पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर,  होटल सङ्घ नेपाल(हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ ।पर्यटन राजधानी पोखरासहित गण्डकी प्रदेश र नेपालको औद्योगिक सहरका रुपमा परिचित विराटनगरसहित कोशी प्रदेश आफैँमा धेरै पर्यटकीय सम्भावनायुक्त सहर भएको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय साझेदारीले दुवै सहरहरू लाभान्वित हुने बताए ।
होटल सङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पर्यटकीय साझेदारीबाट गण्डकी र कोशी दुवै प्रदेश लाभान्वित हुने बताउनुुभयो । गण्डकी प्रदेशसँगको पर्यटकीय साझेदारीकै लागि यसअघि प्रदेशका पर्यटनमन्त्री स्तरीय समिति गठनसँगै पर्यटन सम्बद्ध सङ्घसंस्थाबीच पनि महत्वपूर्ण प्रयासहरू भइसककेको बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुुपर्ने बताउनुुभयो ।
होटेल सङ्घ नेपाल कोशी प्रदेशका उपाध्यक्ष भवि श्रेष्ठले नेपालकै राम्रो सहर पोखराको माछापुुच्छे« र विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश कोशीबीच धेरै पर्यटकीय सम्भाव्यता रहेको बताउनुुभयो ।
पोखराको विन्ध्यवासिनीदेखि कोशीको बराहक्षेत्रलगायतका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकीय साझेदारीमार्फत ठूलो सङ्ख्यामा पर्यटक आदानप्रदान गर्न सकिने उहाँले जानकारी दिनुुभयो । होटेल सङ्घ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटनकै उद्देश्यका साथ विगत २५ वर्षयता नेपालका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै आफूहरू पर्यटकीय साझेदारीका लागि निरन्तर लागिरहेको बताउनुुभयो ।
यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा फेवा नववर्ष महोत्सव गर्न लागिएको बताउँदै उहाँले उक्त अवसरमा पोखराका होटलमा २५ प्रतिशत छुटसहितको प्याकेज रहेको जानकारी गराउनुुभयो ।
पोखराको होटल क्षेत्रमा मात्रै रु छ खर्ब बढी लगानी भइसकेको बताउँदै उहाँले यहाँ पर्यटकलाई लक्षित गरी बनाइएका एक हजार २०० को सङ्ख्याका होटलले दैनिक ४० हजार जनासम्म पर्यटकलाई सेवा दिन सक्ने जानकारी दिनुुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले हिमाल र ताललाई एक साथ अवलोकन गर्न पाइने पोखरा प्रकृतिप्रेमीका निम्ति उत्कृष्ट गन्तव्य भएको बताउनुुभयो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी र कोशीबीचको जनस्तरको पर्यटकीय सम्बन्ध र साझेदारीका माध्यमबाट दुवै प्रदेश लाभान्वित बन्ने बताउनुुभयो ।नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स कोशी प्रदेशका अध्यक्ष पुष्प भट्टराईले पर्यटकीय साझेदारीका माध्यमबाट पोखरा र विराटनगर दुवै क्षेत्र लाभान्वित हुने बताउनुुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९