प्रहरीद्वारा पिकअप गाडी सहित ११ लाख भन्दा बढी मुल्य बराबरको अवैध चिनी बरामद

नवलपरासी । पश्चिम नवलपरासीमा करिब ११ लाख ५० हजार मुल्य बराबरको अवैध चिनी प्रहरीले बरामद गरेको छ ।

सरावल गाउँपालिका वडा न. ३ भिमटाँडी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी बासाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मती प्रदेश ०३-००१ च ०३०४ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त पिकअपमा चिनी ५० किलोको (५० बोरा) अवैध चिनी फेला परेपछि चिनी सहित पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिईएको हो ।

उक्त बरामद चिनीको अन्दाजी मुल्य १ लाख ५० हजार बराबर र गाडीको अन्दाजी मुल्य १० लाख बराबर रहेको छ ।
नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी सहित पिकअप चालक रामग्राम नगरपालिका वडा न. ७ देउरवा बस्ने वर्ष ३० को सन्तोष कुमार तेलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको छ । उक्त चिनि कस्को हो भन्ने बिषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?