डिएसपी भाटको सरुवापछि अशान्त टिकापुर, नयाँ डिएसपी अर्याल नै अपराधिको संरक्षक !

कैलाली । विगत देखि नै अशान्त रहेको टिकापुरमा गत माघमा प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्वव सिंह भाट आएसँगै अपराधिक घटनामा कमी आयो ।

 

बिगत देखिनै अपराधिक घटना बढी हुने क्षेत्रका रुपमा चिनिने टिकापुरमा भाटको कमाण्डले घटनालाइ मत्थर बनायो ।

 

डिएसपी भाटको आगमनले शान्त बनेको टिकापुरमा फेरि अपराधिबक क्रियाकलापहरु बढ्दै गएका छन्।

 

हालै थुना मुक्त भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचित भएका डिएसपी भाटको ४ महिना मै सरुवा भयो।

 

भाटको सरुवा भएपछि टिकापुर प्रहरीको कमाण्डमा आए डिएसपी तुलसीराम अर्याल अर्याल टिकापुर आएसँगै अपराधिक घटना बढ्दै गएको स्थानियहरुको गुनासो छ।

 

उसो त अर्याल टिकापुर आएकै दिन टिकापुर क्षेत्रमा अपराधिकका नाइके भनेर चिनिने जयन्द्र शाहको समुहले अर्याललाई स्वागत गरेको र अर्यालले कार्यालयमा नै मासुभात खुवाएर शाहलाई पठाएको आरोप उनीमाथि छ।

 

डिएसपी अर्याल आएपछि मात्रै ५ ठूला घटना

 

घटनाः १

 

गत असार १९ गते दिउँसो ४ बजेपछि सशस्त्र प्रहरी बलको टीकापुरस्थित तालिम केन्द्रकै छेउमै स्कुलबाट आउँदै गरेका एक किशोरलाई अर्का किशोरले रड प्रहार गरे ।

 

रड प्रहार गर्ने किशोरको समूहले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका ती किशोर अहिले पनि उपचारका क्रममै छन् । घटनामा संलग्न मध्ये केहीलाई प्रहरीले मुद्दा दायर गरेको छ ।

 

घटनाः २

 

टीकापुर नगरपालिका वडा नं. १ ज्योतिनगरको मुख्य सडकमा साउन ३ गते केही किशोरहरु साइकलमा जाँदै थिए ।

 

अर्कोतर्फबाट अर्का किशोर पनि साइकलमा आउँदै थिए । दुबै किशोरको साइकल आपसमा ठोक्कियो । त्यही साइकल ठोक्किएको विषयमा दुबै किशोरबीच झडप भयो ।

 

झडपका क्रममा एक किशोर गम्भीर घाइते भए । प्रहरीका अनुसार ती किशोरलाई नक प्रहार भएको थियो ।

 

घटनाः ३

 

युवा संघका जिल्ला सदस्य बमबहादुर ओली र एमालेका जिल्ला कमिटी सदस्य प्रकाश खड्कामाथि खुकुरी आक्रमणमा भएको थियो । यो घटनामा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

 

घटना : ४

 

हिजो (शुक्रवार) दिउँसो झण्डै ४ बजेको समयमा इलाका प्रहरी कार्यालयबाट ५ शय मिटरको दुरीमा रहेको टीकापुर नगरपालिका केन्द्रसँग जोडिएको रारामार्गमा एक किशोरले अर्को किशोरलाई छुरी प्रहार गरे ।

 

१८ वर्षीय एक किशोर र १७ वर्षीय अर्को किशोरबिच फेसबुक म्यासेन्जरमा कुराकानीको क्रममा १७ वर्षीयले १८ वर्षीयलाई ‘भाई’ भनेर कुरा गर्छ ।

 

त्यही भाइ भनेकै आधारमा दिनदहाडै मुख्य बजार क्षेत्रमै १८ वर्षीयले १७ वर्षीयमाथि छुरी प्रहार गर्छन् ।

 

स्थानीय प्रत्यक्षदर्शीले छुरी प्रहार भएको खबर प्रहरीलाई दिए पनि घटनामा छुरी प्रहार नभएको प्रहरीले दावी गरिरहेको छ ।

 

घटना : ५

 

गत असाढ २८ गते लाम्कीचुहाकी एक युवती बेवत्ता भइन। त्यसको दुई दिनपछि उनको शव जानकी गाउँ पालिकाको कुलमा फेला पर्यो।

 

पानी भित्र खुट्टामा कम्मल लटपटिएको अवस्थामा लास फेला पारेको थियो जुन भिडियो स्थानियले खिचेका थिए। तर प्रहरी ले प्रमाण नष्ट गर्नकै लागी लास मात्रै उठएको तर लास संग फेला परेको प्रमाणहरु केही पनी नलिएको र दोस्रो दिन स्थानिय ले नै कम्मल उठएपछि २ दिन पछी फेरी प्रहरी आएर त्यो कम्मल लगेको बताइएको छ ।

 

यो घटनामा माइती पक्षले छोरीको हत्या नै गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी समेत दिएका थिए। तर प्रहरीले नै मुद्दा दर्ता नगरेको पिडित पक्षको आरोप छ।

 

यसै विषयमा हामी डिएसपी अर्यालसंग घटना बारे बुझ्न गएका थियौ तर अर्यालले सबै प्रवक्ता मार्फत बुझ्नु भन्दै पन्छिएका थिए।

 

त्यसको आधा घण्टा नबित्दै डिएसपी अर्यालले पत्रकारहरु आएर गए समाचार लेख्छन होला रोकिदिनु पर्यो भन्दै टिकापुरका एक अपराधिक समुहकै संरक्षक नेता लाई फोन गर्न समेत लगाएका थिए।

 

डिएसपी अर्याल टिकापुर हाजिर भएको साउन २५ गते २ महिना पुरा हुदै छ। अर्यालको २ महिना नपग्दै ४ रड, चक्कु प्रहारका र १ युवतीको हत्या गरी ५ ठुला अपराधिक घटना घटिसकेका छन ।

 

टिकापुर प्रहरी प्रमुखको कमान्ड अर्यालले समाले पछि टीकापुर क्षेत्रमा आधा दर्जन बढी घटना भएका छन् । तर प्रहरीले घटनामा संलग्न केहीलाई अझै पनि पक्राउ गरेको छैन ।

 

झण्डै चार महिना टीकापुरमा बसेका डीएपसी उद्धवसिंह भाटको कार्यकालमा टीकापुरमा शान्ति सुरक्षा प्रभावकारी भएको बताउने स्थानीयहरु पछिल्ला घटनाक्रमका कारण टीकापुर अशान्त बन्दै गएकोमा चिन्तित मात्रै छैनन् । उनले अपराधीको संरक्षण गरेको आरोप समेत स्थानीयले लगाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा...

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।उहाँले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । सभापति थापाले...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

गोरखा, संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ ।अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उहाँ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको...

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९