मोहन्यालमा बढ्दै केन्द्र विवाद : कहाँ गायब भयो गाउँसभाको निर्णय ?

अध्यक्षको कार्यशैलीविरुद्ध अख्तियार र अदालत जाने चेतावनी

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाको केन्द्र हेरफेरको विषय विवादित बन्दै गएको छ । गत २०८० असार १० गते साबिकको पालिकाको केन्द्र खिमडीबाट भकुण्डेटार सार्ने निर्णय बहुमतले पारित भएको थियो । गाउँपालिकाको १२ औं गाउँसभामा उक्त प्रस्ताव पारित भएको हो ।

 

वडा नं. १ स्थित भकुण्डेटारमा केन्द्र सार्ने प्रस्ताव बहुमतले पारित भएपछि सभामै स्थानीय जनप्रतिनिधि कुटिएका थिए । उक्त घटना मथ्थर नहुँदै गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ को फेसबुक स्टाटसले फेरि विवाद सतहमा आउने संकेत देखिएको छ । गाउँपालिकाको केन्द्र भकुण्डेटार सार्ने गरी भएको निर्णय गाउँपालिका अध्यक्ष ‘हिमशिखर’ ले गायब पारेको भन्दै न्यायका लागि अख्तियार र अदालतसम्म जाने यहाँका जनप्रतिनिधिले चेतावनी दिएका छन् ।

 

शनिबार बौनियामा पत्रकार सम्मेलनमार्फत् गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँद, वडा नं. १ का वडाध्यक्ष प्रेम बुढा, वडा नं. ३ का वडाध्यक्ष नन्दाराम गिरी, वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर शाही र वडा नं. ७ का वडाध्यक्ष नवराज कठायतले यस्तो बताएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष देविदत्त उपाध्ययले मोहन्यालको केन्द्र सार्ने विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

 

किन चल्छ फेसबुकमै जुहारी ?

 

मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ ले गत २०८० बैशाख २४ मा ‘मोहन्याल गाउँपालिकाको कार्यपालिका बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न । मोहन्याल १ भकुण्डेटार ।’ भन्दै फेसबुक स्टाटस लेखे ।

 

उनले लेखेको स्टाटसले केन्द्र हेरफेर गर्ने निर्णयको पक्षमा बहुमत जनप्रतिनिधि मतदान गरेको भन्दै अधिकांशले स्याबासी दिए । त्यसबेला कुल १५ जना कार्यपालिका सदस्यमध्ये बैठकमा ११ जना सहभागि थिए, भने ४ जना अनुपस्थित थिए । भकुण्डेटारमा केन्द्र राख्ने पक्षमा ११ जना बहुमत सदस्य सहमत भएका थिए ।

 

६ वर्षपछि सबैलाई पायक पर्ने स्थानमा केन्द्र सार्ने निर्णय भएको भन्दै १२ औं गाउँसभामा पनि बहुमतले नै निर्णय पारित हुने विश्वास अध्यक्ष उपाध्यायले दिँदै आएका थिए । तर, गाउँपालिकाको गत २०८० असार १० गतेको गाउँसभामा एकाएक बेग्लै परिदृष्य देखियो । बजेट, नीति तथा कार्यक्रमसँगै केन्द्र सार्ने प्रस्ताव पारित भएपछि सभामै उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुमाथि स्थानीयले आक्रमण गरी कुटपिट गरे । गाउँ सभामा ढुंगामुढा प्रहार भएपछि जनप्रतिनिधिलाई ज्यान जोगाउनै मुस्किल पर्‍याे । त्यसयता, नियमित कार्यपालिका बैठक बस्न सकेको छैन भने, जनप्रतिनिधि पनि विभाजित छन् । उनीहरुले सामाजिक सञ्जालमै असन्तुष्टि पोखिरहेका छन् ।

 

यस्तै, अध्यक्ष उपाध्यायले शुक्रबार गत गाउँपालिकाको १२ औं गाउँसभामा पालिकाको केन्द्र हेरफेरको प्रस्तावमाथिको निर्णयमा कानुनी हिसाबले मत विभाजनमा बहुमत नपुगेको जनाउँदै फेसबुकमा अर्काे स्टाटस लेखे । ‘गत बजेट अधिवेशनको गाउँसभामा सहमति नजिक पुगेपनि कानुनी हिसाबले मत विभाजनको डकुमेण्टमा हालसम्म आवश्यक दुईतिहाई सदस्यको हस्ताक्षर अहिलेसम्म प्राप्त हुन सकेन । मैले ठूलो जोखिम लिएर कार्यालय सबैको पायक पर्नेगरी केन्द्र तोक्ने विषयमा नेतृत्वदायी भूमिका खेल्दाखेल्दै पनि त्यो कुरा सम्भव हुन नसकेकोले अब एउटै विषयमा अनन्तकालसम्म छलफल बहस र विवाद गरिरहनु उपयुक्त देखिएन ।’

 

अध्यक्ष उपाध्यायले फेसबुकमा लेखेका छन्–‘मोहन्यालको विकास निर्माण लगायत जनताका आधारभूत जनजीविकाका काममा समय खर्च गर्न गाह्रो भयो । अब उप्रान्त एउटै विषयमा जनप्रतिनिधिहरु विभाजित हुनुभन्दा हाल कायम भएकै खिमडीमा थप संरचना बनाई स्थायी कार्यालय सञ्चालन गर्ने र सबै वडाबाट खिमडीसम्म आउने सडक पूर्वाधार निर्माणलाई तीव्रता दिएर खिमडीलाई सबै वडाको दूरीबाट छोट्याउने कार्य गर्नु नै हामी सबैको विकल्प हो भन्ने मेरो बुझाइ छ ।’

 

उनले लेखेको उक्त भनाइबाट उपाध्यायको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा पनि मत विभाजित छ । कतिपयले उनको भनाइमा समर्थन जनाएका छन् भने, ठूलो संख्यामा अध्यक्ष उपाध्यायविरुद्ध प्रश्न उठाउँदै आक्रोश पोखेका छन् । अध्यक्ष उपाध्यायले यस्तो स्टाटस लेखेपछि शनिबार बौनियामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विरोध जनाएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष उपाध्यायको दादागिरी शैलीविरुद्ध एकजुट भएर अख्तियार र अदालत जाने चेतावनी दिएका छन् ।

 

उपाध्यक्ष र वडाध्यक्ष भन्छन्–‘अध्यक्षको रवैयाविरुद्ध अख्तियार र अदालत जान्छौँ’

 

मोहन्यालको केन्द्र सार्ने विषय थप जटिल हुने संकेत देखिएको छ । गत १२ औं गाउँसभाका बहुमत सदस्यको हस्ताक्षरसहित पारित भएको निर्णय गायब पारिएको भन्दै न्यायिक लडाइँमा जान बाध्य हुने यहाँका जनप्रतिनिधिले चेतावनी दिएका हुन् । शनिबार बौनियामा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आपसी समझदारी गरी अघि बढ्न आग्रह गरेका छन् । मोहन्याल गाउँपालिकाका उपाध्याय कमलबहादुर साउँदले अध्यक्ष हिमशिखरको गैरजिम्मेवार अभिव्यक्तिले विवाद बढ्दै गएको बताएका छन् ।

 

‘गत असार १० गतेको गाउँसभाबाट मोहन्याल केन्द्र हेरफेर र बजेटको प्रस्ताव दुईतिहाई सदस्यको हस्ताक्षरसहित पारित भइरकेको छ । यो निर्णय हुबहु कार्यान्वयन हुनुपर्छ ।’ उपाध्याय साउँदले भने, ‘लामो समयदेखि विवादित मोहन्यालको केन्द्रका विषयमा अध्यक्ष हिमशिखर ज्युले जुन ढंगले पारित नभएको र कार्यालय खिमडीबाटै सञ्चालन गर्ने अभिव्यक्ति र फेसबुक स्टाटसले जनतामा नैराश्यता र भ्रमित बनाएको छ । गाउँ सभामा गएका दुबै प्रस्ताव पारित हुनुपर्छ । एउटा पारित हुने र अर्काे प्रस्ताव पारित नहुने हुँदैन । अध्यक्षको अभिव्यक्ति र बलमिच्याइँविरुद्ध कानुनी लडाइँका लागि भोलिदेखि नै हामी अख्तियार र अदालतमा जान्छौँ ।’

 

यस्तै, वडा नं.३ का वडाध्यक्ष नन्दराम गिरीले असार १० गतेको गाउँ सभामा २२ जनाले विपक्षमा र २८ जना सदस्यले भकुण्डेटारको पक्षमा मतदान गरेको उनले बताए । तत्कालीन पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीको समेत मिलेमतोमा योजनाबद्ध ढंगले सो निर्णयको पाना गायब गरिएको उनले आरोप लगाए ।

 

‘मोहन्याली जनतामाथि पटकपटक अन्यायपूर्ण ढंगले खेलबाड भएको छ । यसविरुद्ध हामी एकताबद्ध रुपमा अघि बढ्छौं ।’ वडाध्यक्ष गिरीले भने,–‘दुईतिहाईले पारित भएको डकुमेन्ट हामीलाई चाहिन्छ । निर्णयलाई ढिलासुस्ती नगरी प्रदेश र संघीय सरकारमा निर्णय तुरुन्तै पठाउनुपर्छ । एकहप्ताभित्र कार्यान्वयन नभए हामी संघर्षका जान्छौं ।’

 

किन बढ्दैछ केन्द्र विवाद ?

 

संघीयता कार्यान्वयनकै चरणमा २०७३ सालमा स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा स्थानीय तहको नाम, साँध, सीमाना र केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ५० भन्दा बढी निवेदन परे । राजनीतिक दलले आफ्नो स्वार्थअनुरूप वडाको सीमाना र केन्द्र तोकेको भन्दै सोको हेरेफरको माग गरिएपनि कार्यान्वयन हुन सकेन ।

 

त्यसयता, २०७४ मा पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए । स्थानीय तहको पुनर्संरचनाको क्रममा मोहन्यालमा वडा नम्बर २ को खिमडीमा गाउँपालिकाको केन्द्र तोकिएको थियो । शुरुमा साबिकका पण्डौन, सुगरखाल र मोहन्याल गाविस मिलाएर गाउँपालिका बनाइएको थियो ।

 

सोही क्रममा पालिका केन्द्रसम्म खिमडीसम्म पैदल हिँडेर ३/४ दिन लाग्ने र सेवाग्राहीलाई सेवा प्रदान गर्न सास्ती भएपछि पालिकाको केन्द्र पायक पर्ने ठाउँमा सार्न आवाज उठ्न थाल्यो । भौगोलिक विकटता, सेवा प्रवाहमा असहजता, भौतिक पूर्वाधार, टेलिफोन, स्वास्थ्य, बिजुली, खानेपानी, यातायात लगायतको पहुँच नभएकाले सबैलाई पायकपर्ने गरी केन्द्र सार्नुपर्ने माग उठ्यो । त्यसो त संघीयताको मर्म नै स्थानीय तहमा अधिकार विकेन्द्रिकृत गर्दै सेवासुविधामा जनताको सरल, सुलभ र सहज पुर्याउनु थियो ।

 

तर, २०७४ देखि नै मोहन्यालको केन्द्र सार्ने वा हेरफेर गर्ने प्रस्तावमा सहमति जुट्न सकेन । यसअघि गाउँपालिकाको ११ औँ गाउँसभामा गाउँपालिकाकोसहमति जुट्न सकेको थिएन । त्यसयता पटकपटक कार्यपालिका बैठक स्थगित भएको थियो ।

 

कस्तो छ केन्द्र हेरफेरमा कानुनी व्यवस्था ?

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५, दफा ६ र ७ मा स्थानीय तहको सीमाना हेरफेरसम्बन्धी व्यवस्था छ । सो ऐनको दफा ५ मा वडाको साँध, सीमाना र केन्द्रसम्बन्धी व्यवस्था गरिएको छ भने, दफा ६ मा वडाको साँध र सीमाना हेरफेर गर्न सक्ने व्यवस्था रहेको छ । त्यसैगरी, दफा ७ मा गाउँपालिका वा नगरपालिका एक आपसमा गाभिन सक्नेसम्बन्धी व्यवस्था रहेको छ ।

 

यसरी स्थानीय तहको सीमाना हेरफेर वा गाभ्नका लागि पालिकाले दुई तिहाइ बहुमतको निर्णय गर्नुपर्ने हुन्छ । सो निर्णय प्रदेश सरकारमा पठाउनुपर्ने व्यवस्था छ । प्रदेश सरकारबाट पारित गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने र मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेपछि मन्त्रिपरिषद्को निर्णयबाट मात्रै वडा हेरफेर हुने कानुनी व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर (झापा),  जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई...

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौँ, सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौँ, सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम

काठमाडौँ, यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।   हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९