रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी

महेन्द्रनगर,  डडेल्धुराको रूपालबाट बसाइँ सरी कञ्चनपुरको विभिन्न स्थानमा छरिएर रहेका रूपाली समुदायका नागरिकले पम्परागत रूपाली होलीलाई धुमधामका साथ मनाइरहेका छन् ।फागु पूर्णिमाको तीन दिनअघि देखि सुरु भएको रूपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिकाका साथै अन्यत्र पनि सुरु भइसकेको छ ।दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रूपाली होलीको रौनक बढेको भीमदत्त नगरपालिका–१८ का स्थानीय लोकबहादुर ठकुराठीले जानकारी दिनुभयो ।

 

 

सो बसोबास गर्ने नागरिकलाई ‘रूपालवासी’ भनेर स्थानीय भाषामा चिनिन्छ । रूपाली समुदायले तराईझरेयता नियमित रूपमा पम्परागत होलीलाई निरन्तरता दिँदै आएका छन् । “रूपालीहरू बीचको एकता र रङ्गीन पर्वसँग जोडिएको होलीका आफ्नै पम्परागत मान्यता छन्”, ठकुराठीले भन्नुभयो, “हाम्रो नयाँ पुस्ताले पनि यसलाई आत्मसात् गर्दै अघि बढेको छ ।”

 

 

निर्वाचनको बेला भएर पनि रूपाली होलीको रौनक घटेको छ । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीको उल्लास बढिरहेका बेला रूपाली होलीको ४८ पुस्ताभन्दा बढी लामो इतिहास सुदूरपश्चिममा रहेको छ ।“सुदूरपश्चिममा मात्रै समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौरतरिकाहरू छन्”, उहाँले भन्नुभयो, “रूपाली होलीको आफ्नो छुट्टै विशिष्ट पहिचान र संस्कृति छ ।”
रूपाली होली समिति निम्बुखेडाका अध्यक्ष वासुदेव भट्टले परम्परागत शैलीमा खेलिने होली रूपाली समुदायका हरेक उमेर समूहका मानसिक गोलबद्ध भएर देउडा शैलीमा खेल्ने गरेको बताउनुभयो ।“मुलुक निर्वाचनमय भए पनि रूपाली समुदाय पनि होलीमय छ,” उहाँले भन्नुभयो, “हरेक उमेर समूहका युवायुवती, महिला पुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाउँदैछन् ।”

 

 

रूपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा देउडा गाएर होली मनाइन्छ । रूपाल होली समितिले वर्ष एकादशमीका दिनदेखि प्रसिद्ध बैजनाथ मन्दिरबाट सुरु गरिने होली पूर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ ।

 

“निम्बुखेडाको शिव गौरा मन्दिर र गोवरियामा बैजनाथ मन्दिरबाट एकसाथ होली सुरु भएको छ”, भट्टले भन्नुभयो, “जागिर र अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रूपाली होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्व पनि लिन्छौँ ।”

 

होली खेलेर प्राप्त रकम विभिन्न विकास निर्माण तथा धार्मिक निर्माणमा खर्च गर्ने गरिएको छ । होलीका गीतको माध्यमबाट विभिन्न धार्मिक भजन गाएर पनि रूपाली रमाइलो गर्ने गर्ने प्रचलन छ । त्यसका साथै ‘फगुवा’हरूलाई हरेक रूपालीको घरमा विशेष सम्मान दिइने गरेको छ । होलीबाट सङ्कलित रकमले मन्दिर निर्माणलगायत सामाजिक कार्यमा खर्च गरिने भट्टले जानकारी दिनुभयो ।

 

“जसको घरमा बिहे र सन्तान भएको उसले फगुवालाई होलीका मौकामा विशेष भोजन गराउने चलन छ”, उहाँले भन्नुभयो, “यो एउटा परम्पराको निरन्तरता पनि हो ।” डडेल्धुराको रूपालबाट विसं २०१७ देखि तराईमा बसाइँसराई गर्ने क्रम सुरु रूपाली अगुवाको भनाइ छ ।

 

हरेक वर्ष फागुपूर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्तव बोकेको छ । “पुस्तौँदेखिको होलीमा अहिलेका युवा पिँढीको उपस्थिति पनि उल्लेख छ”, उहाँले भन्नुभयो, “होलीलाई निरन्तरता र संरक्षणका लागि रूपाली समाज क्रियाशील छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९