मानसिक स्वास्थ्य धनगढी उपमहानगरपालिकाको प्राथमिकतामा छ : उपप्रमुख राना 

धनगढी। मानसिक स्वास्थ्य धनगढी उपमहानगपालिकाको प्राथमिकतामा रहेको धनगढी उपमहानगरपालिकाका उपम्रमुख कन्दकला रानाले बताएकीछन् । धनगढी उपमहानगरपालिकाले धनगढीमा संचालन गरेको सामाजिक परिचालकहरुको लागि आधारभूत मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने तालिमको शुक्रबार समापनको बेला मानसिक स्वास्थ्य प्राथमिकतामा रहेको बताएकीहुन् ।

 

घरघरमा मानिसले विभिन्न कारणले मनोसामाजिक समस्या भोग्दै आएको अवस्था छ । मनका कुरा गरेर निको हुने मनको समस्यामा लार्खौ रुपैया खर्च गरेर उपचार गर्दापनि कुनै विराम नदेखिएको गुनासो समाजमा सुनिने गरेको छ । स्वास्थ्य चेकजाँच गराउँदा पनि कुनै बिराम देखिदैन भने मनोसामाजिक समस्याको असर हुनसक्छ । यस्तो बेला मनको कुरा सुनिदिएर सहयोग गर्न सकिन्छ भने थप उपचारका लागि डाक्टर र मनोसामाजिक परामर्शकर्ता पठाएर सहयोग गर्न सकिने रानाले बताइन् ।

 

समाजमा सामाजिक परिचालकहरुको भूमिका धेरै महत्वपूर्ण छ । घरघरमा आधारभूत मनोसामाजिक सहयोग पुगोस भनेर नै तँपाईहरुलाई तालिम दिइएको हो । तालिम लिएपछि समाजमा यसको सकारात्मक प्रभाव पर्ने र धरैले आधारभूत मनोसामाजिक सेवा पाउने अपेक्षा धनगढी उपमहानगरपालिकाले गरेको उनले बताइन् । समुदायमा मनोसामाजिक समस्या देखिएकै कारण मानसिक स्वास्थ्यमा हामीले जोड दिएर काम गर्न थालेका हौं ।

 

रानाले भनिन् ‘आत्महत्याको समस्याका कारण समाजमा धेरैले ज्यान गुमाउनु परेको छ । समाजमा चुनौतीको रुपमा देखिएको आत्महत्याको सुरुवाती अवस्थाा भनेकै मनोसामाजिक असरको अवस्था हो । हामी सबै मिलेर समयमै मनोसामाजिक समस्याको रोकथाम गर्नुपर्छ । मनोसामाजिक समस्याकै कारण व्यक्ति आत्महत्या गर्ने अवस्थासम्म पुग्ने भएकोले मनोसामाजिक समस्या बुझ्न र सहयोग गर्नकै लागि आधारभूत मनोसामाजिक सहयोग र लैंगिक रुपान्तरण सम्बन्धी तालिमको आयोजना गरिएको हो ।’

 

सुखशान्ति र खुसीको लागि चोट लागेका, दुखेका र फाटेका मनहरु सिउने काम अब तँपाइहरु सामाजिक परिचालकले गर्नुपर्छ । सरकारको काम जनताको सुखदुःखमा साथ दिने हो । अफ्ठयारो परेको बेला सरकार साथमा छ भनेर उभिने हो र हौसला दिने हो । जनतालाई सेवा दिने काम रहरले गर्नुपर्नेमा उनले जोड दिइन् ।

 

आधारभूत मनोसााजिक सहयोग गरेर परामर्श सेवा आवश्यक परेका व्यक्तिहरुको पहिचान गरी मनोसामाजिक परामर्शकर्ता कहाँ पठाउन सक्नुहुन्छ । धनगढी उपमहानगरपालिकाले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना ससंचालन गरेको छ । जुन परियोजना मार्फत मनोसामाकि परार्मकर्ताले मनोसामाजिक परामर्शसेवा दिदै आएको रानाले बताइन् । सहयोग गर्ने साझेदारी संस्थालाई उनले धन्यवाद पनि व्यक्त गरेकी थिइन् ।

 

महिला विकास अधिकृत पंकजा जोशीले समाजको आवश्यक्तालाई हेरेर तालिम आयोजना गरिएको बताइन् । घरघरमा मनोसामाजिक समस्या बढ्दै गएकोले यो तालिमबाट ठूलो सहयोग पुग्ने आशा आफूले गरेको जोशीले बताइन् । उपमहानगरपालिका उपप्रमुख कन्दकला राना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएका सुदूरपश्चिम प्रदेश प्रमुख कृष्ण प्रसाद भट्टराइले बेलाबेलामा तालिमको अनुगमन गरेका थिए ।

 

धनगढी उपमहानगरपालिकाको नेतृत्वमा स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढीमा दुईवर्ष देखि संचालन भई रहेको छ । तालिमको प्राविधिक सहयोग परियोजनाका साझेदारी संस्था हरुहरुले मिलेर गरेका थिए ।

 

सामाजिक परिचालक पुष्पा शर्माले जीवनभर आफै र आफ्नो परिवारलाई काम लाग्ने तालिम दिएकोमा धनगढी उपमहानगरपालिकालाई धन्यवाद् दिईन् । यो तालिमले मनोसामाजिक समस्यामा भएका र लैंगिक हिंसामा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने सीप सिकेको बताइन् । तालिममा मनको समस्या कसरी बुझ्ने र आधारभूत मनोसााजिक सहयोगको महत्वको बारेमा थाहा पाएको राम प्रसाद रानाले बताए ।

समाजमा मनका समस्या धरैछन् र मनकै समस्याका कारण मान्छेले आत्महत्या गर्छन भन्ने थाहा भयो । आत्महत्या रोकथाम गर्न हामी सबैले सही सुचना दिएर, डाक्टर कहाँ पठाएर, कुरा सुनि दिएर सहयोग गर्न सिकने रहेछ भन्ने तालिबमाट सिके । लैंगिक हिंसा र ओसीएमसीको बारेमा आफूले जानकारी पाएको उनले बताए ।

 

तालिममा सहभागी फुलकुमारी रानाले बालबालिकामा देखिने मनोसााजिक समस्या र सहयोग गर्ने तरिकाको बारेमा सिकेको बताइन् । मनको कुरा नभनेरै मनमै दबाएर राख्नाले मान्छे मानसिक रोगी समेत हुने रहेछ भन्ने आफूले थाहा पाएको बताइन् । लैंगिक हिंसाका कारण पनि मनोसामाजिक समस्या हुन्छ भन्ने तालिममा सिकेको निर्मला खड्काले बताइन् । बैतडीबाट तालिममा सहभागी अनिता चन्दले धनगढी उपमहानगरपालिकाले तालिम दिएकोमा खुसी लागेको भन्दै पालिकाको कामको प्रशंसा गरकी थिइन् ।

 

तालिममा सामाजिक परिचालक, वडा सदस्य र नगर प्रहरी गरी २२ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका साझेदारी संस्था सीएमसी नेपालका कार्यक्रम संयोजक एवम् चिकित्सा मनोविद् डाक्टर शालीग्राम भट्टराई,मनोसामाजिक सुपरभाईजर एवम् मनोविद् यभन श्रेष्ठ, मनोसामाजिक परामर्शकर्ता धनराज विक र जानकी चन्द, युएनएफपिएका मदन बागचन्द, कृष्ण चौधरी, भिएसओका प्रतिभा चौधरीले गरेका थिए । साउन १७ गतेदेखि सुरु भएको तालिम साउन २६ गते सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा...

युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।उहाँले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । सभापति थापाले...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

गोरखा, संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ ।अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उहाँ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको...

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ ।   स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९