फलेबिसौनामा डिप ट्युवेल सिचाईं आयोजनाको अनुगमन तथा निरीक्षणका गर्दै मन्त्री धामी

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीको व्यवस्थामाथि नै प्रश्न

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेश सरकारले भ्रष्टाचार अन्त्य गर्न शुन्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले जनतालाई सुशासन दिन नसके व्यवस्थामाथि नै प्रश्न उठ्ने बताए ।

 

आइतबार कैलालीको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा डिप ट्युवेल सिचाईं आयोजनाको अनुगमन तथा निरीक्षणका गर्दै मन्त्री धामीले जनतालाई छिटोछरितो सेवासुविधा दिनु नै संघीयताको मर्म भएको बताए । ‘सुदूरपश्चिम सरकारको मन्त्रीको हैसियतले म यहाँ उपस्थित छु र भन्न चाहान्छु,’ उनले भने, ‘हामीले सेवासुविधा दिनुपर्छ । जनताका समस्याहरु समाधान गर्न देशमा संघीयता ल्याएको हो ।’

 

सो अवसरमा उनले गाउँगाउँमा सबै अधिकार पुग्नुपर्ने बताए । ‘जनताले सबै सुविधा पाउनुपर्छ । जनतालाई नजिकबाट सेवासुविधा दिन सकियोस् भनेर हामी संघीयतामा गएको हो ।’ उनले भने, ‘आज हामीसँग तीनवटा सरकार छन् । केन्द्रमा संघीय सरकार छ, उसले ठूलाठूला कामहरु गर्छ । त्यसपछि प्रदेश सरकार छ, उसले बीचबाट कामहरु गर्छ । त्यसपछि तल जनतासँग रहेर कहाँ–कहाँ बाटो, पानी, बिजुली पुग्यो, कहाँको जनतालाई सिचाईं गर्न अभाव छ । कहाँ खानेपानी पाइरहेका छैनन् भन्ने कुराको हेरचाह गर्नका लागि गाउँको सरकार, स्थानीय सरकार हो ।’

 

सो अवसरमा मन्त्री धामीले राज्यको नजरबाट धेरै भुभाग अझै टाढा रहेको बताउँदै उनले जनतालाई बढीभन्दा बढी सेवा र सुविधा पुर्याउनुपर्ने बताए । ‘बाहिरबाट हेर्दा कैलाली जिल्ला निकै सुगम छ कैलाली जिल्लाले सबै चिज पाएको छ भन्ने धेरैको बुझाई छ तर, हामीसँगै सहकार्य गर्ने अन्य जिल्लाका मन्त्री ज्यू, माननीय ज्यू, सांसद ज्यू सबैलाई पर्छ । तर, चाहेजति विकास हुन सकेको छैन । उनले भने ।’

 

आफूले संकटकालको बेला मोहन्यालका धेरैक्षेत्रको वस्तुस्थिति बुझेको बताउँदै उनले शान्ति प्रक्रियापछि जुन गतिमा विकास हुनुपथ्र्याे त्यो हुन नसकेको बताए । ‘राज्यले हामीलाई धेरै किसिमका सुविधाहरु दिनुपर्छ भन्ने कुरा म बोलिरहेको छु,’ उनले भने,‘ यो स्थानीय सरकारको सहकार्यमा स्थानीय सरकारले गर्न नसक्ने कुराहरु प्रदेश सरकारले गर्ने हो । प्रदेश सरकारले नसक्ने कुरा हामीले संघ सरकारसँग माग गर्ने हो ।’ उनले सामान्य कुराको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारसँग भएको बताए ।

 

खानेपानी, बाटोकुलो, माध्यमिक तहसम्मको शिक्षा, स्वास्थ्य उपचार स्थानीय स्वायत्त सरकारको दायित्वभित्र पर्ने उनले उल्लेख गरे । स्थानीय सरकारले यसमा पहँच पुर्याउन नसके, उपस्थिति कम भए प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ । ‘सुशासन, भ्रष्टाचार अन्त’ प्रदेश सरकारको मूलमन्त्र भएको बताउँदै उनले भने कुनैपनि ठाउँमा भ्रष्टाचार हुनु भएन । मैले घुस मागेभने जनतामा भन्नुहोला । कर्मचारीहरुलाई घुस नदिनुहोला । जल्लेजल्ले घुस माग्छ तपाईंहरु भण्डाफोर गर्नुहोस् ।

 

हाम्रो घरघरदेखि घुसप्रक्रिया सुरु भएको छ । वडा कार्यालयबाट, गाउँपालिकामा, प्रदेश जहाँजहाँ जानुहुन्छ त्यहाँ भ्रष्टाचारीहरु छन् । घुसखोरीहरु छन् । त्यसैले हामीले हाम्रो सरकारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएका छौँ । सुशासनको पाटोमा जनतालाई दुःख नदिने प्रतिबद्धता आफूहरुले गरेको उनले बताए ।

 

‘नेता आएपछि जनता भाग्ने, मन्त्री आएपछि जनता भाग्ने यस्तो व्यवस्था खाजेको हामीले?’ उनले भने, आफ्नो मन्त्री आएपछि नजिक आउनुपर्याे । माया गर्नुपर्यो, प्यार गर्नुपर्यो । ‘यहाँ त नेता आए भागभाग, ए चोर आयो भन्छन् । यस्तो व्यवस्था हामीले खोजेका छैनौँ । त्यस्तो क्रियाकलाप जो व्यक्तिबाट भएको छ, त्यस्तालाई भण्डाफोर गर्नुस् । पार्टी र नेताहरुलाई गाली गरेर केही हुन्न । उनले धेरै ठूलो दुःख र संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताए ।

 

आयोजनाको बिबिएस कन्ट्रक्सन एण्ड द्रिलिंगले ठेक्का सम्झौता गरेको थियो । कुल १७ लाख ७६ हजार ५ सय रुपैयाँमा डिप ट्युवेल सिचाई आयोजना निर्माण हुन लागेको होे । आयोजनाको २०८० जेठ २३ मा सम्झौता भई असार २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

 

अनुगमनका क्रममा पूर्वसांसद वीरमान चौधरी र जनक बुढाको सहभागिता रहेको थियो । समाजसेवी अमर टमट्टाको स्वागत मन्तव्यसँगै सुरु भएको अनुगमन समारोहमाकार्यपालिका सदस्य नानी दमाई, समाजसेवी हिमाल विश्वकर्मा र जंगबहादुर बगाले शुभकामना मन्तव्य राखेका थिए भने, सञ्चालन स्थानीय विष्णुबहादुर बुढाले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौँ,  वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो,...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पहेलो धातुको मूल्यमा चार दिनदेखि निरन्तर गिरावट

काठमाडौँ,  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन्...

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत,  यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ, सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने...

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको दोस्रो संस्करणको तयारीसँगै आज र भोलि पौडी प्रशिक्षकलाई तालीम आयोजना गरेको छ । यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताका सन्दर्भमा स्थानीय विद्यालयका खेल प्रशिक्षकलाई सहभागी गराउन प्रशिक्षणको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९