वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती,   पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका ९ वर्षीय रजनी वनकरिया विद्यालय जाँदैनथे । घरदेखि करिब ५०० मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय विताउँथे तर अहिले बिहान हुनेबित्तिकै झोलामा कपी–किताब बोकेर पढ्न विद्यालय जान थालेका छन् ।

 

कुनै बेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातका रुपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानव बस्तीमा सारेको थियो । जिल्ला वन कार्यालयले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर क्षेत्रफलमा रहेको उक्त बस्तीमा २४ घरपरिवार वनकरिया समुदायको वसोवास गराएको छ । त्यही ठाउँमा ती  जातिका मानिस करिब २० वर्षदेखि बन्दै आएका थिए ।

 

विसं २०७८ को जनगणनाअनुसार वनकरिया जातिको कुल जनसङ्ख्या १८० र मतृभाषा बोल्ने जनसङ्ख्या ८६ मात्र छ । वनकरिया जातिको नेपालको त्यो बस्तीमा मात्र बसोबास रहेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताउनुभयो । उक्त बस्तीमा हाल ४५ महिला र ४६ पुरुष गरी ९१ जना वनकरिया रहेको उहाँको भनाइ छ ।

 

केही वर्षअघिसम्मका फिरन्ते वनकरियाले अहिले खेतीपातीसँगैै कुखुरा, बाख्रा र भैँसी पालेका छन्भने कोही ज्याला मजदुरीको काम गर्छन् । आमा–बुबा खेतीपाती र पशुपालनमा व्यस्त हुँदा दिनभरि खेलेरै दिन बिताउँदै आएका सोही बस्तीका सात वर्षीय सौरभ वनकरियाको पनि अहिले दिनचर्या फेरिएको छ । रजनीसँगै सौरभ पनि अहिले घर नजिकैको चेपाङ आधारभूत विद्यालय जान थालेका छन् ।

 

रजनी र सौरभ मात्र होइन, पछिल्लो समय वनकरिया बस्तीका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । अहिले सो बस्तीका सात जना बालबालिका चेपाङ आधारभूत विद्यालयमा अध्ययनरत छन्भने चार जना श्रीपशुपतिनाथ माध्यमिक विद्यालय मसिने गोलघरमा अध्ययनरत रहेको सो बस्तीका अगुवा सन्तोषी वनकरियाले बताउनुभयो ।

 

‘‘म करिब १० वर्षको छँदा २०६३ सालमा पहिलोपटक विद्यालय पुगेकी थिएँ”, सन्तोषीले भन्नुभयो, ‘‘त्यति खेर मानिसहरु वनकरिया भनेर अचम्म मानेर हेर्थे, स्कुलमा सरहरु पनि देख्दा मलाई डर लाग्थ्यो, कहिल्यै त्यसरी अन्य समुदायका मान्छेहरुसँग संगत गरेको थिइन् ।” विस्तारै स्कुल सहज हुँदै गएको र २०७३ सालमा आफूले एसइई परीक्षा उत्तीर्ण गरेको उहाँले सुनाउनुभयो ।  त्यो भन्दा अघिल्लो वर्ष २०७२ सालमा सोही बस्तीका पम्फा वनकरियाले सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

 

पम्फा र सन्तोषीसँगै आरती वनकरिया, सम्झना वनकरिया, अनिल वनकरिया र विष्णुमाया वनकरिया गरी अहिलेसम्म सो बस्तीका छ जनाले एसइई उत्तीर्ण गरेका छन् । एसइई उत्तीर्ण गरेकामध्ये सन्तोषीले कक्षा १२ सरहको बाली विज्ञान (जिटिए) उत्तीर्ण गर्नुभएको छभने आरती, सम्झना, अनिल कक्षा १२ मा अध्ययनरत छन् । मकवानपुरको हेटौँडा बहुमुखी क्याम्पसमा अध्ययनरत आरती पत्रकारिता क्षेत्रमा पनि थोरै सक्रिय रहेको बताउनुहुन्छ ।

 

सो बस्तीका बालबालिकाहरुलाई लक्षित गरी मनहरी गाउँपालिका र केही संस्थाहरुले शैक्षिक अभियानअन्तर्गत बस्तीमै निःशुल्क ट्युसन कक्षा र विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएपछि विद्यालय जाने वनकरिया समुदायको बालबालिकाको सङ्ख्या बढ्दै गएको हो । विगतमा प्राथमिक तहको विद्यालय टाढा हँुदा वनकरिया बस्तीबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या थोरै थियो तर गाउँपालिकाले बस्ती नजिकै २०७९ सालमा चिसापानीबाट चेपाङ आधारभूत विद्यालय सारेपछि अहिले सो बस्तीबाट विद्यालय जाने विद्यार्थीको सङ्ख्या बढ्ेको आरती वनकरिया बताउनुहुन्छ ।

 

‘‘पहिला पहिला हाम्रो बस्तीका बालबालिकाहरु स्कुल टाढा छ भनेर विद्यालय नगई खेलेरै दिन बिताउने गरेका थिए तर बस्ती नजिकै स्कुल सारिएको र बस्तीमै निःशुल्क ट्युसन कक्षा सञ्चालन भएपछि बिस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्”, आरतीले भन्नुभयो, “केही वर्षअघिसम्म विद्यालयमा हाम्रो बस्तीका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ ।”

 

वनकरिया बस्तीका अभिभावकहरुले पनि शिक्षाको महत्व थाहा नभएका कारण आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउन चाहिरहेको थिएनन् । बिस्तारै अभिभावकहरुमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको बिकास भएको सन्तमाया वनकरिया बताउनुहुन्छ । “जङगलमा फिरन्ते जीवन बिताइरहँदा आफूहरुले पनि पढ्नुपर्छ भने थाहै थिएन्”, वनकरिया समाजका अध्यक्षसमेत रहनु भएका सन्तमायाले भन्नुभयो, “अहिले फरक संसारमा आएको महसुस भइरहेको छ ।”

 

वनकरिया समुदायको शिक्षाको अवस्थामा सुधार ल्याउन स्थानीय सरकारले वनकरिया बस्ती लक्षित शैक्षिक कार्यक्रम सञ्चालन गरिएको मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाले बताउनुभयो । “वनकरिया बस्तीका बालबालिकालाई विद्यालयमा भर्ना गराउने, बस्तीकै निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालय भर्ना भएका वनकरिया बस्तीका बालबालिकालाई शैक्षिक सामग्री र स्कुल झोला समेत उपलब्ध गराउँदै आएका छौँ ।” महिलाहरुका लागि प्रौढ शिक्षासमेत सञ्चालन गरिएको छ । बिस्तारै समाजमा घुलमिल हुँदै गएकाले वनकरिया समुदायमा चेतनाको विकास भएको छ ।राजु विश्वकर्मा / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौँ,  विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । यस शृङ्खलामा नेपाल र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९