
कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा संचालित ४५ दिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ भन्ने उद्देश्यले जोशीपुर गाउँपालिका र व्यवसायीक सीप विकास केन्द्र धनगढी, कैलालीको साझेदारीमा संचालित तालिमको बुधबार समापन गरिएको छ ।
जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर थारुको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय,धनगढीका उपसचिब गणेश बहादुर सिंह रहनुभएको थियो ।
कार्यक्रममा व्यवसायीक सीप विकास केन्द्र धनगढीका प्रमुख भुवन पन्त, जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मार्सल पन्त, अधिकृत मीन राज कठरियालगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय,धनगढीका उपसचिब गणेश बहादुर सिंहले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन तथा आत्मनिर्भर बनाउन तालिम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले तालिमबाट सिकेका सीपलाई ब्यवहारमा लैजान र आय आर्जनमा जोड्न सुझाब दिनुभयो ।
उहाँले तालिममा सिकेका कुराहरू व्यवहारमा लागू नगरि स्वरोजगारको बाटोमा हिड्न नसकिने भएको हुँदा तालिमबाट सिकोको सिपलाई आएमुलक कार्यमा लगाउन आग्रह गर्नुभएको छ । उहाँले रोजगार स्वरोजगार बनाउने कार्यक्रम सरकारले ल्याउने र युवाहरुमा पनि स्वदेशमै बसेर केही गर्छौ भन्ने मानसिकता बजाउनुपर्छ ।
तालिमको समापन गर्दै जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर थारुले गाउँमै रोजगारी दिने सवालमा स्थानीय सरकारले पनि योजना बनाएको भन्दै सबै मिलेर युवालाई स्वरोजगार बनाउनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय कपाल काट्ने पेशाको प्रभावकारिता राम्रो देखिएको भन्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले तालिम तालिमको लागि मात्रै हुन नहुने बताउनुभएको छ । तालिम लिएपछि ब्यवहारीक र ब्यवसायिक बन्नुपर्छ उहाँले भन्नुभयो, ‘जुन उद्देश्यले लिएको, त्यसका लागि उपयोगित हुनुपर्छ ।’
उक्त ४५ दिने तालिममा १८ जनाको सहभागिता रहेको थियो । तालिमले बेरोजगार युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन ठूलो मद्दत पुर्याउने प्रशिक्षक बृर्जु चौधरीले बताउनुभयो । तालिममा सहभागिलाई प्रमाणपत्र तथा व्यवसाय संचालनमा सहयोग पुर्याउने उदेश्यले आवश्यक औजार पनि वितरण गरिएको थियो । कार्यक्रमको संचालन जोशीपुर गाउँपालिका रोजगार शाखा प्रमुख शुसिला बम (देउवा) ले गर्नुभएको थियोे ।