विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

काठमाडौँ, श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो ।

 

 

 

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिन सम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्य सम्म गीतको ध्वनि गुञ्जिरहन्छ । पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलाशयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा समेत गीत गाइन्छ ।

 

 

 

 

कात्तिक महिनाको चौथीेखि बर्तालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ । पहिलो दिनअर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा बर्तालुहरूले खोला, नाला, नदी, पोखरी र तलावलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् ।

 

 

 

यो दिनलाई बर्तालुहरूले आँखा पनि भन्ने गरिन्छ । पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन बर्तालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रूपमा विशेषगरी पाकेको केरा र खीरलाई लिन्छ ।

 

 

 

 

त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदय पछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामाग्री तयार पर्दा विशेष चनाखो हुन्छन् ।

 

 

 

 

पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरूले श्रद्धापूर्वक गीत गाउने गर्छिन् । केरवा ज फरल घउरस वोपर सुगा मडराय, मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय । छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न ।

 

 

 

छठ मातालाई चढाउने केरा सुगाले नखाउन भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

 

 

यस अवसरमा बर्तालु महिलाहरूले श्रद्धापूर्वक गाउने गर्छिन्– हातबा मे फूलवा के डलिया, छठ पूजन जाय । छठी मैया होइब सहाय, छठ पूजन जाय ।। (अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामी माथि विशेष कृपा बनाइराख्नु होला) यस पर्वमा चढाइने वस्तुहरू पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोटसमेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री ।

 

 

 

यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै यस पर्वले सिकाउँछ । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् ।

 

 

 

त्यसपछि व्रतीले सन्ध्याकालीनअर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरूप अघ्र्य दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षेता फूल हालेर अन्य अघ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ ।

 

 

 

 

यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अघ्र्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ ।

 

 

 

प्रातःकालीन अघ्यमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि हुन्छ । महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको बिराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

 

 

 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

 

 

 

 

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्ति बिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

 

 

 

 

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन् । तराईवासीहरूको महान् चाड छठपर्व पछिल्लो दिनमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख भएको छ ।

 

 

 

यो महापर्व जहाँकहीँ पनि विश्वमा मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ । महापर्व छठले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् । यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणी जगत्का लागि आवश्यक छ । प्रकृतिप्रति आदर भावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नमा पनि यो पर्वको महत्वपूर्ण भूमिका छ ।

 

 

 

प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो, यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनुहुँदैन भन्ने सन्देश पनि यस पर्वले दिन्छ । जल नै जीवन हो भन्ने महत्वपूर्ण सन्देश दिने यो महापर्व दसैँजस्तै वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ ।

 

 

 

 

बिहान र बेलुकाको सूर्यको किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहित छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन । त्यसरी नै छठपर्वले पनि कसैलाई भेदभाव गर्दैन । सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । —

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिस्पर्धा गर्दै

झापा,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन झापा निर्वाचन क्षेत्र नं. ३ बाटे मनोनयन दर्ता गराउनुभएको छ । यसअघि पनि उहाँ यही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।   राप्रपा झापाका अध्यक्ष केशव ओझाका अनुसार राप्रपाले झापा–१ बाट हेमराज कार्की,२ बाट...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ,  स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु  र चाँदीको मूल्य आज पनि बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु (नवलपरासी),  यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।   “गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९