‘उपमेयर संग जोडी समुहले गरे लैंगिक रुपान्तरणका कुरा’

धनगढी । ‘घरभित्रको काम श्रीमतीले गर्ने हो, पुरुषले त घरबाहिरको काम गर्ने हो भन्ने मेरो बुझाई थियो ।’ अहिले मेरो बुझाईमा फरकपन आएको राजेन्द्र चौधरीले बताए । धनगढी उपमहानगरपालिका १९ खेदामा बस्ने चौधरीको जोडीले आफूमा आएको लैंगिक रुपान्तरणको अनुभव उपमेयरलाई सुनाउदा खुसी देखिएका थिए ।

 

१० वटा जोडी समुह भेला भएको कार्यक्रममा श्रीमान राजेन्द्र र श्रीमती आरती चौधरीको जोडी पनि सहभागी भएका थिए । सबैको जोडीहरु एकआपसमा संगै मिलेर बसेका थिए । राजेन्द्रले आफ्नो अनुभव सुनाए ‘पुरुषको काम त पैसा कमाउने हो । ठूलोठूलो जिम्मेवारीको काम गर्ने हो भन्ने सोच्थे । तर खाना पकाउने, घर सरसफाई गर्ने, छोराछोरीको स्याहार सुसार गर्ने, घाँस काट्ने काम त महिलाहरुको हो भन्ने बुझेर घरको कुनैपनि काममा म सघाउदैन थिए ।’

 

जोडी संवादमा सहभागी भएपछि मेरो परिवारमा मेलमलिाप भएको छ । पहिले घरसल्लाह नगरेर आफ्नै निर्णयले काम गर्थे, अहिले घरसल्लाह गरेर काम गर्दा सजिलो भएको उनले बताए । श्रीमान र श्रीमती दुबैजना मिलेर काम गर्नजाँदा पैसापनि कमाई भएको छ र बचत पनि गर्ने काम गरेको राजेन्द्रको श्रीमती आरती चौधरीले बताइन् । श्रीमान् धेरै परिवर्तन हुनु भएको छ । घरको काम गर्ने, खाना पकाउने र बच्चालाई स्कूल पठाउने काम गर्न थालेको उनले बताईन् ।

 

आफूमा आएको परिवर्तनको बारेमा सहभागीले धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला रानालाई सुनाउन पाउँदा खुसी लागेको बताएका थिए । जोडी समुहमा आएको परिवर्तनलाई रानाले ध्यान पूर्वक सुनेर प्रशंसा गरेपछि उनीहरुले आफ्नो आत्मबल बढेको बताएका थिए । छलफलकै क्रममा गुलावी चौधरीले जोडी संवादमा सहभागी नुहुनु भन्दा अगाडी घरमा सानो सानो कुरामा झगडा गर्ने,मिलेर नबस्ने समस्या थियो । श्रीमान धेरै तास खेल्ने, काममा नसघाउने र असहयोग गर्ने गर्थे । अहिले श्रीमान परिवर्तन भएकोले घरमा राम्रो मेलमिलाप भएको छ ।

 

श्रीमान जंग बहादुर चौधरीले मैले नजानेरै भएपनि घरपरिवारमा लैंगिक हिंसा गरी रहेको रहेछु । जोडी संवादमा बसेर धेरै कुरा सिकेपछि समस्याको समाधान छलफल बाटै गर्ने गरेको भन्दै आफूले व्यवहार पनि सच्याएको बताए । मिलेर बस्दा परिवारमा शान्ति मिल्ने रहेछ । मेरो सालीमाथि लैंगिक हिंसा भएपछि आफै अग्रसर भएर उनको न्यायको लागि आवाज उठाएको अनुभव उनले सुनाएका थिए ।

मैले श्रीमतीको कुरा सुन्दैनथे र श्रीमतीले भनेको मान्नु हुन्न भन्ने सोचाई आफूमा रहेको रोशन चौधरीले बताए । बिना सल्लाह आफ्नै तरिकाले काम गर्थे । जोडी संवादमा सहभागी भएर श्रीमान श्रीमती दुबैजना संगै बसेपछि मिलेर बस्नुपर्छ र सल्लाह गरेर काम गर्नुपर्छ भन्ने थाहा भयो । जोडी संवादमा बसेपछि हामीमा परिवर्तन आएको छ । श्रीमान श्रीमती सल्लाह गरेर संगै स्वास्थ्य संस्थामा गई अस्थाई साधानको तीन महिने संगिने सुई लगाएको बसन्ती चौधरीले बताइन् ।

 

जोडी संवादमा बसेका जोडीहरुको अनुगमन गर्न धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना साउन २४ गते वडा नम्बर १९ मा पुगेकी थिइृन् । जोडी समुहको अनुभव सुनेर आफूलाई खुसी लागेको रानाले बताईन् । कार्यक्रमको प्रमुख अथिति समेत रहेकी रानाले हामीहरुले तँपाइहरुमा यस्तै परिवर्तन देख्नकै लागि लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना उपमहानगरपालिकाले संचालन गरेको बताइन् । समाजमा लैंगिक हिंसा धेरै भई रहेकोले यसको रोकथाम र प्रतिकार गर्न सबै लाग्नुपर्नेमा रानाले जोड दिईन् ।

 

उनले भनिन् ‘तँपाईहरुले श्रीमान श्रीमती र घरपरिवारको मन सिउने राम्रो काम गर्नु भएको रहेछ । परिवारमा सुखशान्ति ल्याउनको लागि मेलमिलाप गरेर बसेजस्तै समाजमा पनि मिलेर बस्नुपर्छ । एकले अर्कोलाई सहयोग गर्नुपर्छ । महिला र पुरुषमा कामको आधारमा विभेद गर्नु हुँदैन काम जसले गरेपनि हुन्छ । हामीसबै एउटै फूलबारीका फुल हौं फूलजस्तै फुलेर बसेपछि मात्र सभ्य समाज निमार्ण हुन्छ ।’ आफू बचौं र अरुलाई बचाऔं भन्ने सोच राखेर समाजमा काम गर्नुपर्ने उनले बताइन् ।

 

धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष बाधुराम चौधरीले जोडी संवादमा सहभागी भएपछि पुरुषहरुले खाना पकाउने र सरसफाई गर्ने जस्ता घरको काम गर्न थालेको बताए । व्यवहारमा लैंगिक परिवर्तन आएको आफूले देखेको चौधरी बताउछन् । धनगढी उपमहानगरपालिकाको नेतृत्वमा स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहकार्यमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दुईवर्ष देखि धनगढी उपमहानगरपालिकामा संचालन भई रहेको छ । सोही परियोजना अन्र्तगत युएएनएफपिए, आइपास, भिएसओ पीसवीन र सीएमसी नेपाल लगायतका साझेदारी संस्थाहरुले समुदायमा कामगर्दै आएकाछन् ।

 

महिला विकास अधिकृत पंकजा जोशीले सबै वडामा जोडी संवाद कार्यक्रम संचालन गर्नुपर्ने बताइन् । जोडी संवादको सकारात्मक प्रभाव समाजमा परेको उनी बताउछन् । भिएसओका प्रतिभा चौधरीले लैंगिक रुपान्तरण गर्न सबै एकभएर लाग्नु पर्ने बताइन् ।

 

पीसवीनका कार्यक्रम संयोजक जुद्ध रावलले जोडी संवादमा १० जोडी सहभागी गराई १० वटा सत्र संचालन गरेर छलफल गर्ने गरेको बताए । ३ वटा सत्रमा श्रीमान श्रीमती एकै ठाउँमा राखेर छलफल गरिन्छ भने ७ वटा सत्रमा अलग अलग राखेर छलफल गर्ने गरेको उनले बताए । लैंगिक हिंसाका कारण मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शकर्ता धनराज विकले मनोपरामर्श सेवा दिदै आएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९