बौनियाँमा घैटोफोड कार्यक्रम सम्पन्न,विजेताले पाए ५० हजार

  • आकाशे घैटोफोडे पछि ५० हजार मुडा गाउँले लियो : बर्दगोरियामा बृहत् घैटाफोड कार्यक्रम सम्पन्न
  • बौनिया । सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिहीबारबाट बर्दगोरिया गाउँपालिका १ बौनियामा रहेको बसन्त मुरारी माध्यमीक विद्यालयमा सञ्चालन भैरहेको बृहत घैटाफोड कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा समावेश चार वटा खेलहरु मध्य सबैभन्दा महत्वपूर्ण र आर्कषक खेल आकासे घैटो फोड कार्यक्रम बिहीबार मुढा गाउँले फुटाएसंगै सो कार्यक्रम सम्पन्न भएको हो ।

     

    युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम भाद्र २१ गतेका दिन सडकपुर बौनिया युवा क्लबको आयोजनामा हुने गरेको पाइन्छ।

     

    कार्यक्रमको लागि बर्दगोरिया गाउँपालिका प्रबर्द्धक तथा बौनिया बजार व्यवस्थापन समिति र बसन्तमुरारी नमूना मावि सहयोगीका रूपमा रहेका थिए ।

     

    आकाशे घैटा फोड्न मुडा गाउँको समूह सफल भएको छ । आकाशे घैटाफोडे संगै वडा नम्बर १ मुडा गाउँले ५० ह्जार नगद पुरस्कार समेत हात पारेको छ । यो संगै मुडा गाउँ लगातार ३ बर्ष फोडन सफल भएको छ । यसअघि बिहीबार सम्पन्न भएका खेलहरुमा म्युजिकल चेयर जुन महिलाहरुका लागि मात्र सञ्चालन गरीएको थियो त्यसमा सुबेक्षा थापा विजयी हुदा,भुई घैटो फोडमा भैराज बिक विजयी भएका थिए भने पाईप चड्ने कार्यक्रममा सुदिप चौधरी सफल भएका हुन् ।

     

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी गणेश राज गिरिले क्लवले संस्कृति जोगाउन अहम भुमिका खेलेको बताउदै आगामी दिनमा अझ सक्रिय भएर लागुपदार्थ न्यूनीकरणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

     

    विजेताहरुलाई बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदीप) गाउँपालिका प्रवक्ता तथा वडा नं १ का वडा अध्यक्ष मिथुन गौतम , वडा नं. ३ का वडाध्यक्ष मनऋषि आचार्य, वडा नं २ का वडाध्यक्ष गोविन्द विक,वडा नम्बर ४ का वडाध्यक्ष जगत बहादुर शाही, ५ का वडाध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य सरस्वती बि क लगायतकाले पुरस्कार प्रदान गरेका थिए ।

     

    बौनिया बजारमा विगत लामो समयदेखी श्री कृष्ण जन्मा अष्टमीको भोलि पल्ट यो कार्यक्रम सञ्चालन हुदै आइरहेको छ । जसमा आकासे घैटो फोडको विजेताले ५० हजार ,पाईप चडाईको विजेताले ७ हजार एक सय ,भुईको घैटो फोडको विजेताले ५ हजार एक सय र कुर्सी दौड तथा म्युजीकल चेयरको वीजेताले ३ सय ५ सय रुपैया प्राप्त गरेका थिए । क्लबका महा-सचिव कृष्ण प्रसाद ओझाले सञ्चालन गरेको कार्यक्रम क्लबका अध्यक्ष जीवन वीसिको अध्यक्षतमा भएको हो ।

     

    क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाहीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका बर्दगोरिया अध्यक्ष राम बहादुर साउद, बौनिया बजार व्यवस्थापन समिती अध्यक्ष अमर बम, वसन्त मुरारी नमुना मा वि का प्र अ भुमी प्रकाश बम, वसन्त मुरारी नमुना मा वि का बिधालय व्यवस्थापन समिती अध्यक्ष टंक कुँवर, सडकपुर बौनिया खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष भोजराज भट्ट ,क्लबका पुर्ब अध्यक्ष देव राज स्वार लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

     

     

    बौनियामा घैटोफोड कार्यक्रम सञ्चालन हुँदा यहाँको व्यपार व्यवसायमा पनि बृद्धि हुने भएकाले विगतका वर्षहरुमा जस्तै एक दिन श्री कृष्ण जन्माअष्टीको भोली पल्ट कार्यक्रम संचालन हुँदै आएको छ। स्थानिय कलाकारहरुको सास्कृतिक नृत्य समेत रहेको थियो । बौनियाको आकाशे घैटाफोड अवलोकनका लागी कैलाली जिल्ला भरिका करिब १० हजार दर्शकले अवलोकन गरेको क्ल्वका महासचिव कृष्ण प्रसाद ओझाले वैज्ञानिक मिडियालाई बताएका छन्।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?