कैलाली,बौनियाँ । कैलालीको बर्दगोरी गाउँपालीकामा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालीकाको वडा नम्बर ३ का ४ जना महिलाको पिसी आर परिक्षण बिधिबाट गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको हो । पालीकाले गत साउन ५ गते १७ जनाको स्वाव संकलन गरी धनगढी प्रयोगशालामा पठाएको थियो । स्वाव संकलन गरेका १७ जनाको मध्य ४ जना महिलाको रिर्पोट पोजेटिम आएको मा १२ जनाको भने नेगेटिभ आएको बर्दगोरीया स्वास्थ्य शाखाका हेल्थ अस्टेशन युजिन कुस्मीले जानकारी हुन । कोरोना संक्रमण पुष्टी हुनेमा वडा नम्बर ३ का १८, २१, ३५, र ३८ वर्ष उमेरका महिला रहेका छन ।