साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् । सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताए ।

 

सम्बोधनको पूर्णपाठ

आजको यस गरिमामय समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने स्रष्टाहरूलाई सम्मान गर्ने अवसर पाएकोमा खुसी लागेको छ । सर्वप्रथम पुरस्कृत हुनुहुने सम्पूर्ण स्रष्टाहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दै सिर्जनाको क्षेत्रमा निरन्तर प्रगतिको कामना गर्दछु ।

 

राष्ट्रको समग्र विकास र संवृद्धिका निम्ति, मुलुकको अग्रगामी परिवर्तनको निम्ति इतिहासका विभिन्न कालखण्डमा राजनीतिक व्यक्तित्व, लगायत विभिन्न विधासँग सम्बन्धित व्यक्तित्वहरूले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । यसै यथार्थलाई हृदयङ्गम गरी राज्यले विभिन्न विधामा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका अग्रज व्यक्तित्वहरूको नाममा विभिन्न प्रकारका पुरस्कारको स्थापना गरी योगदानको उचित कदर र सम्मान गरेको तथ्य विदित नै छ । यसका निम्ति मन्त्रालय र पुष्पलाल प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गर्दछु ।

 

युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु¥याउन कमरेड पुष्पलालले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्दछ । नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिंगो राजनीतिक आन्दोलनमा कमरेड पुष्पलालको योगदान निकै विशिष्ट प्रकृतिको रहेको छ । सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्वका निम्ति, जनवादी क्रान्तिको विकासका निम्ति, कम्युनिस्ट आन्दोलनको एकताका निम्ति र कम्युनिस्ट मूल्य–मान्यता र संस्कृति निर्माणका निम्ति विचार र व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय र प्रेरणादायी रहँदै आएको छ । यस सन्दर्भमा पुष्पलालका शिक्षाहरूलाई जीवन व्यवहारमा लागू गर्ने संकल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने तथ्यसमेत म स्मरण गर्न चाहन्छु ।

 

आर्थिक वर्ष २०६८/०६९ देखि पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण गर्ने व्यवस्था निरन्तर कार्यान्वयन हुँदै आएको छ, यस वर्ष पनि विगतमा जस्तै यो पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइएको छ । यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कारको राजनीतिक, सैद्धान्तिक विधा, इतिहास विधा, साहित्य, संस्कृति, विज्ञान विधा लगायतका विधातर्फ छनोट भई पुरस्कृत हुनुभएकोमा सबै पुरस्कृत सिर्जनशील प्रतिभाहरूलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

 

पुरस्कृत प्रतिभाहरूले राज्यको तर्फबाट प्रदान गरिएका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्यांकन भएको महशुस गर्दै गौरवान्वित हुनुहुनेछ भन्ने आशा लिएको छु । साथै पुरस्कृत व्यक्तित्वहरूको थप दायित्व तथा जिम्मेवारी थपिएको हुँदा तपाईंहरूबाट आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी सक्रियता र योगदानको अपेक्षा गर्दछु ।

 

राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आ–आफ्नो विधा तथा क्षेत्रमा राष्ट्रलाई योगदान गर्नमा प्रोत्साहित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

 

जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै बिमति रहला । अन्त्यमा, समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूजस्ता स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने विश्वास राख्दै आफ्नो मन्तव्य यही अन्त्य गर्दछु, धन्यवाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

बङ्गलादेशमा आर्थिक सहकार्य विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ, बङ्गलादेशस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार साँझ स्थानीय राजशाहीमा ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमाई सम्बोधन गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय आर्थिक सहकार्यका विभिन्न क्षेत्रमा भएको स्थिर प्रगतिबारे जानकारी गराउनुभएको थियो ।   उहाँले ऊर्जा व्यापार, लगानी तथा पर्यटन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।     यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

काठमाडौँ, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ ।यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राहि तथा आन्तरिक एवं बाह्य सरोकारवालाले सुनौलो...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९