काठमाडौं। नेपाली कांग्रेस कैलाली क्षेत्र नं. २ का नेताहरुले काठमाडौंमा छलफल गरेका छन्। विभिन्न कामले काठमाडौंमा रहेका त्यस क्षेत्रका कांग्रेसका प्रभावशाली नेताहरु काठमाडौंमा भेला भएर छलफल गरेका हुन्।
भेलामा महासमिति सदस्य मोहनसिंह राठौर, नेपाल तरूण दलका पुर्व केन्द्रीय उपाध्यक्ष एवम् महासमिति सदस्य कमल बहादुर शाह, महासमिति सदस्य हिम बहादुर रावल, विजय स्वार, लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही लगाएत कांग्रेससंग सम्वद्ध व्यक्तीहरु सहभागी थिए।
उनीहरुले समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए। क्षेत्र नं. २ मा नेताहरुले गुटगत राजनीति मात्रै गर्ने र नेताहरु नमिल्ने गरेको आरोप लाग्दै आएको थियो। तर यो भेलाले भने कैलाली २ मा नेताहरु मिलेको सन्देश दिएको छ। यसले आगामी मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचनमा कांग्रेसलाई जनता माझ प्रस्तुत गर्दा थप बलियो आधार बन्ने विश्वास पनि नेताहरुले लिएका छन्।
















































































































































