नेपाल/पुस मसान्त देखि हाल सम्म कोरोना भाइरसका कारण देशभरका अधिकांस विद्यालयहरुको भौतिक उपस्थितिमा हुने कक्षा सञ्चालन बन्द भएका छन्,यसको विकल्प पछिल्लो समयमा भर्चुल कक्षा रहेको छ जुन चाहिँ सबैको पहुँचमा रहेको छैन,केही विद्यार्थीहरुले भर्चुल कक्षामा उपस्थिती हुन सकेता पनि देश भरका अधिकांस विद्यालयका विद्यार्थी साथीहरुले पढ्ने वातावरण पाई रहेकका छैनन् त्यस्तै गरी भर्चुल कक्षा मा सहभागी भए पनि नेटवर्क समस्या लगायत विविध को कारणले पढ्नु पर्ने कुरा बुझ्नु पर्ने कुरा पाई रहेको छैनन् त्यही माथि एक महत्वपूर्ण कुरा के छ भने विद्यालयले विद्यार्थीहरू बाट यस्तो महामारीको समयमा मासिक शुक्ल पनि पूरा लिने अनि भर्चुल कक्षा मा उपस्थिति हुँदा पनि विद्यार्थीहरुले एमबी लिनु पर्ने अथवा वाईफाईमा रिचार्ज गरेर पढ्नु पर्ने यसो यसलाई गहिरिएर हेर्ने हो भने विद्यार्थीहरुलाई जता बाट पनि मर्कामा पारेको देखिन्छ एकातिर विद्यालय मा मासिक पूरा शुल्क लिने अर्का तिर विद्यार्थीहरुले एमबि रिचार्जमा पैसा खर्च गर्ने यस्ता कुरालाई मध्यनजर न गरीकन भर्चुल कक्षा सञ्चालन गरेको र त्यही माथि मासिक शुल्क उठाएको कुरा सबैमा अवोगत नै छ,विद्यार्थी हरुको विचार बुझ्दा भर्चुल कक्षा सञ्चालन गर्दा मासिक शुल्कमा अलि घटाएर त्यस बाट विद्यार्थीहरुले मासिक भर्चुल कक्षा सञ्चालनका लागि केही रकम कटौती गर्दा हुन्थ्यो भन्ने छ, पछिल्लो समयमा हेर्ने हो भने हाम्रो देश नजिक को मुलक भारतका जुन विद्यालयमा अधिकांस विद्यार्थीहरुलाई खोप लगाई सकेको छ त्यस विद्यालयमा स्वस्थ्य मापदण्ड अपनाई भौतिक रूपमा कक्षा सञ्चालन भएको देखिन्छ यसबाट के प्रष्ट हुन्छ भने हाम्रो देश नेपालमा पनि जुन विद्यालयमा कोरोना भाइरस विरुद्ध मोडर्ना खोप लगाई सकेको छ त्यस विद्यालयमा स्वस्थ्य मापदण्ड अपनाई भौतिक रूपमा कक्षा सञ्चला गराई दिए हुन्थ्यो त्यस्तै गरी देश भरमा सम्पूर्ण विद्यालयका विद्यार्थीहरू मा अनिवार्य खोपको व्यवस्था गरेर खोप लगाई विद्यालय भौतिक रूपमा सञ्चालन गर्दा हुन्थ्यो,तसर्थ, अन्तिममा के भन्न चाहन्छु जति पनि पूर्ण रूपले खोप लगाई सकेका विद्यालयहरु छन् त्यस्ता विद्यालयमा स्वस्थ्य मापदण्ड अपनाई भौतिक रूपमा कक्षा सञ्चालन गरी विद्यार्थीको जीवनलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने बाटोमा जानु पर्ने छ जुन चाहिँ विद्यालय,शिक्षक,शिक्षिका तथा सम्पूर्ण विद्यार्थीहरुको महत्त्व पूर्ण भूमिका रहेको छ।




























































































































































