बा! अब म सुध्रिन्छु

हरेक रात निदाउनु अघि सुस्केरा हाल्दै सपना देख्ने मेरो पुरानै बानी हो। सपना पनि कस्ता हुन् कस्ता, आफै अचम्ममा पर्थेँ। कतिबेला त आफ्नै सोच्ने क्षमता पो गज्जब लाग्थ्यो। धेरैजसो चाहिँ वहियात। बिहानै उठेर आँखा मिच्दै चिया पिउँदै गरेका बुवाको अघि बसेर सपना पूराण सुनाइहाल्थेँ। बुवा बढी काममा विश्वास गर्ने भएकोले मेरो सपनामा उहाँको मौन समर्थन हुन्थ्यो र समय सीमा तोकी दिनुहुन्थ्यो। म झसंग हुन्थेँ। सपना देख्नु र वर्णन गर्नु मेरो दिनचर्या जस्तै भइसकेको थियो।

मेरो सपना देख्ने क्षमता अझ सुदृढ हुँदै गयो तर काम भने कहिल्यै भएन। धेरै पटक आफ्नै सपनाले उत्तेजित भएको छु। बुवालाई बचन पनि दिएको छु र भनेको छु-बुबा म आफ्नो सपना पूरा गर्छु। सपना सुनाउनु मेरो र सुन्नु बुवाको नित्यकर्म जस्तै भएको छ। जति गफ दिए नि फुस्काउने र फुत्काउने बानी कहिल्यै भएन। म इमान्दारीका साथ सपना देख्ने र सपना पुराण सुनाउने सायद पहिलो व्यक्ति हुनुपर्छ। एकपटक मैले सुनाएका हजारौं सपनामा नपरेको एउटा सपना अकस्मात पूरा भयो। बुवाले सोध्नु भयो त्यो सपना सुनाउन त बिर्सिस् नि? म टोलाएँ। के भ को? नसोचेको पो पूराभ यो त! म सपना बमोजिम कार्यमा घोत्लिए। कार्यक्रम भइरहन्थे।

सायद म अलि बढी काममा खटिएको देखेर होला आयोजकले बढी शब्द खर्चन्थे र सहयोगको पासो थाप्थे। म उत्तेजित हुन्थेँ र पूरै महिनाको तलब सुम्पिदिन्थेँ। तरकारी किन्न थोरै पैसा दे न साँझ बुवाले भन्नुभयो। म केही बोलिनँ। फेरि सपना देख्न थालिस् कि क्या हो? पैसा छैन? तलब थापेको होइन? तँ कहिल्यै नसुध्रिने भै स भन्दै बुवा रिसाउनु भयो। आफू बिहान फेरि रिसाएका बुबालाई सपना कसरी सुनाउनु भन्ने चिन्ताले सुत्न सकिनँ। मेरो कमजोरी सबैले थाहा पाए। मेरो सपना सुन्न मान्छे हरेक साँझ भेला हुन थाले। म सपनाभन्दा अरुलाई बोल्न दिँदैनथे। बोल्यो कि पोल्यो। रिस उठीहाल्थ्यो। त्यत्रो मेहनत लगाएर देखेको सपना नसुने भन्ने जस्तो लाग्थ्यो। खैर केही छैन। मनमनै सोच्थेँ। सपना देख्नुपर्छ है चाहे बुवा रिसाए पनि।मेरो माग बढ्यो। सपना सुन्न होइन। सपनाको चर्चा गरेर खर्चा उठाउन। म हरेक कार्यक्रममा अतिथि बन्न थालेँ। खादा र ब्याच कोठाभरी झुन्डिएको देख्दा अझ सपना देखूँ-देखूँ जस्तो लाग्न थाल्यो।

सपना देख्नु ठिकै हो कि क्या हो? अकस्मात निम्तो आयो विद्यालयबाट। आफू पढेको विद्यालय किन नजानु? गएँ। बोल्ने पालो आयो। सपना सुनाई हालेँ। सपना मेरा कति हुन् कति! ताली परर बज्यो मानौं कि नेताले सपना सुनाइरहेको छ। श्रोता दंग परे भने म सपना पूरा गर्ने स्रोत के हो भनेर चिन्तामा। अन्त्यमा, यस विद्यालयका लागि मेरो यस महिनाको तलब सहयोग गर्ने घोषणा गर्दछु। ला! फेरि पूरै तलब पो भनेछु। बुवालाई सम्झेँ, आज तरकारी किन्न पैसा नमागे हुन्थ्यो। म रातो पिरो भएँ। ताली बजिरहेको थियो। मेरो मुख सुक्यो, थोरै पानी खाएँ। तलब काटियो विद्यालयको खातामा गयो। यता दशैँ खर्च कताबाट जोहो गर्नु भन्ने अर्को सपना देख्नु पर्ने भो। मलाई सय रुपैया दे न बुवा चियाको चुस्की लिएर जोरले कराउनु भयो। तलब त थापिस् नि? अब के भन्नु! यी बुढालाई तलब लिएकै दिन पैसा माग्नुपर्ने? रिस उठ्यो। दया नि लागेर आयो। किन चाहियो सय मात्रै? सुन्तलाको बोट किन्छु। किन, किन्नु पर्यो सुन्तला? म सित्तैमा ल्याइदिहाल्छु नि! लामो श्वास लिएँ।

अहिलेलाई त टर्यो। फेरि एक दुई दिनमा माग्ने पो हुन् कि? सपना सुनाउने काम अलि कम गरेँ। सुनायो कि बजेट कति छ भनेर बुवाले सोधीहाल्नु हुन्थ्यो। बजेटको कुरा गर्यो कि खादाले खाइदियो भन्ने सोच्थेँ। अब भएन, केही गर्नुपर्छ। राति सुतेँ। अब देखेको सपना पूरा गर्ने सपना देख्न थालेँ। बिहान नुहाएर बुवालाई फकाएँ। बुबा समय छ? के हो भन्न।बुवाको म प्रतिको धारणा सजिलै बुझिन्थ्यो। बा अब म सुध्रिन्छु।के गर्छस्? हैन म सहर जान्छु। एकैपटक ठूलो मान्छे बन्न। बन्छस् ठूलो मान्छे, सपने! बन्छु के साँच्चै! बुवाले आश्वस्त हुन खोज्नु भयो। पत्याउनु न प्लिज! बुढाले टाउको हल्लाएँ तर यताउति। टाउको तलमाथि हल्लाउनु पो खुसीको क्षण, नत्र तनाव मात्र। के गर्ने होला? सोचेँ यताको जागिर त सहयोग गर्नमा चैट! बुवाको सुन्तलाको बोट किन्ने योजना पहिलो महिनामै पूरा गर्नु पर्नेछ। के गर्नु, के नगर्नु भयो। तर बुवाले सहर जाने स्वीकृति दिनु भएन। गम्भीर भएर भन्नुभयो माटो छोड्नु हुन्न। पाप लाग्छ।

यहीं केही गर्नुपर्छ। बिहान यस्तै अर्ती उपदेश सुन्न पाइयो। आज त सपना पूराण सुनाउन पाइएन। ल ठिक छ। म काक्रो फलाउँछु आफ्नै माटोमा। तल्लाघरे पिलेले दुइटा म किन्छु भन्या छ। सानो छदा शरीरभरी फोका र पिला उठिरहने भएर सबैले उसलाई पिले भन्थे। मेरो सपना सुन्ने ठूलो फ्यान हो। उसको प्रेरणाले म सपना अझ बढी देख्ने भएँ। बा, तीन बोट काँक्रा किनेर ल्याउँछु। काँक्रा फलाउनु पर्छ र बेच्नुपर्छ। मेरा कुरा सुनेर बुबा हाँस्नु भयो। सायद म प्रति दया लागेर होला। जाबो तीन बोट, सोच्दा त अलि ब्रोड भएर सोच्। कस्तो दिमाग लिएर जन्मिस्।बुवाले भित्तामा पुग्ने गरी दिए। मलाई झनन रिस उठ्यो। माटो छोड्नु हुन्न पनि भन्ने। लौ माटो छोड्दिनँ, काक्रो रोप्छु भन्दा नि रिसाउने।

म पनि पड्किए। तपाईंले नि तीन बोट सुन्तला किन्छु भनेर सय रुपैयाँ माग्या हैन? मैले तीन बोट काक्रो भन्दा यस्तो बासीपूराण। भयो कतै जान्न। तैले कति सपना देखिस? कहिल्यै गन्या छस्? हजारौं पुग्यो होला। ती सपनाको हत्या गरेर पाप कमाउने मन छ? गफ दिएर हुन्न बाबु, पूरा गर्नुपर्छ। तैंले सुनाएको सपना बेसार पूराण हैन न कि कोरोना पूराण। तिम्रा सपना कम छैनन् तर हजारौं सपना देखेर पूरा गर्ने तिर सोच्नु पर्दैन? बुढाले एकहोरो दिएपछि चित्त बुझ्यो। आज आएर बुवाले घतलाग्दो कुरा गर्नु भो। सोचमग्न भएर ओछ्यानमा पल्टिएँ। सोचेँ, समाजसेवा गरियो। नराम्रो काम गरेको सायदै छैन। सपना पो धेरै देखेँ, नराम्रो काम त एउटा नि गरिनँ। बुवाले यसमा गर्व गर्नु पर्दैन? कखरा सिकाउँदा छोरा ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ भनेर सिकाएको मैले बिर्सेको छैन। त्यही बाटो नबिराएर होला ठूलो मान्छे नबने नि असल मान्छे बन्ने दौडमा पो छु कि? ठूला भए नि चरित्र खराब भएका मान्छेको घरको पानी खानु हुन्न भन्ने मन्त्र बुवा बेलाबेला सुनाउनुहुन्थ्यो। मनमा प्रश्न खेलिरह्यो। हुनसक्छ अझै बढी उत्तरदायी बनाउने खेल पो खेलीराछन् कि? मूल कुरा दिमागमा आयो।

हजारौं देखेका सपना जसरी नि पूरा गर्नुपर्छ है। मेरा सपनाको हत्या गर्दिनँ। तर कसरी एक्लैले सक्नु। सय वटा जति भएको भए सक्थेँ होला। बुवाले पहिल्यै यो कुरा किन भन्नु भएन? प्रश्नले पिरोल्यो, पोल्यो तर अलिकति भएपनि उर्जा थप्यो। सोचेँ, निष्कर्ष निकाले अब सपना एक्लै पूरा गर्न सकिन्न। मैले देखेका सपना देशका सपना हुन्। समाजका सपना हुन्। त्यसैले यी सपना बाँड्नु पर्छ मैले सबैलाई। यसरी सार्वजनिक सपनालाई व्यक्तिगत बनाउनु हुँदैन। यसले झन पीडा दिन्छ मलाई। नभन्दै सहर पस्ने योजना सुनाइ हालेँ। आमाले साथ दिदै भन्नुभयो-यसले अति गर्यो। सहर जान दिनु। जाबो तिन्टा काक्रा रोपेर के गर्छ? यताको तलब त कार्यक्रममा दान दिएर सकाएर आउँछ। ठूलो भइसक्यो। अब चेत आइसक्यो होला। आमाकै यी शब्दहरुले केही गर्नुपर्छ भन्ने भावना ममा उत्कट भएर आयो। बुवाले पनि आमासँग हार मान्नु भयो। अन्ततः आमाबुवाको आशिर्वाद शिरभरी बोकेर सहर पसेँ। बुवाको तीन वटा मिसकल आएको थाहा पाएनछु। कल ब्याक गरेँ। बुवा दर्शन! भाग्यमानी कस्तो छ यात्रा? ठिक छ। पहिलो सिट मै छु। कहाँ पुगिस? बाघढुंगा।

बुबा हाँस्दै भन्नुभयो-नागढुंगा होला। मलाइ के थाहा त पहिलोचोटि काठमाण्डु जादैछु। सँगै बसेको मान्छेलाई सोधेको बाघढुंगा भनेको सुनेँ। त्यो दाइलाई रुघाखोकी लागेर नाक ब्लक भा छ रेछ। नागढुंगा भनेको बाघढुंगा सुनेँछु। बुवाले साथीजस्तै मानेर मायालु स्वरमा थप्नुभयो- सपनामा नथप है अब, त्यती पूरा गरे भयो। के गर्ने के गर्ने सोच बनाइस्? बुवा म म्यासेजमा भन्छु। यसरी भन्न अलि गारो भैराछ। तर बुवाले माने पो! भन्न करै लाग्यो अनि भनेँ- बुवा, समाजमा जसले बढी योगदान गर्छ उसैले अपमान बेहोर्छ। राज्यले तिनीहरूको स्वर चिन्दैन। त्यही स्वर कर्कश लाग्छ। हो, अब मैले हजारौं सपना पूरा गर्ने त्यहीँ बाटो अगाल्ने निर्णय गरेँ। मेरा सपनाहरू सार्वजनिक बनाउने अठोट गरेँ। म शिक्षक बन्छु।

मेरो कुराले बुवालाई भावुक बनायो। बोल्न सक्नु भएन। हेलो, हेलो, बुवा। बुवाले उताबाट-समाजमा शिक्षकलाई त्यति राम्रो नजरले हेर्दैनन् नि बाबु भन्नुभयो। मैले जवाफ फर्काएँ- अरुले के भन्छन्, के सोच्छन् मतलब छैन बुवा। मलाई मेरा सपना पूरा गर्नुछ। ती सपना कि एउटा सँच्चा नेताले पूरा गर्नसक्छ कि त असल शिक्षकले। म नेता बनेर गलत आश्वासन दिएर सपना बाँडेर पापको भारी बोक्न चाहन्न। असल नेता बन्दाको परिणाम के हुन्छ मैले आफ्नै आँखाले देखेको छु। मलाई राम्रोसँग थाहा छ राजनीति हरेक नीतिहरूको जननी हो। तर के गर्नु? आसन मिलेन भनेर बाँडिएका सपनाहरु च्युत हुँदै गएका छन्। अब मैले हजारौं सपना एकै वर्षमा पूरा गर्ने त्यो पवित्र पेशा रोज्ने निर्णय गरेँ। समाज परिवर्तन गर्छु। सोच परिवर्तन गर्छु। देशका वर्तमान र भविष्यका खम्बाहरूलाई, म माटो पठाउँछु। देश पढाउँछु। ज्ञान, विज्ञान, संस्कार र संस्कृति पढाउँछु। सबैभन्दा ठूलो कुरा ऊ आफै को हो भनेर चिनाउँछु। असंख्य सपना देख्ने कलिला आँखाहरूलाई, सपना पूरा गर्ने ज्ञानका पंखेटा दिएर स्वविवेकको आकाशगंगामा उडाउँछु। बा, अब म सुध्रिन्छु। म शिक्षक बन्छु। समाप्त!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...

‘मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको छ’

जनकपुरधाम, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषाका ८८ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ । धनुषा जिल्लामा चार निर्वाचन क्षेत्रमा १५४ जनाले उम्मेदवारी दिएका छन् ।     कार्यालय प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचन आयोगको आह्वान तथा पत्रअनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्येक उम्मेदवारले बैंक...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर (झापा),  यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।     बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको...

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालयको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिकोत्सव समारोह सम्पन्न

कैलाली। कैलाली जिल्ला स्थित शान्ति माध्यमिक विद्यालय मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौनाको ३६ औँ अभिभावक दिवस तथा प्रथम वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गिरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय ‘हिमशिखर’ प्रमुख अतिथि रहनुभएको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९