्योग स्थापना गर्नुभएको थियो । हाल उद्योगले दैनिक ३५ केजी प्रशोधित लाहा उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादनले स्थानीय माग नै धान्न नसकेको अवस्था छ । उद्योगमा सात जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् । डिभिजन वन कार्यालय झापाले स्थापनाकालमा उद्योगलाई रु चार लाख अनुदान दिएको थियो । उहाँले आफू मात्र होइन, झापा र जिल्लाबाहिर धनकुटा, भोजपुर, तेह्रथुमलगायत किसानलाई लाहाखेतीसम्बन्धी प्रशिक्षण दिएर लाहाखेतीको विस्तारमा योगदान पु¥याइरहनुभएको छ ।

 

 

 

हाल झापाको बाहुनडाँगी क्षेत्रमा खेती विस्तार भइरहेको छ । पाँचपोखरी र नवज्योति सामुदायिक वनले व्यावसायिक लाहाखेतीप्रति सुरु गरेका छन् । रङ्गीन र कुसुम गरी दुई किसिमको लाहाखेती हुने गरेको छ । विश्वकर्माले उत्पादन गर्दै आएको कुसुम लाहा बजारमा प्रतिकेजी रु एक हजार मूल्यमा बिक्री हुँदै आएको छ । रङ्गीन लाहा प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ । लाहाखेती हुनुभन्दा पहिले नेपालीहरु भारतमा पूर्ण रुपमा निर्भर थिए । तर अहिले झापा, भोजपुर, तेह्रथुमलगायत जिल्लामा यसको खेती हुन थालेपछि लाहामा अब आत्मनिर्भरतातर्फको यात्रा सुरु भएको छ । नेपालमा बर्सेनि रु २० करोडभन्दा बढी मूल्यको लाहा आयात हुँदै आएको छ । लाहाखेती र यसको विषयमा भन्सार र प्रहरीको को अनभिज्ञताका कारण गत वर्ष भारतबाट यसको बीउ आयात गर्दा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो । “बीउका लागि अहिले पनि भारतमा निर्भर हुनु परेको छ,” उहाँले सुनाउनुभयो, “गत वर्ष छ क्विन्टल लाहाको बीउ ल्याएको थिएँ । भन्सारले पाँच दिनसम्म रोकेर राखिदियो । जबकि ४८ घण्टाभित्र बीउ रूखको हाँगामा लगेर सारिसकेको हुनुपर्छ ।

 

 

 

भन्सारमा नै लाहा किरा मरे । भन्सारले यस्तो सामानको क्वारेन्टिइन सूची नभएको बताएको थियो ।” तराईको १५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको पानी नजम्ने भूभागमा लाहाखेती फस्टाउने उहाँले बताउनुभयो । पछिल्लो समय भारतबाट बीउ आयातमा सकस भएका कारण नेपालमा लाहाखेतीका निम्ति चुनौती थपिएको उहाँको भनाइ छ । बाँके, बर्दिया, हेटौँडा, पोखरालगायतका स्थानबाट कुसुम लाहाखेती अवलोकन गर्न मानिसहरु गौरादह आउने गरेका छन् । विश्वकर्माले नयाँ किसानलाई तालिम दिन सक्ने आफ्नो क्षमता भए पनि लाहाखेतीको विस्तार र रोजगारी सिर्जनाका लागि कसैले रुचि नदेखाएको बताउनुभयो । झापामा खोलाको बगरहरुमा बयरका बोट लगाएर लाहाखेती गर्न सकिने उहाँले सम्भावना व्यक्त गर्नुभएको छ । कनकाई, बिरिङ, निन्दा, मेची, रतुवालगायतका नदीको फराकिलो बगरमा बोटबिरुवा हुर्काएर लाहाखेती गर्न सकिने उहाँको भनाइ छ ।

 

 

 

सामुदायिक वन र प्राकृतिक वन क्षेत्रको खाली स्थानमा समेत लाहाखेतीको सम्भावना छ । स्थानीय तहले आफ्नो क्षेत्रमा यसका लागि सक्रियता देखाउने हो भने नेपाल लाहामा आत्मनिर्भर बन्न सक्छ । लाहा वर्षमा दुई याममा उत्पादन हुने गरेको छ । पहिलो याम असार र साउन भएको जनाउँदै उहाँले दोस्रो याम मङ्सिर र पुस रहेको बताउनुभयो । एकपटक लगाएको लाहाले धेरै वर्षसम्म उत्पादन दिइरहने भएकाले रोजगारीका लागि यसको खेती लाभदायक हुने उहाँ बताउनुहुन्छ । झापा र भोजपुरमा डिभिजन वन कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा विष्णुलाल घिमिरेले लाहाखेतीतर्फ स्थानीय समुदाय र सामुदायिक वनलाई प्रोत्साहित गर्नुभएको थियो । लाहाखेती गर्न इच्छुकहरुका लागि डिभिजन वन कार्यालयले अनुदान सहयोगसमेत दिने गरेको थियो ।

 

 

 

खेतीको विस्तार गरेर नेपाललाई लाहाका लागि आत्मनिर्भर बनाउने अभियानको खाँचो रहेको जनाउँदै घिमिरेले कोशी प्रदेशको चतराको फराकिलो बगरदेखि राजमार्ग उत्तर र साबिक मेची अञ्चलको जिल्लाहरुमा यसको खेती फस्टाउने बताउनुभयो । रुखो र पाखो भन्दै जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै समुदायलाई लाहाखेतीमा आकर्षित गर्नसके मुलुकको बेरोजगारी घटाउन सफलता मिल्ने उहाँको धारणा छ । मधेसको शिरिष, वडहर, कुसुम, खयर, बयरलगायतका कोमल बोक्रा भएका बोटबिरुवामा लाहाको खेती राम्रो हुने उहाँ बताउनुहुन्छ । लाहाको पोथी कीराले निकाल्ने र्याल जस्तो चोपबाट लाहा उत्पादन हुन्छ । मोरङको लेटाङमा खेती विस्तार मोरङ जिल्लामा लाहाखेती विस्तार हुन थालेको छ ।

 

 

 

मोरङको लेटाङ–८ लालझोडास्थित लालहिरा सामुदायिक वनमा लाहाको व्यावसायिक खेती सुरु गरिएको छ । तराईका सामुदायिक वन र बाँझो रहेका बगर खेतहरुमा लाहाखेती विस्तार गर्नसके रोजगारी र आम्दानी बढ्ने सम्भावना देखिएको छ । केही सामुदायिक वनले यसको महत्व बुझ्दै गएका कारण लाहाखेतीमा हात हाल्न थालेका छन् । सामुदायिक वनको आयवृद्धि गर्ने उद्देश्यले दुई वर्षदेखि लाहाखेती भइरहेको लालहिरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नेत्रकुमार राईले बताउनुभयो । उहाँले वनभित्रको दुई बिगाहा जग्गामा सेमियलताका पाँच हजार बिरुवा हुर्काइएको र त्यसमा लाहाका किरा सारिएको जानकारी दिनुभयो । “कम लागतमा बढी आयआर्जन गर्न सकिन्छ भनेर लाहाखेती गरेका हौँ,” उहाँले भन्नुभयो । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९