नेपाल दलित मुक्तिमोर्चाको प्रदेश कमिटीको बैठक धनगढीमा सम्पन्न 

धनगढी । नेपाल दलित मुक्तिमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रोपूण बैठक धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रदेश कमिटीका पदाधिकारीले रिपोर्टिङ राख्दै मोर्चालाई सशक्त बनाउने गरी आगामी कार्ययोजना तयार पार्दै साउन ५ गते बैठक सम्पन्न भएको हो ।

 

बैठकमा रिपोर्टिङ राख्नेहरुले नेकपा माओवादी केन्द्र पार्टीले वेवास्ता गरेकै कारण मोर्चा सशक्त हुन नसेकेको बताए । अन्य भातृ संगठनमा पार्टीले समय दिएजस्तै नेपाल दलित मुक्तिमोर्चाको संगठन निमार्ण र विस्तारमा पार्टीले सहयोग नगरेको दुःख व्यक्त गरेका थिए ।

 

जनयुद्धदेखि आजसम्म पार्टीको बलियो आधारक्षेत्र मानिएको दलित समुदाय र नेपाल दलित मुक्तिमोर्चालाई सशक्तरुपमा चलायमान गर्न पार्टी चुकेको निष्कर्षमा बैठकका सहभागीहरु पुगेका थिए । सबैभन्दा बढी उत्पीडनमा परेको दलित समुदाय शान्ति प्रक्रियापछि यता जनयुद्धको जस्तै प्राथमिकतामा नरहेको र पार्टीले पनि बेवास्ता गरेको तीतो अनुभव सुनाएका थिए ।

 

नेकपा माओवादी केन्द्र पार्टी नेतृत्व र पार्टीलाई बचाउन जस्तोसुकै त्याग तपस्या र बलिदान दिन तयार रहेको बैठकका सहभागीहरुले बताएका थिए । परिवर्तनका निम्ती हामीहरु जस्तोसुकै मूल्य चुकाउन अहिले पनि तयार छौं । हाम्रो हिम्मत र साहासलाई बलियो बनाउन नेपाल दलित मुक्तिमोर्चाको बीचमा पार्टी उभिनु पर्नेमा बोल्ने वक्ताहरुले जोड दिए । सुदूपश्चिमको पार्टी नेतृत्वले नेपाल दलित मुक्तिमोर्चालाई कसरी अगाडी बडाउने भन्ने बारेमा मोर्चासंग छलफल गर्दै तालमेल गरेर काम गर्नुपर्ने बताए । पार्टी मोर्चाको साथमा अर्थपूर्ण तरिकाले नउभिदासम्म मोर्चा आफैले जती कामगर्न खोजेपनि अधुरो हुने भन्दै पार्टीको सहयोगको आवश्यक्ता मोर्चालाई रहेको बैठकका सहभागीले बताए ।

 

नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय महासचिब एवम् बैठकका प्रमुख अतिथि शंकर दुलालले दलितको समस्या राज्यको समस्या हो, गैरदलितको पनि समस्या हो । सबैको साझा समस्याा समाधान गर्न राज्य अग्रसर हुनुपर्ने बताए । राज्यले समस्याको हल नगरेसम्म समस्याको समाधान नहुने भन्दै शान्ति प्रक्रियापछि माओवादी पार्टीमा ब्राहमणवाद् हाबी हुँदै गएको दलित समुदायलाई राम्रो संग थाहा भएको दुलालले बताए ।

 

उनले भने –‘ दलितलाई हेर्ने दृष्टिकोण पार्टीका गैरदलितमा पनि फरक छ । पार्टीभित्र पनि संघर्ष गर्नुपर्ने देखिन्छ । अहिले दलित समुदायले भोट हालेन भन्ने भ्रमपूर्ण कुरा उठ्ने गरेको छ । कसले भोट दियो ? कसले दिएन भन्ने केको आधारमा भन्न खोजिदै छ ? पार्टीमा प्रश्न गर्नेलाई उनले प्रति प्रश्न गरे ?’ दलित समुदायको नेतृत्वको विकास अति आवशयक रहेको भन्दै नेतृत्वको विकास गर्नमा सबै लाग्नुपर्ने बताए ।

 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम फ्याकसन इन्चार्ज ओमप्रकाश पुनले सामाजिकसत्ता, पार्टीसत्ता र राज्यसत्तामा दलित समुदायको पँहुच हुनुपर्ने बताए । दलित समुदाय वैज्ञानिक समुदाय भएकोले वैज्ञानिक समुदायमाथि भएको सामाजिक विभेदका विरुद्ध सबैले आवाज उठाउनु पर्ने पुनले बताए । उनले भने –‘राज्यसत्तामा दलितको पहँचका लागि संरक्षण निर्वाचन क्षेत्र तोकिनुपर्छ । अहिलेपनि जातीय विभेदकै कारण दलित समुदायका घर जलाईनु लाशहरु अस्पतालमा न्याय नपाएर सड्नु विडम्वना हो । परिवर्तनका निम्ती दलित समुदायको आत्मसम्मान र अधिकारका लागि ठूलो क्रान्ति गर्न आवश्यक देखिन्छ ।’ जबसम्म बाुहन क्षेत्रीको घाँटीमा जनै रहीरहन्छ तबसम्म दलित समुदायमाथि जातीय विभेद भईरहने पुनले बताए । पुनले विभेदका विरुद्ध परिवर्तनका पक्षमा कविता सुनाउदै कला साहित्य गीतसंगीतको माध्यामबाट पनि कान्ति गर्न सकिने बताए ।

 

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सहसचिब केशवनाथ योगीले हिजोको पार्टीको अनुशासन शैली र व्यवहार अहिले नरहेकोमा दुःख व्यक्त गरे । उनले भने–‘मोर्चा चलायमान हुन नसक्नुमा पार्टीले ध्यान दिन नसेकेको यहाँ गुनासो आएको छ यो सत्य हो । पार्टीको आधारवर्ग दलित समुदाय भएकोले पार्टीले विशेष प्राथमिकतामा राखेर सहयोग गर्नुपर्छ ।’ प्रदेश कमिटीको बैठकपनि नबसेरै सकिने होकि भन्ने जस्तो देखिन्छ । पदका लागि मरिहत्ते गर्ने जनताको बीचमा नजाने,समस्या पार्टीमा हाबी हुँदै गएकोले समस्या उत्पन्न भएको उनले बताए । नेतालाई गिफ्ट लगेर भेट्न जाने, चाकडी गर्ने चलनको अन्त्य हुनुपर्ने भन्दै पार्टी प्रक्रियालाई मिचेर मनोमानी रुपमा निर्णय गर्ने गरकै कारण पार्टीमा समस्या बढ्दै गएको उनले बताए ।

 

नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय सचिब गोन्दिराज बिसी ‘विकास’ले पार्टीलाई बलियो बनाउन मोर्चालाई चलायमान बनाउनु पर्ने बताए । पार्टी नेता कार्यकर्ताकै कारण कमजोर बन्दै गएको छ । पार्टीलाई जनयुद्धकै अवस्था सम्म पुगाउन व्यवहार सच्याउनु पर्ने भन्दै सरकारले गरेका राम्रा कामको बारेमा जनताको बीचमा प्रचार गर्न नसकिएको उनले बताए । जनताको बीचमा निरन्तर पार्टी निमार्णमा लागेकाहरुको मूल्यांकन नभई नेताको वरिपरी घुम्नेले पद पाउने, अवसर पाउने प्रवित्तिकै कारण पार्टी कमजोर बन्दै गएको उनले बताए ।

 

नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य, पार्टी प्रदेश कमिटी सदस्य एवम् जनकलाकार बिस्ना बिसी सपनाले बैठकमा पार्टी र मोर्चालाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भएको बताईन् । नेता कार्यकर्ताको व्यवहारले जनतामा निराशा छाएकोले व्यवहार परिवर्तन गरेर जनताको बीचमा जानुको विकल्प नरहेको बिसीले बताईन् । बैठकले भेला नभएका जिल्लामा भेला आयोजना गर्ने,आन्तरिक पार्टी प्रशिक्षण संचालन गर्ने र सर्वपक्षिय रुपमा दलित हक अधिकार र जातीय विभेदका निम्ती प्रदेश तथा जिल्लामा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय भएको उनले बताईन् । परिवर्तनलाई संस्थागत गर्न आशावादी भएर फेरी एकपटक पार्टी निमार्णमा सबै लाग्नु पर्नेमा बिसीले जोड दिईन् ।

 

नेपाल दलित मुक्तिमोर्चाका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष जगत बिकले बैठकमा मोर्चाको केन्दिय भेलाले परिपत्र गरेको निर्णय र निर्देशनको बारेमा जानकारी गराएका थिए । बैठकले प्रदेशको कमिटीलाई पूर्णता दिन २६ जनालाई मनोनित गरेको छ भने भेलाबाट १ सय १ जना निर्वाचित भएका थिए । मोर्चाका अध्यक्ष जगत बिकको अधयक्षतामा भएको कार्यक्रमको संचालन मोर्चाका प्रदेश सचिब रमेश सुनारले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा...

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।उहाँले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । सभापति थापाले...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

गोरखा, संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ ।अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उहाँ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको...

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९