२४ घण्टा नबित्दै कैलाली सिडियोको एक्सन : बौनियाँमा छापा, १ सय ६६ लिटर पेट्रोल जफत 

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती : अवैध कारोबार भए कारबाही गर्छौं : सीडीयो कटेल

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले शनिबार बौनिया बजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको निर्देशनमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलराज उपाध्यायसहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा अवैध रूपले खुला रूपमा बिक्रीवितरण गर्न राखिएका पेट्रोल भेटिएपछि नियन्त्रणमा लिइएको छ ।

 

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक पुष्करसिंह ऐरी र ईलाका प्रहरी कार्यालय प्रहरी वरिष्ठ नायब निरीक्षक राजु शाहसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि बौनिया र मुडा बजारका विभिन्न पसलमा खुला रूपमा बिक्रीवितरण गर्न राखिएका १ सय ६६ लिटर पेट्रोलका बोतल र जर्किन नियन्त्रणमा लिएको छ । सोही क्रममा प्रहरीले स्थानीय व्यावसायीलाई बोलाएर ईलाका प्रहरी कार्यालय बौनियामा छलफलसमेत गरेको छ । छलफलपछि व्यापारीलाई खुला रूपले पेट्रोल बिक्रीवितरण नगर्न प्रहरीले सुझावसमेत दिएको हो । स्थानीय बजारमा व्यावसायीले पेट्रोल पम्पमा पेट्रोलको नियमित आपूर्ति नहुँदा स्थानीयको मागअनुसार पेट्रोल बिक्रीवितरण गर्न बाध्य भएको गुनासो गरेका थिए । उनीहरुले महिनौंसम्म पेट्रोल अभाव हुँदा सेवाग्राही मारमा परेको भन्दै महिनौंदिन सञ्चालन हुन नसकेका बन्द पेट्रोल पम्पमाथि पनि प्रशासनले निगरानी बढाउनुपर्ने बताए । उनीहरुले सुशासनका लागि सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेकोे बताउँदै हरेक क्षेत्रमा भएका विकृति निरुत्साहित गर्न सबैले खबरदारी गर्न आवश्यक रहेकोे बताए ।

 

अवैध कारोबार भए कारबाही गर्छौं : सीडीयो कटेल

 

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कानुनको उलंघन गरि अवैध कारोबार गर्ने व्यापारीमाथि कारबाही गरिने बताए । राज्य तथा सरकारी निकायको ऐनकानुनको पालना गर्नु सबै नागरिकको दायित्व भएको बताउँदै उनले अटेरी गर्नेमाथि कारोबारको प्रकृतिअनुसार सजाय हुने बताए ।

 

हामीले पहिलोपटक सर्वसाधारण नागरिकलाई सूचना दिएका हुन्छौं । उहाँहरुलाई सचेत र सतर्कता अपनाउन आग्रह गर्छौं । सूचनाको पालना गर्नु सबैको दायित्व तथा कर्तव्य पनि हो तर, यसलाई उलंघन गर्ने गरि मनोमानी कारोबार गरेको आधार प्रमाण पुष्ठि हुन आएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ । हामीले स्थलगत रूपमा अनुसन्धान अधिकृतलाई अनुसन्धान गर्न खटाउँछौ । उहाँहरुले गरेको स्थलगत अध्ययन, अनुसन्धान, यस्तो कारोबारमा संलग्नको बयान, बकपत्र र प्रमाणका आधारमा उहाँलाई सचेत गराउने, दण्ड, सजाय गर्ने र गम्भीर प्रकारको त्रुटि देखिए प्रचलित ऐनकानुन नै आकर्षित हुने अवस्था रहन्छ उनले वैज्ञानिक मिडियासँग भने ।

 

 

आधिकारिक डिलरमा नै पेट्रोलको हाहाकार :

 

कैलालीका विभिन्न पेट्रोल पम्पमा पछिल्लो समययता पटकपटक पेट्रोलको अभाव देखिन थालेको छ । इन्धनको माग तथा खपतअनुसार पर्याप्त मात्रामा ढुवानी नहुँदा बिक्रीवितरणका लागि खोलिएका आधिकारिक डिलरहरुले महिनौंदिनसम्म पेट्रोल पम्पमा पेट्रोल पाइदैन । यी पेट्रोल पम्पमा नियमित पेट्रोल आपूर्ति नगर्दा हाहाकार देखिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बौनिया, चुहा, लम्की, सुखडका आधिकारिक पेट्रोल डिलरमा महिनौंदिनसम्म पेट्रोल पम्प बन्द छन् ।

 

तर, उनीहरुको खुला रूपमा जर्किन र बोतल डिजेल र पेट्रोल बिक्रीवितरण गर्दा सर्वसाधारण नागरिक समस्यामा छन् भने अवैध कालोबजार बढ्दै जाँदा प्रशासन समेत मुखदर्शक बनेको छन् ।

 

जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि अवैध रूपमा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको खुला बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो । खुला रूपले पेट्रोलको बिक्रीवितरण, असुरक्षित ओसारपसार, घर तथा पसलमा भण्डार गर्दा आगलागी हुने र मानवीय तथा भौतिक क्षतिका अप्रत्याशित घटनाहरु बढ्दै जाने भन्दै सुरक्षा सतर्कता अपनाउन अवैध पेट्रोलियम पदार्थको बिक्रीवितरण रोक लगाएको थियो ।

 

तरपनि, नियन्त्रण हुन नसकेपछि शनिबार छड्के बजार अनुगमन गरेको छ ।

यता, बौनिया बजारमा पेट्रोल बिक्रीवितरण गर्दै आएको रोयल पेट्रोलियम प्रालिका धनबहादुर मल्लले रुपैयाँको अभावले बजार मागअनुसार नियमित पेट्रोल खरिदबिक्रीमा समस्या भइरहेकोे बताए । उनले विगत ४-५ महिनायता इन्धनको सहज आपूर्ति गर्न नसकिएको स्वीकार गरे । यहाँका पेट्रोल पम्पमा ८ हजारदेखि १२ हजार लिटरसम्मको पेट्रोल भण्डारण क्षमता भएको उनको भनाइ छ ।

 

यस्तै, लम्कीचुहा नगरपालिकाको पिपरौवास्थित जय बागेश्वरी आयल स्टोर पेट्रोल पम्पमा पनि नियमित पेट्रोलियम पदार्थको आपूर्ति हुन सकेको छैन । यसबारे शुक्रबार स्थलगत रिपोर्ट प्रशारण गरिएको थियो ।

 

केही दिनदेखि जिल्लाका मुख्य बजार तथा ग्रामीण क्षेत्रका विभिन्न पसलमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायीहरुले पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर एक सय ८० देखि २ सय २० रुपैयाँ सम्म बिक्रीवितरण गरिरहेको जनगुनासो आएको थियो ।

 

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

 

पछिल्लो समयमा कैलालीका पेट्रोल पम्पमा पेट्रोल पाइदैन तर, स्थानीय बजारमा भने छ्याप-छ्याप्ती पाइन्छ। बढी मूल्य लिएर अवैध रुपमा पेट्रोल तथा डिजेल बिक्री हुँदै आएको छ। पेट्रोल पम्प बाहेक पसलहरुमा ड्रम तथा बोतलमा राखेर पेट्रोल र डिजेल बिक्री हुँदै आएको हो ।

 

तराईका विभिन्न स्थानबाट ड्रममा डिजेल तथा पेट्रोल ल्याएर खुला रुपमा बढी मूल्यमा बिक्री हुँदै आएको स्थानीयको जनगुनासो छ । पेट्रोलियम पदार्थको खुला रुपमा बिक्रीवितरण भइरहेको भए पनि नियमन गर्ने निकायले ध्यान नदिएको गुनासो बढ्दै गएको छ। जिल्लामा नियम विपरीत व्यापारीले अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आइरहेका छन् ।

 

कैलालीको लम्कीचुहास्थित जय बागेश्वरी आयल स्टोरमा खुल्यमखुला बोतल र जर्किनमा बिक्रीवितरण हुँदै गरेको भिडियो सामाग्री वैज्ञानिक मिडियाले प्रत्यक्ष प्रशारण गरेको थियो । जय बागेश्वरीले यसअघि पटकपटक अवैध रूपमा डिजेलपेट्रोलको पदार्थको कारोबार गर्दै आएको छ । जिल्लास्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बौनिया, सुखड, लम्कीलगायतका बजार तथा पेट्रोल पम्पमा व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दै आएको स्थानीयलेसमेत बताएका छन् ।

 

पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दै आएका व्यापारीहरुले फरकफरक मूल्यमा मनोमानी बिक्री गर्दा कतिपय यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन् । पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउँदा बाहिरबाट किनेर हाल्नुपर्ने बाध्यता रहेको यहाँका धेरै स्थानीयको जनगुनासो छ ।

 

सुरक्षा संवेदनशीलतामा चुनौती :

 

अवैध पेट्रोलियम पदार्थको बिक्रीवितरणले सुरक्षा संवेदनशीलतामा चुनौती थपिएको छ । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा अप्रत्याशित घटनाले नियन्त्रणमा प्रशासनिक चुनौतीसमेत बढेको हो । गत २०७९ माघ ११ गते संघीय संसद् भवनअगाडि दिउँसो आफैंलाई आगो लगाएर गम्भीर घाइते भएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको थियो । यस्तै, २०७९ मंसिर १८ मा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् ।

 

गत जेठ ५ गते रामेछापको मन्थलीमा आफ्नै शरीरमा पेट्रोल छर्केर एक महिलाले आत्मादाहको प्रयास गरिन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ स्थित मच्छेगाउँमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा मृत्यु भयो ।

यस्तै, गत २०७९ माघ १८ गते बागलुङ नगरपालिका-८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आफैलाई जलाउने प्रयास गरेका थिए । उनलाई घाइते अवस्थामा नै उद्दार गरि धौलागिरी अस्पतालपछि सामान्य उपचारपछि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाईएको थियो ।

मोरङको विराटनगरमा गत २०८० बैशाख १४ गते ६५ वर्षीय एक वृद्धले पेट्रोल छर्केर आत्मादाहको प्रयास गरे । लेटाङ-७ का गोविन्दप्रसाद नेपालले आफ्नै शरीर जलाएका हुन् । उनले घरायसी सामान्य मनमुटावले विवाद हुँदा शरीरमा आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो । यी हुन् केही प्रतिनिधिमूलक घटना । पछिल्लो समयमा विभिन्न विवाद, मनमुटाव तथा मानसिक तनावले अप्रत्याशित घटना बढ्दै गएका छन् । यस्ता घटना बढिरहेका बेला प्रहरी र जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण गराएको थियो । तरपनि यसको अवैध कारोबार पूर्णरूपले नियन्त्रणमा आउन सकेको छैन ।

Exif_JPEG_420

Exif_JPEG_420

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९