 
                        कैलाली । विकास र समृद्धिमा जनता र जनप्रतिनिधि संगसंगै भन्ने मुल अभियान लिएर यतिवेला कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देबिदत्त उपाध्याय श्रमदान अभियानमा अघि बढेका छन ।
सुगम जिल्लाको दुर्गम पालिका हो मोहन्याल गाउँपालिका बिकासका दृष्टिकोणले पछि परेको पालिकालाइ समृद्धिका तर्फ अघि बढाउन जनता र जनप्रतिनिधी संगसंगै अघि बढ्नुपर्ने आवश्यकता महसुस गर्दै श्रमदान अभियान अघि बढाइएको हो ।
सडक संजालको बिकास ,यातायातको ब्यवस्था र स्वस्थ पालिका बनाउने अभियानमा लागिरहेकै बेला वर्षातमा आएको बाढीका कारण मोहन्याल गाउँपालिका – ४ खिमडी स्थित ठुलीगाडको कटान बाट बस्ती जोखिममा परेपछि तत्कालै जनश्रमदान मार्फत नदी तटबन्धको कार्य शुरु गरिएको हो ।
बाढीका कारण बस्ती जोखिममा परेपछि तत्कालका लागि वस्ती जोखिम बाट बचाउनका लागि जनश्रमदान मार्फत तटबन्धको कार्य शुरु गरेको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए।
उनले भने– ’उक्त तटबन्धका लागि आवश्यक पर्ने ग्याबिन जाली गाउँपालिकले व्यवस्थापन गर्ने भनेको छ । तटबन्ध कार्य सोही स्थानका स्थानीय वासीको जनश्रमदान मार्फत हुँदै छ । यो तटबन्ध अहिले वस्ती जोखिममा बाट बचाउनको लागि बनाएको हो । तर उक्त बस्तीलाई नदि कटानको जोखिम बाट बचाउनका लागि चालु आर्थिक वर्षको मंसिर सम्ममा तटबन्धका लागि केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिका सरकारको साझेदारीमा ३ करोड बराबरको ठेक्का खुल्ने छ । 
  
  
  
  
 
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                
































 
                     
                     
                     
                     
                    

























































































































